फाल्गुन १६, २०८२ शनिबार | २१:२९:३९
काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन
शनिबारको दिन एसियन गेम्स २०२३

१९ औं एसियाली खेलकुदः नेपालबाट कुन खेलमा कसको सहभागिता (भाग-२)

काठमाडाैं । चीनको हाङचाउमा अबको केही सातापछि १९औं संस्करणको एसियाली खेलकुद सुरु हुँदै छ । त्यसमा नेपालले २९ खेलमा सहभागिता जनाउने पक्का भएको छ । त्यसमा खेल्ने खेलाडी संख्या रहेको छ २ सय ५३,  यो अहिलेसम्मकै एसियाली खेलकुदमा नेपालको ठूलो सहभागिता हो । अघिल्लो संस्करणमा इन्डोनेसियाको जकार्ता २०१८ मा नेपालले १ सय ८७ खेलाडीलाई सहभागिता गरेको थियो ।

यी खेलाडी को-को हुन्,  तिनले खेल्ने खेल कुन हो त, अझ तिनले प्रतिस्पर्धा गर्ने स्पर्धा कुन हो ? खेलाडी डटकमले यसबारे सबै विवरण शृंखलाबद्ध रूपमा प्रस्तुत गर्नेछ ।

यसको पहिलो भागमा ५ खेलको पूर्ण विवरण तयार पारेका थियौं । हामी खेलको पनि विस्तारमा विवरण दिने नै छौं । यसपल्ट हामी केन्द्रित रहेका  थप पाँच खेलमा चर्चा गर्नेछौंः

क्यानोइङनेपालले एसियाली खेलकुदमा पहिलो पटक सहागिता जनाउने खेलमा पर्छ क्यानोइङ । नेपालबाट गणेश गुरुङले सहभागिता जनाउने छन् । उनले पुरुषको कायकमा खेल्ने छन् ।

क्रिकेटफेरि एकपटक एसियाली खेलकुदमा नेपालले क्रिकेटमा सहभागिता जनाउने छ । क्रिकेटमा ग्वाङ्जाउ एसियाली खेलकुदबाट पुरुष क्रिकेटमा सहभागिता जनाउन थालेको हो । क्रिकेटमा ट्वान्टी– ट्वान्टी विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटमा कुल १५ खेलाडीको सहभागिता रहनेछ । खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल भुर्तेल, अभिनाश बोहरा, प्रतिश जीसी, गुल्सन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल मल्ल, रोहित पौडेल, ललित राजवंशी, आसिफ सेख र विवेक यादव ।

साइक्लिङ (माउन्टेन बाइक)साइक्लिङ माउन्टेन बाइकमा नेपालका तर्फबाट दुई खेलाडीले प्रतिनिधित्व गर्नेछन् । एक पुरुष र एक महिला खेलाडी । महिला क्रसकन्ट्री ओलम्पिक्समा उषा खनालले खेल्नेछिन् । सुरज रानामगरले भने पुरुष क्रसकन्ट्री ओलम्पिक्समा सहभागिता जनाउने छन् ।

फेन्सिङफेन्सिङमा पनि नेपालले पहिलो पटक सहभागिता जनाउन थालेको हो । ६ खेलाडीले फेन्सिङमा चुनौती पेस गर्दै नयाँ इतिहास रच्ने छन् । खेलाडीमा तीन महिला र तीन पुरुष छन् । महिलातर्फ गोमा आचार्य र अनिता अधिकारीले फोयल व्यक्तिगत र फोयल टिममा खेल्नेछन् । मन्दिरा थापाले भने फोयल टिममा मात्र खेल्नेछिन् । पुरुषतर्फ राजेन्द्र गजुरेल र पायस योन्जनले साब्रे व्यक्तिगत र टिममा स्पर्धा गर्नेछन् । उपेन्द्र शाहीले साब्रे टिममा मात्र खेल्नेछन् ।

ब्रेकिङएसियाली खेलकुदको इतिहासमै पहिलो पटक समावेश गरिएको खेल हो, ब्रेकिङ । ब्रेकिङ हो चाहिँ के त ? यो पनि प्रश्न उठ्छ । खासमा यो नृत्यको विधा हो । नेपालका तर्फबाट यस ब्रेकिङमा एकै खेलाडीले मात्र सहभागिता जनाउने छन् । उनी हुन्, दीपक लामा । उनले पुरुषतर्फको विधामा नेपालको चुनौती पेस गर्नेछन् ।