राष्ट्रिय खेलकुद

यस्ता थिए विगतका राष्ट्रिय खेलकुद

पोखरा । गण्डकी प्रदेशले दोस्रो पटक बृहत राष्ट्रिय खेलकुद महोत्सवको आयोजना गरिरहेको छ । पुरुष क्रिकेट काठमाडौंमा असोजको पहिलो साता नै सम्पन्न भइसकेको छ भने महिला क्रिकेट, फेन्सिङ र ह्यान्डबलका खेल पोखरा रंगशाला परिसरमा चलिरहेका छन् । उद्घाटन समारोहको अघिल्लो दिन मात्र हक्की, फुटबल, गल्फ र बुद्धिचाल पनि सुरु भएको छ ।

तथापि नेपाली खेलकुदको सबैभन्दा ठूलो मेलाको औपचारिक उद्घाटन भने शुक्रबार (असोज २८ गते) पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भए पनि केही दिनदेखि अस्वस्थ रहेकीले उपराष्ट्रपतिलाई अनुरोध गरिएको युवा तथा खेलकुद मन्त्रालयको योजना छ ।

राष्ट्रिय खेलकुद परिषदको तत्कालीन नेतृत्वले २०३८ सालमा सुरु गरेको राष्ट्रिय खेलकुदले विभिन्न आरोह-अवरोह पार गर्दै ४१ वर्षको यात्रा पूरा गरेको छ । यसक्रममा राष्ट्रिय खेलकुदका आठ संस्करण पूरा भएका छन् । पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशले गर्न लागेको यो नवौं संस्करण हो ।

काठमाडौं र नेपालगन्जले दुई पटक राष्ट्रिय खेलकुद आयोजना गर्दा वीरगन्ज, धनगढी, विराटनगर र पोखराले एक/एक पटक देशभरका खेलाडी तथा खेलकर्मीलाई आतिथ्यता प्रदान गरिसकेका छन् । यसक्रममा विभिन्न अञ्चलको सहभागिता रहने गरेको महोत्सव पछि विकास क्षेत्र हुँदै अहिले प्रादेशिक संरचनामा आइपुगेको छ ।

नेपाली खेलकुदमा सबैभन्दा बढी महत्वका साथ हेरिने यो ‘घरेलु ओलम्पिक’को संक्षिप्त इतिहास खेलाडी डटकमले खोज्ने प्रयास गरेको छ ।

पहिलो राष्ट्रिय खेलकुद :

२०३८ साल भदौ २७ गते नेपाली खेलकुदको इतिहासका लागि स्वर्णिम दिन रहयो । यही दिन काठमाडौबाट प्रथम वृहत राष्ट्रिय खेलकुद सुरु भएको थियो । तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको पहिलो राष्ट्रिय खेलकुद असोज ४ देखि १३ गतेसम्म (नौ दिन) दशरथ रंगशालामा सञ्चालन भएको थियो ।

प्रथम राष्ट्रिय खेलकुदमा ७८ स्वर्ण, ७६ रजत र ७२ कांस्य गरी कुल २ सय २६ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा १४ अञ्चलका १२ सय २० पुरुष र २ सय २३ महिला खेलाडीको सहभागिता थियो ।

प्रथम राष्ट्रिय खेलकुदअन्तर्गत  १६ खेलमा १४ अञ्चलको सहभागिता रहदा बाग्मतीले पहिलो स्थान हासिल गरेको थियो । बाग्मतीले ४४ स्वर्ण, ३३ रजत र २५ कांस्य गरी १ सय २ पदक जितेको थियो ।

२ स्वर्ण र २ कांस्य जितेको लुम्बिनी दसौं हुँदा १ स्वर्ण, २ रजत र ५ कांस्य जितेको सगरमाथाले ११औ स्थान हासिल गर्यो । १२औ भएको मेचीले ६ रजत र ३ कांस्य पदकमात्र जित्यो भने २ कांस्यमा सीमित राप्ती १३औं भयो । पुछारको कर्णालीले कुनै पदक जित्न सकेन ।

८ स्वर्ण, ७ रजत र ९ कांस्य गरी २४ पदक जितेको गण्डकी उपविजेता भएको थियो भने ६ स्वर्ण, १३ रजत र ६ कांस्यसहित २५ पदक जितेको कोसीले तेस्रो स्थान हासिल गरेको थियो । यसैगरी ५ स्वर्ण, ४ रजत र ८ कांस्यसहित १७ पदक जितेको नारायणीले चौथो स्थान हासिल गर्दा ३ स्वर्ण, १ रजत र २ कांस्य गरी ६ पदक जितेको जनकपुर पाँचौं भएको थियो ।

३ स्वर्ण र ७ कांस्य पदक जितेको सेती छैटौं तथा २ स्वर्ण, ६ रजत र ३ कांस्य जितेको भेरी सातौ भयो । धौलागिरिले २ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्दै आठौं स्थान हासिल गर्दा २ स्वर्ण र २ रजत जितेको महाकाली नवौ भयो ।

२ स्वर्ण र २ कांस्य जितेको लुम्बिनी दसौं हुँदा १ स्वर्ण, २ रजत र ५ कांस्य जितेको सगरमाथाले ११औ स्थान हासिल गर्यो । १२औ भएको मेचीले ६ रजत र ३ कांस्य पदकमात्र जित्यो भने २ कांस्यमा सीमित राप्ती १३औं भयो । पुछारको कर्णालीले कुनै पदक जित्न सकेन ।

कर्णालीका लागि सहभागितामै सीमित भएको राष्ट्रिय खेलकुदले गण्डकीलाई उत्कृष्ट खेल प्रदर्शनको पुरस्कार गुथायो । धौलागिरि अनुशासित टोलीका रुपमा दर्ता भयो भने उत्कृष्ट मार्चपासको पुरस्कार पनि गण्डकीले नै हासिल गर्यो । एउटै पदक जित्न नसकेको कर्णालीले सान्त्वनास्वरुप उत्कृष्ट पोसाकको पुरस्कार भने पाएको थियो ।

प्रतियोगितामा एथलेटिक्स, फुटबल, व्याडमिन्टन, भलिबल, बाघचाल, बुद्धिचाल, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, तारो हान्ने, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन र पौडी समावेश थिए ।

दोस्रो राष्ट्रिय खेलकुद :

प्रत्येक दुई वर्षमा गर्ने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० सालमा पोखरामा सम्पन्न भयो । २०४० चैत्र १२ गते पोखरा स्पोर्टस् कम्प्लेक्समा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको प्रतियोगिता ९ दिनसम्म चल्यो ।

दोस्रो संस्करणमा तीन खेल बढाएर १९ पुर्याइएको थियो । जहाँ १सय १९ स्वर्ण, १ सय १९ रजत र १ सय ३२ कांस्य गरी कुल ३ सय ७० पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

बाग्मती अञ्चल दोस्रो राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो वर्चस्व कायम राख्दै च्याम्पियन बन्यो । टोलीले ५० स्वर्ण, ३३ रजत र २५ कांस्यसहित १ सय ८ पदक जितेको थियो । दोस्रोमा पनि गण्डकी उपविजेता भयो । आयोजक टोलीले २१ स्वर्ण, ७ रजत र ९ कांस्य जित्यो ।

तेस्रो भएको कोसीले १८ स्वर्ण, १३ रजत र ६ कांस्य जितेको थियो भने भेरी ७ स्वर्ण, ४ रजत र २ कांस्यका साथ चौथो भयो । ५ स्वर्ण, १० रजत र १३ कांस्य पदक जितेको नारायणी पाँचौं हुँदा ५ स्वर्ण, ७ रजत र ७ कांस्य जित्दै मेची छैटौं भयो ।

५ स्वर्ण र ६ कांस्य जितेको धौलागिरि सातौं हुँदा ४ स्वर्ण, ५ रजत र ६ कांस्य जितेको सगरमाथाले आठौं स्थान हासिल गर्यो । यसैगरी २ स्वर्ण, ४ रजत र ७ कांस्य जितेको जनकपुर नवौ तथा १ स्वर्ण ५ रजत र ८ कांस्य जितेको लुम्बिनी १०औं भयो ।

१ स्वर्ण, १ रजत र २ कांस्य जितेको महाकाली ११औ हँुदा ३ रजत र ३ कांस्य जितेको सेती १२औ, १ रजतमा सीमित राप्ती १३औ भए । कर्णालीले दोस्रो संस्करणमा पनि पुछारमै चित्त बुझायो, तर यसपालि एक कांस्य जित्नु टोलीको ठूलो सफलता थियो । यसपालि सेती अञ्चल अनुसाबित टोली ठहरियो भने उत्कृष्ट पोसाकको पुरस्कार मेची तथा मार्चपासतर्फ गण्डकी पुरस्कृत भए ।

दोस्रो राष्ट्रिय खेलकुदमा कबड्डी र तारो हान्ने खेल हटाइँदा मार्सल आर्टस, टेनिस र सुटिङ थप गरियो । साथमा यही संस्करणदेखि दोहोरी गीत र लोकनृत्यलाई पनि खेलका रूपमा समावेश गरिएको थियो । दोस्रो संस्करणमा फुटबल र भलिबलमा महिला प्रतिस्पर्धा पनि सुरु गरियो ।

तेस्रो राष्ट्रिय खेलकुद :

राष्ट्रिय खेलकुदले तेस्रो संस्करणसम्म प्रत्येक दुई वर्षमा निरन्तरता पाइरह्यो । ०४२ मा वीरगन्जले तेस्रो राष्ट्रिय खेलकुद आयोजना गर्यो । वीरगन्ज रंगशालामा तत्कालीन राजा वीरेन्द्रले फागुन २३ मा उदघाटन गरेको प्रतियोगितामा यसपालि पनि खेल थपियो ।

अघिल्लो पटक १९ खेल समावेश गरिएकोमा हक्की र कबड्डी थपेर खेलसंख्या २१ पुर्याइयो । यही संस्करणदेखि ह्यान्डबल, सुटिङ र कबड्डीमा महिला स्पर्धा पनि थप गरियो ।

अघिल्ला दुई संस्करणमा उपविजेता बनेको गण्डकी छैटांै स्थानमा झर्दा १८ स्वर्ण, २८ रजत र २७ कांस्य जितेको कोसी पहिलो पटक राष्ट्रिय खेलकुदको उपविजेता बन्यो । नारायणीले पनि १३ स्वर्ण, २२ रजत र २९ कांस्य जितेर तेस्रो स्थानमा फड्को मार्यो ।

१ सय ४६ स्वर्ण, १ सय ४७ रजत र १ सय ८१ कांस्य गरी कुल ४ सय ७४ पदकका लागि १४ अञ्चलका २ हजार ३७ पुरुष र ७ सय ३८ गरी कुल २ हजार ७ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेको यो खेल महोत्सवमा पनि बाग्मतीले नै च्याम्पियन भएर ह्याट्रिक गर्यो ।

अघिल्ला दुई संस्करणमा उपविजेता बनेको गण्डकी छैटौं स्थानमा झर्दा १८ स्वर्ण, २८ रजत र २७ कांस्य जितेको कोसी पहिलो पटक राष्ट्रिय खेलकुदको उपविजेता बन्यो । नारायणीले पनि १३ स्वर्ण, २२ रजत र २९ कांस्य जितेर तेस्रो स्थानमा फड्को मार्यो ।

यसैगरी भेरीले १० स्वर्ण, ५ रजत र १० कांस्य जितेर चौथो स्थान हासिल गर्दा ८ स्वर्ण तथा ७ कांस्य जितेर सगरमाथा पाँचौं भयो । गण्डकीले ७ स्वर्ण, २४ रजत र २६ कांस्य जितेको थियो । लुम्बिनीले ६ स्वर्ण, ८ रजत र १० कांस्य पदक जितेर सातौ स्थान हासिल गर्दा सेती ५ स्वर्ण, १० रजत र ६ कांस्यसाथ आठौं भयो ।

४ स्वर्ण, ९ रजत र ११ कांस्यका साथ मेची नवौं हुँदा समान ३ स्वर्ण, २ रजत र ३ कांस्य जितेका राप्ती र धौलागिरिले क्रमश: १० र ११औं स्थान हासिल गरे । जनकपुरले २ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेर १२औं स्थान हासिल गर्दा १ स्वर्ण र २ कांस्य जितेको महाकाली १३औं तथा १ कांस्यमै सीमित कर्णाली १४औं भए । यसपालि मेची उत्कृष्ट टिम ठहरियो भने गण्डकीले उत्कृष्ट पोसाक तथा मार्चपासको पुरस्कार पायो ।

चौथो राष्ट्रिय खेलकुद :

लगातार तीन संस्करणको आयोजनापछि राष्ट्रिय खेलकुदको नियमितता कायम रहन सकेन । देशको राजनीतिक परिवर्तनसमेत अनुभूत गरेको समयमा राष्ट्रिय खेलकुदको चौथो संस्करण हुन १३ वर्ष कुर्नुपर्यो ।

लामो समय रोकिएको राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो महोत्सव आयोजनाको आँट १३ वर्षपछि नेपालगन्जले देखायो । २०४२ पछि २०५५ सालमा मात्र सम्भव भएको राष्ट्रिय खेलकुदको चौथो संस्करण चैत ८ गते तत्कालीन युवराज दीपेन्द्र शाहले उद्घाटन गरे ।

सात दिन चलेको राष्ट्रिय खेलकुदमा यसपालि अघिल्ला संस्करणमा झै खेलसंख्या बढाउनुको साटो घटाएर १२ मा झारियो । १२ खेलमात्र समावेश गर्नुमा नेपालले नै आयोजना गर्न लागेको आठौं साफ खेलकुद (१९९९) मा भएका खेलमात्र राखिएको प्रष्टीकरण दिइयो ।

मध्यपश्चिमले पहिलो पटक आयोजना गरेको राष्ट्रिय खेलकुदमा स्वर्ण १ सय ४०, रजत १ सय ४० र कांस्य १ सय ८९ गरि कुल ४ सय ६९ पदकका लागि ७ टोलीका महिला र पुरुष गरी कुल १ हजार ६ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसैपालिदेखि राष्ट्रिय खेलकुदको संरचना पनि परिवर्तन गर्ने क्रममा १४ अञ्चलको साटो ५ विकास क्षेत्र र दुई विभागीय टोली तत्कालीन शाही नेपाली सेना र नेपाल प्रहरीलाई सहभागी गराइयो ।

मध्यपश्चिमले पहिलो पटक आयोजना गरेको राष्ट्रिय खेलकुदमा स्वर्ण १ सय ४०, रजत १ सय ४० र कांस्य १ सय ८९ गरि कुल ४ सय ६९ पदकका लागि ७ टोलीका महिला र पुरुष गरी कुल १ हजार ६ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

मध्यमाञ्चलले ४९ स्वर्ण, ३१ रजत र ३२ कांस्य पदक जित्दै टिम च्याम्पियनसिप जित्दा सेनाको टोली २९ स्वर्ण, ३८ रजत र २१ कांस्यका साथ उपविजेता बन्यो । यसैगरी पुलिसले २५ स्वर्ण, १४ रजत र २० कांस्य जितेर तेस्रो स्थान हासिल गर्यो भने पश्चिमाञ्चल १३ स्वर्ण, १८ रजत र २१ कांस्यका साथ चौथो भयो ।

पूर्वाञ्चलले १२ स्वर्ण २७ रजत र ३९ कांस्य जितेर पाँचौ स्थान हासिल गर्दा आयोजक मध्यपश्चिम ७ स्वर्ण, १५ रजत र ३२ कांस्यका साथ छैटौं भयो । ५ स्वर्ण, ७ रजत र २४ कांस्यमा सीमित सुदूरपश्चिम पुछारमा रह्यो ।

मध्यमाञ्चलका कराँते खेलाडी रवि महर्जन पुरुषमा तथा मध्यपश्चिमकी तेजु गुरुङ महिलामा राष्ट्रिय खेलकुदकै उत्कृष्ट खेलाडी चुनिए । राष्ट्रिय खेलकुदमा यसरी व्यक्तिगत रुपमा उत्कृष्ट घोषणा गरिएको यो पहिलो पटक थियो ।

मध्यपश्चिमाञ्चल अनुशासित टोलीको रूपमा घोषित हुँदा सेनाले उत्कृष्ट मार्चपासको पुरस्कार पायो । पौडीमा ९ स्वर्ण पदक जितेर नयना शाक्यले अनुपम कीर्तिमान बनाइन् भने पुलिसकी देवीमाया पनेरुले १०० मिटर र २०० मिटर दौड तथा रामकृष्ण चौधरीले १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाए ।

मध्यमाञ्चलका कराँते खेलाडी रवि महर्जन पुरुषमा तथा मध्यपश्चिमकी तेजु गुरुङ महिलामा राष्ट्रिय खेलकुदकै उत्कृष्ट खेलाडी चुनिए । राष्ट्रिय खेलकुदमा यसरी व्यक्तिगत रुपमा उत्कृष्ट घोषणा गरिएको यो पहिलो पटक थियो ।

नेपालगन्ज राष्ट्रिय खेलकुदको आयोजक भए पनि पौडी ललितपुरको सातदोवाटोमा गराइयो भने भलिबल पनि सुर्खेतमा खेलाइएको थियो । यसपालि समावेश खेलमा फुटबल, एथलेटिक्स, कराँते, भलिबल, टेबलटेनिस, भारोत्तोलन, बक्सिङ, पौडी, सुटिङ, तेक्वान्दो, कुस्ती र कबड्डी थिए ।

पाँचौं राष्ट्रिय खेलकुद :

राष्ट्रिय खेलकुदको इतिहासमा सवैभन्दा बढी विवाद र उतारचढाव बेहोरेको पाँचौं राष्ट्रिय खेलकुदका लागि चौथो संस्करण सम्पन्न भएपछि नेपाली खेलकुदले १९ वर्ष कुर्नुपर्यो ।

नेपालगन्जमा प्रतियोगिता सम्पन्न भएको तीन वर्षपछि राखेपले पाँचौं संस्करण आयोजनाका लागि काठमाडौंमै प्रयास थालेको थियो । चौथो संस्करणको समापनको अवसरमा अवको पालो सुदूरपश्चिमको भन्दै झण्डा हस्तान्तरण गरिए पनि राखेपले भौतिक पूर्वाधार अभावको बहानामा काठमाडौंमै पाँचौं राष्ट्रिय खेलकुद गर्ने निर्णय लिएको थियो । त्यसअघि सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर, टीकापुर र डडेल्धुरामा पाँचांै राष्ट्रिय हुने घोषणा गरिएको थियो ।

सरकारले बजेट उपलब्ध नगराएको कारण देखाई राखेपले फेरि २०५८ जेठ ७ देखि १४ गते सम्मका लागि भनेर तेस्रो पटक मिति परिवर्तन गर्यो । पुन: समय अभाव र आर्थिक समस्याका कारण मिति जेठ १४ देखि २० सम्मका लागि सारियो, त्यो मितिमा पनि हुन नसकेपछि अन्तत: जेठ २१ देखि २६ सम्म गर्ने अर्को निर्णय लिइयो । यसका लागि आयोजनाको सबै तयारी पूरा भएर पनि पाँचौ राष्ट्रिय खेलकुद २०५८ सालमा हुन सकेन ।

सुदूरपश्चिममा भौतिक पूर्वाधार नभएको बहानामा काठमाडौं सारिएको पाँचौं संस्करणका लागि राखेपले २०५८ वैशाख २७ देखि जेठ २१ सम्मको तिथि तय गरेको थियो । यसअघि नै २०५७ सालमा सुदूरपश्चिममा गर्ने घोषणा भइसकेको पाँचौं राष्ट्रिय खेलकुदका लागि तय गरिएको यो दोस्रो मिति थियो । तर यो मितिमा पनि प्रतियोगिता हुन सकेन ।

सरकारले बजेट उपलब्ध नगराएको कारण देखाई राखेपले फेरि २०५८ जेठ ७ देखि १४ गते सम्मका लागि भनेर तेस्रो पटक मिति परिवर्तन गर्यो । पुन: समय अभाव र आर्थिक समस्याका कारण मिति जेठ १४ देखि २० सम्मका लागि सारियो, त्यो मितिमा पनि हुन नसकेपछि अन्तत: जेठ २१ देखि २६ सम्म गर्ने अर्को निर्णय लिइयो । यसका लागि आयोजनाको सबै तयारी पूरा भएर पनि पाँचौ राष्ट्रिय खेलकुद २०५८ सालमा हुन सकेन ।

राष्ट्रिय खेलकुद हुनुभन्दा दुई दिनअघि मध्यरातमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डका कारण पाँचौं राष्ट्रिय खेलकुद अन्श्चिितकालका लागि स्थगित गरियो । सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय खेलकुदमा कुल ७ सय ४१ पदकका लागि सात टोलीका १ हजार ४ सय २५ खेलाडीको सहभागिता हुने तय थियो ।

राखेपका संरक्षक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो आदेशमा राखेपले उद्घाटन भइसकेपछि माओवादी सेनाको टोलीलाई समावेश गराउँदा नेपाली सेनाले माओवादी खेलेका इभेन्ट बहिष्कार गरेको थियो ।

त्यसपछि सरकार परिवर्तन तथा विभिन्न कारणले हुन नसकेको पाँचौं राष्ट्रिय खेलकुद हुन गणतन्त्र स्थापना नभएसम्म कुर्नुपर्यो । २०६५ सालमा भएको पाँचौं राष्ट्रिय खेलकुदको गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले चैत २४ गते दरशथ रंगशालामा उदघाटन गरे ।

यसपाली खेलसंख्या बढाएर ३२ पुर्याइयो भने सहभागी टोली पनि बढे । सशस्त्र प्रहरी बलको एपिएफ क्लब स्थापना भइसकेको कारण यसले स्वत: विभागीय टोलीको हैसियत पायो भने शान्तिपूर्ण राजनीतिमाओर्लिएको नेकपा माओवादीको सेनालाई पनि विवादास्पद रूपमा विभागीय टोलीमा समावेश गराइयो ।

राखेपका संरक्षक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो आदेशमा राखेपले उद्घाटन भइसकेपछि माओवादी सेनाको टोलीलाई समावेश गराउँदा नेपाली सेनाले माओवादी खेलेका इभेन्ट बहिष्कार गरेको थियो ।

नेपाल सरकारले २५ करोड रुपैयाँ उपलब्ध गराएको एकहप्ते राष्ट्रिय खेलकुदमा ९ टोलीका कुल ३ हजार २ सय ८० खेलाडी सहभागी भए । माओवादी सेनाको तर्फबाट राष्ट्रिय खेलकुदमा १ सय २८ खेलाडीले भाग लिएका थिए । माओवादी सेनाले एथलेटिक्स, भलिबल (पुरुष/महिला), फुटबल (पुरुष/महिला), कराते, तेक्वान्दो र व्याडमिन्टन गरी ६ खेलमा सहभागिता जनाएको थियो ।

मध्यमाञ्चलले ६९ स्वर्ण, ३२ रजत र ३६ कांस्य पदक जित्दै टिम च्याम्पियनसिपको उपाधि रक्षा गरेको पाँचौं राष्ट्रिय खेलकुदमा एपिएफ ३२ स्वर्ण, १७ रजत र १७ कांस्य जित्दै उपविजेता भयो ।

ओलम्पियन पौडीवाज करिश्मा कार्की १२ स्वर्ण पदक जित्दै चर्चाको शिखरमा रहिन् । उनले भाग लिएका सवै इभेन्टसमा स्वर्ण पदक जितेकी थिइन् । राष्ट्रिय खेलकुदमा भाग लिएका सवै इभेन्टसमा स्वर्ण पदक जित्ने उनी अहिलेसम्मकी एकमात्र खेलाडी हुन् । यसअघि चौथो राष्ट्रिय खेलकुदमा पौडीकै नयना शाक्यले ९ स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी थिइन् ।

नेपाल प्रहरी २६ स्वर्ण, ३९ रजत र २३ कांस्यका साथ तेस्रो, मश्चिमाञ्चल २० स्वर्ण, २३ रजत र ४० कांस्यका साथ चौथो, पूर्वाञ्चल १४ स्वर्ण, २५ रजत र ५४ कांस्यका साथ पाँचौं तथा मध्यपश्चिमाञ्चल ९ स्वर्ण, २३ रजत र ४८ कांस्यका साथ छैटौं भए ।

यसैगरी सुदूरपश्चिमाञ्चल ८ स्वर्ण, १८ रजत र ३९ कांस्यका साथ सातौं हुँदा नेपाली सेना ९ स्वर्ण, ७ रजत र १२ कांस्यका साथ आठौं भयो । राष्ट्रिय राजनीतिलाई नै तरंगित पार्ने गरी विवादास्पद रूपमा  सहभागिता जनाएको माओवादी सेना १ रजत र ५ कांस्यमा सीमित हुँदै पुछारमा रह्यो ।

ओलम्पियन पौडीवाज करिश्मा कार्की १२ स्वर्ण पदक जित्दै चर्चाको शिखरमा रहिन् । उनले भाग लिएका सवै इभेन्टसमा स्वर्ण पदक जितेकी थिइन् । राष्ट्रिय खेलकुदमा भाग लिएका सवै इभेन्टसमा स्वर्ण पदक जित्ने उनी अहिलेसम्मकी एकमात्र खेलाडी हुन् । यसअघि चौथो राष्ट्रिय खेलकुदमा पौडीकै नयना शाक्यले ९ स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी थिइन् ।

पाँचौं राष्ट्रिय खेलकुदमा २१ खेलमा जिल्ला हुँदै क्षेत्रीय छनोटमार्फत प्रतिस्पर्धा गराइएको थियो भने १३ खेलमा सोझै सहभागी गराईएको थियो । क्षेत्रगत छनोट गरिएका खेलमा एथलेटिक्स, बक्सिङ (पुरुष), फुटबल, तेक्वान्दो, कराते, भलिबल, टेबलटेनिस, कबड्डी, भारोत्तोलन (पुरुष), कुस्ती, व्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, ह्यान्डबल, खोखो, शारीरिक सुगठन, आईटिएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराते र हक्की थिए । यसैगरी गल्फ, विलियार्ड तथा स्नुकर, सुटिङ, आर्चरी, स्क्वास, सफ्ट टेनिस, लनटेनिस, क्रिकेट, जिम्न्यास्टिक, साइक्लिङ, पौडी, बक्सिङ (महिला) र भारोत्तोलन (महिला) लाई सोझै राष्ट्रिय खेलकुदमा सहभागी गराइएको थियो ।

सोझै खेल्नेमध्ये पनि मध्यमाञ्चल नै पहिलो भयो । मध्यमाञ्चलले सोझै खेल्नेमा ५२ स्वर्ण, ४४ रजत र ५३ स्वर्ण जित्यो भने दोस्रो हुने एपिएफले १२ स्वर्ण, ७ रजत र ६ कांस्य जितेको थियो । नेपाल पुलिस ११ स्वर्ण र २ कास्यका साथ तेस्रो हँुदा नेपाली सेनाले ९ स्वर्ण, १० रजत र १० कांस्य पदक जितेर चौथो स्थान पक्का गर्यो । पश्च्मिाञ्चलले ६ स्वर्ण, ९ रजत र १६ कांस्य पदक जितेर पाँचौ स्थान हासिल गर्दा सुदूरपश्चिमाञ्चल ३ स्वर्ण, ९ रजत र ७ कांस्य पदकका साथ छैटौ, पूर्वाञ्चल १ स्वर्ण, १० रजत र ७ कास्यका साथ सातौं, मध्यपश्चिमाञ्चल ५ रजत र ९ कांस्यका साथ आठौ भयो । माओवादी सेनाको टोली खुलातर्फका १३ खेलमा एउटै पदक जित्न सफल भएन ।

छैटौं राष्ट्रिय खेलकुद :

अघिल्लो संस्करणको तुलनामा छैटौं राष्ट्रिय खेलकुदले धेरै समयको प्रतीक्षा गर्नुपरेन । तथापि राजनीतिक अस्थिरताको समयमा दुई वर्षमै पनि हुन सकेन । २०६८ सालमा पाँचौं संस्करणमा आयोजनाको अधिकार खोसिएको सुदूरपश्चिमले पहिलो पटक राष्ट्रिय खेलकुदका लागि देशभरका खेलाडी तथा खेलकर्मीलाई आतिथ्यता प्रदान गर्यो ।

सुदूरपश्चिमको व्यापारिक केन्द्रको रूपमा रहेको धनगढीलाई केन्द्र बनाएर विभिन्न स्थानमा भएको छैटौं राष्ट्रिय खेलकुद पनि विवादमुक्त रहन सकेन । राष्ट्रिय खेलकुद परिषदको तत्कालीन नेतृत्व नेकपा माओवादीको थियो । माओवादी नेतृत्वले स्वेच्छाचारी तरिकाले काम गरेको भन्दै अन्य राजनीतिक दलले सुदूरपश्चिममा आन्दोलनसमेत गरेका थिए ।

यसैगरी माओवादी सेनालाई विभागीय टोलीको हैसियतमा सहभागी गराउने राखेपको निर्णयबाट नेपाली खेलकुदले महँगो मूल्य चुकाउनुपर्यो । माओवादी सेनाको सहभागिताका कारण नेपाली खेलकुदमा सबैभन्दा बढी प्रतिभावान खेलाडी अनुबन्ध गरेको नेपाली सेनाले छैटौं राष्ट्रिय खेलकुद बहिष्कार गर्यो । जसका कारण सबैजसो खेलमा देशको प्रतिनिधित्व गर्ने सयौं राष्ट्रिय खेलाडी राष्ट्रिय खेलकुदबाट बाहिरिनुपर्यो ।

विभिन्न दलका स्थानीय नेता-कार्यकर्ताको खेल गर्नै नदिने अडानका बावजुद २०६८ साल फागुन १४ गते राष्ट्रपति डा. रामवरण यादवले छैटौं वृहत राष्ट्रिय खेलकुदको उद्घाटन गरे । नवनिर्मित धनगढी रंगशालामा उद्घाटन भएको खेल महोत्सवको समापन चाहिँ फागुन २१ गते महेन्द्रनगरमा भएको थियो ।

त्यस्तै विवादास्पद रूपमा तेक्वान्दो युनियनलाई छुट्टै खेलको हैसियत दिएर सहभागी गराइनु छैटौं राष्ट्रिय खेलकुदको अर्को असफल पक्ष थियो । तेक्वान्दो र तेक्वान्दो युनियनको नाममा एउटै खेलमा दुई वटा प्रतियोगिता गराउँदा तेक्वान्दो संघको विवाद नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले नै औपचारिक रुपमा स्वीकार गरेको देखिन्थ्यो ।

विभिन्न दलका स्थानीय नेता-कार्यकर्ताको खेल गर्नै नदिने अडानका बावजुद २०६८ साल फागुन १४ गते राष्ट्रपति डा. रामवरण यादवले छैटौं वृहत राष्ट्रिय खेलकुदको उद्घाटन गरे । नवनिर्मित धनगढी रंगशालामा उद्घाटन भएको खेल महोत्सवको समापन चाहिँ फागुन २१ गते महेन्द्रनगरमा भएको थियो ।

राष्ट्रिय खेलकुदको यो संस्करणमा माओवादी सेनासँगै विश्वविद्यालय खेलकुद संघको नाममा अर्को पनि विभागीय टोली थप गरियो । नेपाली सेनाले बहिस्कार गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको एपिएफ, माओवादी सेना र विश्वविद्यालय गरी चार विभागीय टोली भए । चार विभागीय टोली र पाँच विकास क्षेत्र गरी कुल ९ टिमका ३ हजार ७ सय ९ खेलाडीले ३ सय ५ स्वर्ण, ३ सय ५ रजत र ४ सय ५२ कांस्य गरेर कुल १ हजार ५२ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बिलियार्ड, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फुटबल, फुलकन्ट्याक्ट कराँते, गल्फ, जिम्न्यास्टिक, ह्यान्डबल, हक्की, आइटिएफ तेक्वान्दो, जुडो, कबड्डी, कराँते, लनटेनिस, सुटिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, तेक्वान्दो युनियन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु गरी छैटौं संस्करणमा कुल ३२ खेल समावेश थिए ।

मध्यमाञ्चलले १ सय २९ स्वर्ण, ८५ रजत र ९० कांस्य गरी ३ सय ४ पदक जितेर टिम च्याम्पियन भयो । पुलिस ५४ स्वर्ण, ४३ रजत र ३४ कांस्य गरी १ सय ३१ पदकका साथ उपविजेता भयो ।

एपिएफले ४६ स्वर्ण, ४२ रजत र ४६ कांस्य पदकसहित तेस्रो स्थान हासिल गर्दा पश्चिमाञ्चल विकास क्षेत्र २७ स्वर्ण, ५२ रजत र ६५ कांस्यसहित १ सय ४४ पदक हासिल गर्दे चौथो भयो । सुदूरपश्चिमले २३ स्वर्ण, २५ रजत र ५२ कांस्य गरी १ सय पदकका साथ पाँचौं भयो ।

जवरजस्ती राष्ट्रिय खेलकुदमा विभागीय टोलीको हैसियतसहित प्रवेश गरेको माओवादी सेनाले १८ स्वर्ण, १७ रजत र २५ कांस्य गरी ६० पदकका साथ छैटौं स्थान हासिल गर्यो । यसैगरी पूर्वाञ्चलले ११ स्वर्ण, २७ रजत र ८७कांस्य गरि १ सय २५ पदकका साथ सातौं, मध्यपश्चिमले १० स्वर्ण, १९ रजत र ६१ कांस्यसहित कुल ९० पदकसाथ आठौं भयो । कान्छो विभागीय टोली विश्वविद्यालय २ स्वर्ण, ८ रजत र ६ कांस्यसहित १६ पदक जितेर पुछारमा सीमित भयो ।

सातौं राष्ट्रिय खेलकुद :

सुदूरपश्चिमपछि राष्ट्रिय खेलकुद आयोजनाको पालो थियो, पूर्वाञ्चलको । यसपालि चाहिँ अघिल्लो संस्करण भएको मितिले पाँच वर्ष प्रतीक्षा गरेपछि मात्र विराटनगरलाई केन्द्र बनाएर पूर्वाञ्चलका विभिन्न स्थानमा सातौं राष्ट्रिय खेलकुद आयोजना भयो ।

२०७३ साल पुस ८ गते विराटनगर रंगशालामा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गरिन् । समापन भने पुस १५ गते धरान रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका थिए । पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, इलाम र उदयपुरसँगै मध्यमाञ्चलका काठमाडौं र ललितपुर तथा पश्चिमाञ्चलको कास्कीलगायतका जिल्लाका विभिन्न स्थानमा राष्ट्रिय खेलकुदका विभिन्न खेलहरू आयोजना गरिएका थिए ।

पञ्चायतपछि राष्ट्रिय खेलकुद विवादको पर्याय बनिसकेको थियो । समयमा हुने कुरामा निरन्तरता नभए पनि विवाद र बेथितिमा यसपालि सातौं संस्करणले पनि निरन्तरता दियो । पूर्वाधारको शीर्षकमा खासै काम नहुँदा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना गरे पनि पूर्वाञ्चलले त्यसको फाइदा उठाउन सकेन ।

नेकपा एमाले नेतृत्वको राखेपले एकलौटी गरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले विरोध गर्दा राष्ट्रपति उपस्थित उद्घाटन समारोह नै केहीबेर प्रभावित भयो । रेफ्रीमाथि हातपात गर्ने, क्रिकेटमा खेल परित्याग गर्ने, रेफ्रीको निर्णयमा असहमति जनाउँदै खेलाडीले म्याटमा धर्ना दिँदा कराँतेका खेल घण्टौं रोकिने जस्ता गैरखेलकुदीय गतिविधि पनि सातौं राष्ट्रिय खेलकुदको इतिहासमा लेखिए ।

सेना समायोजन भइसकेकाकारण अघिल्ला दुई संस्करणमा विवादास्पद सहभागिता जनाएको माओवादी सेनाको अस्तित्व यसपालि समाप्त भइसकेको थियो । सेना नै नभएपछि उसको टिम पनि हुने कुरा भएन । अघिल्लो संस्करणमा माओवादीको उपस्थितिका कारण बहिष्कार गरेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले यसपालि राष्ट्रिय खेलकुदमा सानदार पुनरागमन जनायो ।

यसपालि विश्वविद्यालय खेलकुद संघ पनि थिएन । जसका कारण पाँच विकास क्षेत्र र तीन विभागीय टोली (सेना, पुलिस र एपिएफ) गरी कुल आठ टोलीले मात्र राष्ट्रिय खेलकुदमा सहभागिता जनाए । आठ टोलीका ३ हजार ९ सय ७२ खेलाडीले ३५ खेलमा गरी २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ७१ कांस्य गरि कुल १ हजार ३५ पदकका लागि प्रतिस्पर्धा गरे ।

पछिल्ला दुई संस्करणमा अपमानित महसुस गरेको सेनाले १ सय ८ स्वर्ण, ६१ रजत र ४३ कांस्यसहित कुल २ सय १२ पदक जितेर च्याम्पियनसिप ट्रफी उचाल्यो । आर्मीले राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो स्थान हासिल गरेको यो पहिलो पटक थियो ।

सशस्त्र प्रहरी बलको एपिएफ ४७ स्वर्ण, ४३ रजत र ५६ कांस्य गरी कुल १ सय ४६ पदकका साथ उपविजेता बन्दा नेपाल प्रहरीले तेस्रो स्थान हासिल गर्यो । शीर्ष तीन स्थान विभागीय टोलीले कव्जा गरेको सातौं राष्ट्रिय खेलकुदमा पुलिसले ४० स्वर्ण, ३७ रजत र ४० कांस्य गरी १ सय १७ पदक जितेको थियो ।

अघिल्ला ६ संस्करणको च्याम्पियन मध्यमाञ्चल ३१ स्वर्ण, ४९ रजत र ५७ कांस्य गरी कुल १ सय ३७ पदकका साथ चौथो स्थानमा सीमित भयो । मध्यपश्चिमाञ्चलले ८ स्वर्ण, ४२ रजत र १४ कांस्य गरी ६४ पदकका साथ पाँचौं स्थानमा चित्त बुझायो ।

यसैगरी ७ स्वर्ण, २१ रजत र ३४ कांस्यसहित कुल ६४ पदकका साथ पश्चिमाञ्चल छैटौं तथा ६ स्वर्ण, १६ रजत र ४७ कांस्यसहित ६९ पदक जितेको पूर्वाञ्चल सातौं भए । ४ स्वर्ण, ११ रजत र ५९ कांस्यसहित ७४ पदकमा सीमित सुदूरपश्चिमाञ्चल पुछारमा सीमित भयो ।

आठौं राष्ट्रिय खेलकुद :

नेपालगन्जले दोस्रो पटक राष्ट्रिय खेलकुद आयोजना गर्ने क्रममा २०७६ सालमा देशभरका खेलाडी तथा खेलकर्मीलाई आतिथ्यता प्रदान गर्यो । नेपालगन्ज मुख्य आयोजक सहर भए पनि आठौं राष्ट्रिय खेलकुदअन्तर्गतका खेलहरू लुम्बिनी प्रदेशको बाँकेका विभिन्न स्थानसँगै बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही र काठमाडौंमा समेत भएको थियो । यसैगरी रािष्ट्रय खेलकुदमा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङ खेल पूर्वाधार अभावका कारण कास्कीमा गरिएको थियो ।

देश प्रादेशिक संरचनामा गइसके पछिको पहिलो राष्ट्रिय खेलकुद पनि त्यहीअनुसार भएको थियो । अञ्चलबाट सुरु भएर क्षेत्रीय संरचनामा पुगेको राष्ट्रिय खेलकुदमा पहिलो पटक प्रदेशका टिमले सहभागिता जनाए । जसअनुसार सात प्रदेश र स्थायी तीन विभागीय टिम (सेना, पुलिस र एपिएफ)मा यसपालि गैरआवासीय नेपालीको टिम एनआरएनए पनि थपियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल वैशाख ५ गते नेपालगन्ज रंगशालामा औपचारिक उद्घाटन गरेको आठौं बृहत राष्ट्रिय खेलकुद वैशाख ११ गतेसम्म चलेको थियो ।  

नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा यसपालि कुल ११ टोलीका ५ हजार २ सय ११ खेलाडीले विभिन्न ३५ खेलमा ३ सय ३३ स्वर्ण, ३ सय ३३ रजत र ४ सय ८० कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

पदक तालिकामा यसपालि पनि विभागीय टोलीकै वर्चस्व रहयो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक च्याम्पियनसिप ट्रफी हासिल गर्ने क्रममा १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कांस्यसहित कुल २ सय ८९ पदक जित्यो । आर्मीका लागि खेलेकी ओलम्पियन पौडीवाज गौरिका सिंहले एक्लै १२ स्वर्ण पदक जितेर तहल्का मच्चाइन् ।

दोस्रो स्थानमा नेपाल पुलिस क्लबथियो । पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्य गरी कुल १ सय ५७ पदक जितेको थियो । यसैगरी अर्को विभागीय टिम एपिएफले ५४ स्वर्ण, ६९ रजत र ८० कांस्य गरी २ सय ३ पदक जितेर तेस्रो स्थान हासिल गर्यो ।

प्रदेशमध्ये बाग्मतीले सबैभन्दा बढी २२ स्वर्ण, ४० रजत र ६० कांस्य पदक सहित कुल १ सय २२ पदक जित्यो । गण्डकी प्रदेश १२ स्वर्ण, २१ रजत र ४४ कांस्यसहित ७७ पदक जितेर पाँचौं हुँदा लुम्बिनीले ११ स्वर्ण, २६ रजत र ४८ कांस्यसहित कुल ८५ पदक जितेर छैटौं स्थान हासिल गर्यो ।

प्रदेश एकले ९ स्वर्ण, २० रजत र ५९ कांस्य गरी कुल ८८ पदकका साथ सातौं स्थान हासिल गर्दा सुदूरपश्चिम प्रदेश ८ स्वर्ण, १२ रजत र ३४ कांस्य गरी कुल ५४ पदकका साथ आठौं भयो । मधेश प्रदेश ६ स्वर्ण, ७ रजत र २० कांस्य गरी कुल ३३ पदकका साथ नवौं हुँदा १०औं भएको एनआरएनएले ६ स्वर्ण, २ रजत र ५ कांस्यसहित कुल १३ पदक जित्यो । कर्णाली प्रदेश ३ स्वर्ण, ४ रजत र १७ कांस्य गरी कुल २४ पदकका साथ पुछारमै सीमित भयो ।