काठमाडौं । करातेकी एरिका गुरुङलाई बानी परिसक्यो, अब त देशका लागि खेल्दा पदक जितिहाल्ने । पछिल्लो एक वर्ष जहाँ प्रतिस्पर्धी भएकी छन्, त्यहाँ पदक जितेर देशको झण्डा फहराउन सफल भएकी छिन् । खेलाडीको लक्ष्य यही नै त हो, अन्तर्राष्ट्रिय एरिनामा आफ्नो देशको झण्डा फहराउने । यो सौभाग्य एरिकाले बारम्बार पाइरहेकी छन् ।
पाँच सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिता । पाँचवटैमा पदक । नेपाली खेलकुद इतिहासमा यो एउटा दुर्लभ उपलब्धि नै हो । खासगरी करातेमा त झन् उनको प्रत्येक उपलब्धि ऐतिहासिक छन् । एरिकाले पछिल्लो पटक जितेको उपाधि भनेको २०औं एसियाली सिनियर कराते च्याम्पियनसिपअन्तर्गत महिला ६८ केजीमाथि तौल समूहमा रजत पदक हो । जुन एरिकाले आइतबार हासिल गरेकी हुन् । यो नेपालका लागि त्यस्तो उपाधि रह्यो, जसले तीन दशक लामो पदकको खडेरी नै तोड्यो ।
मंगलबार बिहान एरिकासहितको कराते टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनी आबद्ध क्लब नेपाल पुलिस क्लबले उनको स्वागतमा ब्यान्ड बाजासमेत लिएर आएको थियो ।
नेपालले १९९३ मा ताइवानमा पहिलो पटक यो च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । त्यसयता च्याम्पियनसिपले १९ संस्करण पार गरिसक्दा पनि नेपाली खेलाडीले पदक जित्न सकेको थिएन । जुन पदकको खडेरी एरिकाले तोडेकी छन् । एरिकाले एक वर्षमा जितेका अन्य पदक हुन् क्रमशः १९औं एसियाली खेलकुदमा रजत, १०औं विश्व सितोरियो च्याम्पियनसिपमा स्वर्ण, युएस ओपन च्याम्पियनसिपमा स्वर्ण, रजत अनि आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण । उनको यो उपलब्धिले गर्दा नेपाली खेलकुदमा करातेको उचाइ पनि बढेको छ ।
राष्ट्रलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा लाज ढाक्ने बहानाका रूपमा उभिँदै आएकी एरिकालाई अर्को पथमा पनि पुर्याएको छ । त्यो हो, अब उनी नेपाली खेलकुदको स्टारमात्र होइन सुपरस्टार नै बनेकी छन् । कम्तीमा पनि अबको एक दशक उनी बामेसर्दै गरेको नेपाली खेलकुदको स्टारपथमा रहनेछिन् अनि सबैका लागि प्रेरणास्रोत बन्नेछिन् । एरिका, समाचारहरूका व्याख्यामा नछुट्टिने नाम बनिसकेकी छन् । हाजिरीजवाफमा बारम्बार दोहोरिने प्रश्न भएकी छन् ।
तर के एरिकालाई यो कुराको भान छ ? वा उनी अझै पनि उनी आफूले जितेको पदकको ओझका बारेमा अभिज्ञ छिन् । गत वर्ष एरिकाले चीनको हाङचाउमा देशका लागि ऐतिहासिक रजत पदक जितेपछिको भावना खेलाडी डटकमसँग यसरी पोखेकी थिइन्, ‘यो रजत पदकले मलाई कतै पुर्याएको छैन । म यहीँ छु । म आफूलाई स्टार जस्तो फिल नै गर्दिनँ । यो स्टारडम भन्ने कुरामा म नफसोस् जस्तो लाग्छ ।’
एरिकाले आफ्नो उपलब्धिबारे यस्तो भनेकी थिइन्, ‘यसपालि पनि हजुरहरू सबैको आशीर्वादले मेरो खेलमा राम्रो प्रभाव पारेको छ । चीनमा वाइफाइको एकदमै समस्या थियो । मलाई धेरै म्यासेजहरू आएका रहेछन् । रिप्लाई दिन पाइनँ । त्यसका लागि माफी माग्न चाहन्छु ।’
मंगलबार बिहान एरिकासहितको कराते टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनी आबद्ध क्लब नेपाल पुलिस क्लबले उनको स्वागतमा ब्यान्ड बाजासमेत लिएर आएको थियो । उनलाई प्रहरी अधिकारी, खेल पदाधिकारी, पूर्व खेलाडी, आफन्तजन र सर्वसाधारणले माला, खादा र अबिर लगाएर स्वागत, सम्मान गरे । अन्तिममा कराते टोलीलाई गाडीमा राखेर नगरपरिक्रमा गराइएको थियो । यो माहोल उनले एक वर्षअघि भने गुमाएकी थिइन् । एसियाली खेलकुदको अतुलनीय उपलब्धिको सम्मानमा मंगलबार जस्तै नगरपरिक्रमा गर्ने तयारी राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गरेको थियो । तर, इजरायल–हमास युद्धमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएपछि पूरा देश शोकमा डुबेको थियो । राष्ट्रिय शोकको सम्मानमा राखेपले एरिकाको र्याली स्थगित गरेको थियो । उसो त त्यतिबेला प्राप्त गरेको स्वागत पनि एरिकाका लागि कम खास थिएन । किनभने विमानस्थलको स्वागतलगत्तै उनले भनेकी थिइन्, ‘मैले रजत जितेको हैन, स्वर्ण गुमाएकी रहेछु ।’
यो एक वर्ष अवधिमा एरिका व्यक्तिगत रूपमा पनि परिपक्व भइसकेकी छन् । उनले पदकको ओझ बुझिसकेकी छन् । विगतका प्रतिक्रिया र अहिलेका शब्दहरूमा आकाश जमिनको फरक आइसकेको छ । उनले नेपाली खेलकुदमा आफ्नो बलियो प्रतिनिधित्व बनाइसकेकी छन् । तर, अझै पनि उनमा त्यो ‘इनोसेन्ट गर्ल’को झल्को हटेको छैन । उनले मंगलबार दिएको प्रतिक्रियाले यो कुरा अझ प्रस्ट हुन्छ ।
एरिकाले आफ्नो उपलब्धिबारे यस्तो भनेकी थिइन्, ‘यसपालि पनि हजुरहरू सबैको आशीर्वादले मेरो खेलमा राम्रो प्रभाव पारेको छ । चीनमा वाइफाइको एकदमै समस्या थियो । मलाई धेरै म्यासेजहरू आएका रहेछन् । रिप्लाई दिन पाइनँ । त्यसका लागि माफी माग्न चाहन्छु ।’
आधिकारिक रूपमा २०३३ सालबाट सुरु भएको नेपाली करातेले एसियालीस्तरमा देशका लागि पाँच पदक दिएको छ । त्यसमा एरिकाको पछिल्लो दुई पदक भइहाल्यो, अर्को हिरोशिमा १९९४ मा सीता राई, बैंकक १९९८ मा समरबहादुर गोले र इन्चोन २०१४ मा विमला तामाङ गरी तीन एसियाड कांस्य पदक ।
एरिकाले स्वर्ण गुमाएकामा दुखेसो पनि पोखिन् । ‘यसपालि पनि रजतमा सीमित हुनुपरेको छ । लक्ष्य त स्वर्ण पदककै थियो । सायद, मेरो विपक्षी मभन्दा एकदमै राम्रो हुनुहुन्थ्यो । यो रजत पदकले आउने दिनमा थप मिहिनेत गर्ने प्रेरणा मिलेको छ,’ एरिकाले मुस्कुराउँदै भनिन्, ‘अर्को प्रतियोगितामा यो भन्दा पनि राम्रो नतिजा ल्याउने छु ।’
एरिकाले अब जित्न बाँकी भनेको यही एसियाली खेलकुद र एसियन च्याम्पियनसिपमा स्वर्ण न हो । त्यसपछि बाँकी रह्यो विश्व कराते च्याम्पियनसिप । अहिलेलाई भने उनीसामु इटालीको भेनिसमा अक्टोबर दोस्रो साताबाट सुरु हुने विश्व क्याडेट जुनियर र यु-२१ प्रतियोगितामा थप अर्को पदक जित्ने चुनौती छ ।
आधिकारिक रूपमा २०३३ सालबाट सुरु भएको नेपाली करातेले एसियालीस्तरमा देशका लागि पाँच पदक दिएको छ । त्यसमा एरिकाको पछिल्लो दुई पदक भइहाल्यो, अर्को हिरोशिमा १९९४ मा सीता राई, बैंकक १९९८ मा समरबहादुर गोले र इन्चोन २०१४ मा विमला तामाङ गरी तीन एसियाड कांस्य पदक । यसपालि पनि नेपालका लागि ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । तर फेरि एकपटक एरिका नै नायक बनिन् । यी कारणहरूले पनि हामीले मान्न सक्छौं एरिका नेपाली कराते र समग्र नेपाली खेलकुदकै वर्तमान सुपरस्टार हुन् । यो स्टारडमको चुनौतीमा एरिका कसरी उभिन्छन्, हेर्न बाँकी छ ।