फाल्गुन २, २०८२ शनिबार | १७:३३:१७
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन यु १७

नेपाली टिमको ‘रियालिटी चेक’

पोखरा ।नेपाली सिनियर टिमको एसियाली फुटबलमा पहुँच लगभग शून्य छ । एसियन कपमा नेपाल अहिलेसम्म छनोट हुन सकेको छैन । तर उमेर समूहमा भने नेपाल निकै पटक छनोट भएको छ । प्रतिस्पर्धा गरेको छ । यद्यपि यो सिलसिला रोकिएको धेरै भयो ।

१७ वर्षमुनिको एसियन कप फुटबलमा नेपाल तीन पटक छनोट भएको छ । नेपालले पछिल्लो पटक यो प्रतियोगिता सन् २०१४ मा खेलेको थियो । २० वर्षमुनिको एसियन कपमा भने नपाल चार पटक छनोट भएको छ । यो महादेशीय प्रतिस्पर्धाका लागि नेपाल सन् २००४ यता छनोट भएको छैन ।

उमेर समूहका महादेशीय प्रतियोगितामा छनोट हुने धौधौ भए पनि क्षेत्रीय प्रतियोगिताको भने नेपाल सधैं उपाधि दाबेदार हो । यसपालिकै कुरा गर्ने हो भने पनि नेपाल यु–१७ साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्यो । जहाँ नेपाल भारतसँग पराजित भयो । जबकि त्यही भारतलाई नेपालले समूह चरणमा पाखा लगाएको थियो ।

अंग्रेजीमा एउटा शब्द छ ‘रियालिटी चेक’ । फुटबल लेखनमा पनि यो शब्द खुबै प्रयोग हुन्छ । यसको सामान्य अर्थ हो वास्तविक परीक्षा । एसियाली छनोट नेपालका लागि ठ्याक्कै ‘रियालिटी चेक’ हुने गरेको छ । यसपल्ट पनि भयो त्यही ।

उता साफ यु–२० च्याम्पियनसिपमा नेपालले राउन्ड रोबिनमा एक खेल हार्यो । भारतसँग अनपेक्षित ८–० को हार बेहोरेपछि नेपाल फाइनल पुग्न सकेन । यद्यपि यो प्रतियोगितामा पनि नेपाल उपाधि दाबेदार नै थियो । खेलेका चारमध्ये एकमा मात्र पराजय भोग्नुले पनि यो पुष्टि गर्छ ।

अंग्रेजीमा एउटा शब्द छ ‘रियालिटी चेक’ । फुटबल लेखनमा पनि यो शब्द खुबै प्रयोग हुन्छ । यसको सामान्य अर्थ हो वास्तविक परीक्षा । एसियाली छनोट नेपालका लागि ठ्याक्कै ‘रियालिटी चेक’ हुने गरेको छ । यसपल्ट पनि भयो त्यही ।

२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले चारै खेल हार्यो । अरू त अरू भुटानसँग पनि हार्यो । बंगलादेशलाई पनि जित्न सकेन । समूह ‘बी’ का बाँकी टिम खाडीका कतार र बहराइन थिए । ती दुवै टिमसँग नेपाल सजिलै पराजित भयो ।

१७ वर्षमुनिको एसियन कप छनोटमा भने नेपालले सामना गरेका सबै टिम दक्षिणपूर्वी एसियाली थिए । समूह ‘एफ’मा रहेको नेपालले ती तीनवटै टिमसँग हार बेहोर्यो । पहिलो खेलमा थाइल्यान्डसँग ३–०, दोस्रो खेलमा भियतनामसँग ५–० र अन्तिम खेलमा चाइनिज ताइपेइसँग ४–२ को पराजय भोग्यो । तीनमध्ये कमसेकम दुई खेल नेपालका लागि ‘रियालिटी चेक’ बने ।

समूहको पहिलो खेलअघि आयोजित पत्रकार सम्मेलनमा भियतनामका मुख्य प्रशिक्षक गुएन कुओक टुवानले भनेका थिए, ‘सबै टिमको स्तर उस्तै छ । छनोटका लागि सबै योग्य छन् ।’

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको भनाइ पनि लगभग उस्तै थियो, ‘उमेर समूहको फुटबलमा सबै टिमको स्तर उही हुन्छ जस्तो लाग्छ । यसकारण नेपाल कम्तीमा दोस्रो बन्दै छनोट हुन चाहन्छ ।’

कुल १६ टिमले एसियन कप खेल्नेछन् । यो प्रतियोगिता कहाँ हुने भनेर भने तय भइसकेको छैन । एसियन कपको सेमिफाइनलमा स्थान बनाउने चार टिमले सन् २०२३ मै हुने यु–१७ विश्वकपमा सहभागिता जनाउनेछन् । विश्वकप दक्षिण अमेरिकाको पेरुमा हुने तालिका छ ।

मुख्य प्रशिक्षकहरूले जे–जे भने पनि एउटा कुरा प्रस्ट थियो, समूहका दुई बलिया टिम भियतनाम र थाइल्यान्ड नै थियो । आखिरमा त्यही प्रमाणित थियो । भियतनाम र थाइल्यान्ड बाँकी दुई टिमभन्दा अब्बल साबित भए । भियतनाम समूह विजेताको हैसियतमा अर्कोे वर्ष हुने एसियन कपका लागि छानियो । थाइल्यान्डचाहिँ उत्कृष्ट समूह उपविजेताका रूपमा छनोट भयो । यसरी नै छिमेकी भारत पनि छनोट भएको छ ।

‘छनोट सुरु हुनुअघि सबै टिमको अंक शून्य थियो । यसकारण सबै टिम उस्तै छन् भनेको हो । तर अन्तिम तालिकाले भियतनाम र थाइल्यान्ड बाँकी टिमभन्दा बलियो भएको प्रमाणित भएको छ,’ अन्तिम दिनको खेलमा थाइल्यान्डलाई ३–० ले पन्छाएपछि भियतनामका मुख्य प्रशिक्षक टुवानको भनाइ थियो ।

कुल १६ टिमले एसियन कप खेल्नेछन् । यो प्रतियोगिता कहाँ हुने भनेर भने तय भइसकेको छैन । एसियन कपको सेमिफाइनलमा स्थान बनाउने चार टिमले सन् २०२३ मै हुने यु–१७ विश्वकपमा सहभागिता जनाउनेछन् । विश्वकप दक्षिण अमेरिकाको पेरुमा हुने तालिका छ ।

भियतनामको उत्तरपूर्वी प्रान्त फुथोको भियट्री सहरमा भएको छनोटमा नेपाल तीनवटै विपक्षीसामु निरीह देखियो । पहिलो खेलको सुरुवातबाटै नेपाली खेलाडी हतास देखिन्थे । यस्तो लाग्थ्यो नेपाली खेलाडीले आत्मविश्वास एन्फा कम्पलेक्समै छाडेर गएका थिए । जहाँ उनीहरुले भियतनाम प्रस्थान गर्नुअघि करिब १३ दिन अभ्यास गरेका थिए ।

मुख्य प्रशिक्षक श्रेष्ठले थाइल्यान्डसँगको खेलका लागि रक्षात्मक राणनीति अपनाएका थिए । ४–२–३–१ को संरचना आफैंमा आक्रामक भए पनि श्रेष्ठले दुई सेन्ट्रल मिडफिल्डर र तीन विंगर तथा आक्रामक मिडफिल्डरलाई रक्षात्मक जिम्मेवारी दिएका थिए । जसकारण नेपाली टिम आफ्नै क्षेत्रमा व्यस्त थियो ।

तर यत्तिको रक्षात्मक ढंगले खेल्दा पनि नेपालले ३० औं मिनेटमा गोल खाएको थियो । त्यस खेलमा नेपालले थाइल्यान्डसँग कुल ३ गोल खायो । र ती तीनवटै ‘झुर गोल’ थियो । अर्को वाक्यमा भन्दा, रोक्न सकिने गोल थिए ।

भियतनामसँग पनि नेपालले उही पहिलो एघार उतारेको थियो । रणनीति पनि उही । अनि गोल खाएको तरिका उही । मतलब लगातार गल्ती । अंग्रेजी शब्दको प्रयोग गरेर भन्दा ‘इन्डिभिजिुअल इरर’ । डरलाग्दा मिसपास खेलेका नेपाली खेलाडी भियतनामी मिडफिल्डर र फरवार्डका अघि निरीह देखिए । डिफेन्ड गर्दा कुनै जोस देखाएनन् । अरू त अरू भियतनामका फुलब्याकले समेत गोल गरे ।

समूहका अन्तिम खेलमा भने नेपाल विजयी हुने अनुमान गरिएको थियो । नेपाली सिनियर टिमले चाइनिज ताइपेईको सिनियर टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा हराइरहेको हुनाले यस्तो अनुमान गर्नु स्वाभाविक थियो । तर अन्तिम खेलमा पनि नेपाल हार्यो । ७८ औँ मिनेटमा फुलब्याक दोहोरो पहेँलो कार्ड खाएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि नेपालले लगातार दुई गोल खायो । नतिजा २–२ बाट ४–२ को स्थितिमा पुग्यो ।

यो खेलमा पनि नेपालको सुरुवात सन्तोषजनक हुन सकेको थिएन । ताइपेईले तेस्रो मिनेटमै गोल गरेको थियो । कप्तान प्रशान्त लक्षमले १० औँ मिनेटमा गोल फर्काएपछि खेल १–१ को स्थितिमा पुगेको थियो । आधा घण्टा नबित्दै नेपाल फेरि पछाडि पर्यो । तर दोस्रो हाफ सुरु हुनासाथ मैदान प्रवेश गरेका धनसिंह विकले ६१ औँ मिनेटमा सजिलो गोल गरेर नेपाललाई खेलमा फर्काएका थिए । तर उनको मिहिनेतले नेपाललाई अंकविहीन हुनबाट बचाउन सकेन ।

भियतनामको गर्मीमा नेपाली खेलाडीलाई खेल्न गाह्रो भएको पक्का हो । तीनमध्ये दुई खेल नेपालले दिउँसो खेल्नुपरेको थियो । तर मौसमलाई एकैछिन बिर्सिने हो भने, नेपाली खेलाडी भियतनाम र थाइल्यान्डका खेलाडी भन्दा प्राविधिक कौशलमा निकै तल भएको प्रस्ट देखिन्थ्यो । अत्तालिएका नेपाली खेलाडीले कम्तीमा तीन पास खेल्न नसकिरहँदा भियतनाम र थाइल्यान्डले भने ‘पोसेसन बेस्ड फुटबल’ खेले ।

लामा लामा पास पनि सजिलै नियन्त्रणमा लिने ती खेलाडीलाई नेपाली खेलाडीले मार्कसम्म गर्न सकेनन् । फलतः नेपालले अधिकांश गोल विपक्षी खेलाडीलाई मार्क गर्न नसकेरै खाएको थियो । ‘जोनल मार्किङ’ मा भन्दा ‘म्यान टु म्यान मार्किङ’ नीति अपनाएको नेपाल यसमै फेल खायो । किनभने आफूभन्दा शारीरिक रूपमा बलिया विपक्षी खेलाडीलाई नेपाली खलाडीले सही तरिकाले ‘मार्किङ’ गर्न सकेनन् ।