असार २९, २०८२ आइतबार | १७:४३:४१
साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी इन्टरको जितमा मेसी नायक इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम फिफा क्लब विश्वकपको फाइनल आज, पिएसजीलाई चेल्सीको चुनौती साफ यु-२० च्याम्पियनसिपः नेपाल र बंगलादेश भिड्दै
शनिबारको दिन उमेर समूह

किन खस्कँदै छ उमेर समूहको प्रदर्शन ?

दक्षिण एसियाली फुटबलमा नेपाललाई दोस्रो स्तरको टिम मानिन्थ्यो । सिनियर पुरुष टिम भनौं या महिला टिममा चिरप्रतिद्वन्द्वी भारतपछि नेपाली टिम रहने गरे पनि उमेर समूहमा नेपाल बलियो टोलीमा गनिन्थ्यो ।

उमेर समूहमा प्रायः नेपाल हाबी हुन्थ्यो भने भारतसँग हारे पनि कडा चुनौती पेस गर्दथ्यो । तर, पछिल्लो समय नेपाल उमेर समूहमा पनि भारतभन्दा पछाडि पर्न थालेको छ  । भारतसँग मात्रै नभएर भुटान, बंगलादेश जस्ता टिमलाई हराउन पनि नेपाली टिमलाई धौ–धौ परिरहेको छ ।

पछिल्लो समय उमेर समूहका प्रतियोगिताहरूमा नेपाललाई कठिन हुँदै जानुको प्रमुख कारण खेलाडीमा अनुभवको कमी भएको सिनियर राष्ट्रिय टोलीका खेलाडी विक्रम लामाको ठम्याइ छ । उनी अखिल नेपाल फुटबल खेलाडी संघका पनि अध्यक्ष हुन् ।

एएफसी यु–२० एसियन कप छनोटमा भुटान र बंगलादेश दुवै टिमसँग नेपालले पराजित हुनुपर्यो । यु–२० टिम नै यसै वर्ष साफ च्याम्पियनसिपमा भारतसँग ८–० को फराकिलो अन्तरले हारेको थियो । त्यसो त यु–१७ टिम पनि साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग नै पराजित भएर उपाधि गुमाउन पुग्यो ।

पछिल्लो समय उमेर समूहका प्रतियोगिताहरूमा नेपाललाई कठिन हुँदै जानुको प्रमुख कारण खेलाडीमा अनुभवको कमी भएको सिनियर राष्ट्रिय टोलीका खेलाडी विक्रम लामाको ठम्याइ छ । उनी अखिल नेपाल फुटबल खेलाडी संघका पनि अध्यक्ष हुन् ।

‘पछिल्लो समय नेपाललाई युथ लेभलमा गाह्रो पर्न थालेको छ । यसको प्रमुख कारण खेलाडीलाई सुहाउँदो वातावरण नहुनु र म्याच अनुभवको कमी हो,’ अध्यक्ष विक्रमले भने, ‘खेलाडीले अनुभव बटुल्ने भनेको खेलेर नै हो । तर, हाम्रोमा उमेर समूहका प्रतियोगिता भएका छैनन् । चार वर्षदेखि कुनै प्रतियोगिता नहुँदा एकैचोटि अन्तर्राष्ट्रिय स्तरमा खेल्नुपरेको छ । त्यसले राम्रो नतिजा दिन गाह्रो हुन्छ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितकृष्ण श्रेष्ठ (पूर्वअध्यक्ष) को स्मृतिमा गर्दै आएको यु–१८ प्रतियोगिता नगरेको चार वर्ष भइसकेको छ । सन् २०१८ मा भएको पछिल्लो संस्करणपछि दुई वर्ष कोरोना महामारीका कारण आयोजना सम्भव भएन । तर, त्यसपछि भने एन्फाले गर्न नसकेको हो वा चाहेको छैन ।

‘उमेर समूहमा गाह्रो भएपछि सिनियर टिममा झन् गाह्रो हुँदै आउँछ, यसमा सबै गम्भीर हुनैपर्छ,’ विक्रम भन्छन्, ‘उमेर समूहका खेलाडीले इन्टरनेसनल एक्सपोजर पाएकै छैनन् । स्वदेशमै खेल्नका लागि पनि उचित वातावरण पाइरहेका छैनन् ।’

यस्तै यु–१८ टिमका पूर्वप्रशिक्षक चेतनारायण श्रेष्ठ पनि प्रतियोगिता नहुनु र खेलाडीले उचित सुविधा नपाउनु प्रदर्शन खस्किनुको प्रमुख कारण मान्छन् ।

‘युवा टिमका लागि उचित सेवा–सुविधा र प्रतियोगिताहरू नै छैनन्,’ प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘अनुभव एकदमै आवश्यक हुन्छ । साथै खेलाडीले पाउने सेवा–सुविधाले पनि प्रदर्शन र नतिजामा धेरै असर पुगिरहेको हुन्छ ।’

भर्खरै एएफसी यु–२० एसियन कपको छनोट खेल्न बहराइन पुगेको नेपाली टोलीका खेलाडीलाई पनि भत्ता कहिले आउँछ भन्ने चिन्ताले पिलिरह्यो । उपत्यका बाहिरबाट आएका कति खेलाडी एन्फास्थित होस्टेलमा बसिरहेका छन् । सोमबार राति काठमाडौं आएर पनि बाटो खर्च नहुँदा होस्टेलमा बसेका खेलाडीलाई वचन लगाइएको सुन्नमा आएको छ । ‘किन यहाँ बसिरहेको ?’ भनेर होस्टेल प्रशासनले वचन लगाएर हटाएको छ । कोही खेलाडीहरू आफन्तकहाँ त कोही साथीकहाँ शरण लिन पुगेका छन् ।

‘एक/डेढ महिनाको मात्रै तयारी अवधि हुन्छ, एउटा भर्खरै बनेको टिमलाई त्यो पर्याप्त समय होइन,’ एन्फाअन्तर्गत वाग्मती प्रदेशका मुख्य प्रशिक्षकसमेत रहेका श्रेष्ठ भन्छन्, ‘तयारी भनेको ट्रेनिङ मात्रै होइन, नयाँ ठाउँमा प्रतियोगिता खेल्दा त्यहाँ ‘क्लामेटाइज’ हुन समय लाग्छ । त्यसैले केही समय त्यहीं गएर अभ्यास गर्नु आवश्यक हुन्छ ।’

‘खेलाडीलाई अझै मिहिनेत गर्न, जिम्मेवार बनाउन र नतिजाको आस गर्ने हो भने उचित सेवा–सुविधा र तयारीका लागि पर्याप्त समय दिनुपर्छ,’ प्रशिक्षक श्रेष्ठले खेलाडीसँग भने, ‘पहिला एकेडेमी थियो । उमेर समूहको ललित स्मृति प्रतियोगिता हुन्थ्यो । कलेजस्तरीय प्रतियोगिताहरू हुन्थे । खेलाडीहरूलाई जति धेरै खेल्न पायो त्यति राम्रो हो । तर, अहिले उमेर समूहका प्रतियोगिता नै नभएको धेरै समय भइसक्यो । अन्य देशहरूले ग्रासरुटदेखि उमेर समूहबाटै सुधार गर्दै आएका छन् । तर हाम्रो खस्कँदो स्थितिमा छ ।’

सीमित स्रोत र साधनसँगै तयारीमा पनि समय कम हुने गरेकाले अपेक्षित नतिजा नआउने उनको बुझाइ छ ।

‘एक/डेढ महिनाको मात्रै तयारी अवधि हुन्छ, एउटा भर्खरै बनेको टिमलाई त्यो पर्याप्त समय होइन,’ एन्फाअन्तर्गत वाग्मती प्रदेशका मुख्य प्रशिक्षकसमेत रहेका श्रेष्ठ भन्छन्, ‘तयारी भनेको ट्रेनिङ मात्रै होइन, नयाँ ठाउँमा प्रतियोगिता खेल्दा त्यहाँ ‘क्लामेटाइज’ हुन समय लाग्छ । त्यसैले केही समय त्यहीं गएर अभ्यास गर्नु आवश्यक हुन्छ ।’

बहराइनमा नेपाल यु–२० टिमले भुटानसँग अप्रत्यासित २–० को पराजय बेहोर्नुपरेको थियो । जसको प्रमुख कारण नेपाल त्यहाँको वातावरण र समयसँग घुलमिल नहुनु थियो । प्रतियोगिता सुरु हुन करिब ३६ घण्टाअगाडि मात्रै नेपाल बहराइन पुगेको थियो । तर, भुटान करिब १० दिनअगाडि नै त्यहाँ पुगेर आफूलाई अभ्यस्त गरिसकेको थियो ।

उमेर समूहको खराब नतिजा आउनु भनेको भविष्यका लागि पनि चुनौती हो । किनभने तिनै युवा खेलाडी भविष्यमा सिनियर टिममा पुग्छन् ।

‘हामीले सुधार्ने भनेको युथ लेभलबाट नै हो,’ खेलाडी संघका अध्यक्ष विक्रम भन्छन्, ‘आज उमेर समूहका खेलाडी नै भोलिका राष्ट्रिय खेलाडी हुन्, आज उमेर समूहमै गाह्रो हुन थाल्यो भने भोलि राष्ट्रिय टिममा अवश्य असर पर्छ ।’

त्यसो त नेपालले जुलाई/अगस्टमा साफ च्याम्पियनसिप हुने निश्चित भएपछि मात्रै टिम बनाउन थालेको थियो । देशभरबाट आएका खेलाडीबीच खुला छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ सदस्यीय टिम बनाएका थिए । त्यतिबेला दक्षिण एसियाली फुटबल जमातमा नेपालसँग त उमेर समूहको टिम नै छैन भनेर खिल्लीसमेत उडाइएको थियो । अहिले यु–२० मा मात्रै होइन । प्रत्येक उमेर समूहको हालत त्यस्तै छ ।