महिला साफ च्याम्पियनसिप

पहिलो महिला साफ च्याम्पियनसिप २०१०, भारतले लगाइदिएको त्यो पूर्णविराम...

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको इतिहास लामो छैन । नियमित सहभागी नेपालले हालसम्म यसको उपाधि जित्न सकेको छैन । तर, उपाधि दाबेदार भने सधैं रहँदै आएको छ ।

बंगलादेशस्थित दक्षिण एसियाली फुटबल महासंघ (साफ)को मुख्यालयमा अघिल्लो साता सम्पन्न साफ कंग्रेसले आगामी संस्करण नेपालमै आयोजना गर्ने निर्णय गरेको छ । भदौमा घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली महिला फुटबल टोली कीर्तिमान रच्ने तयारीमा हुनेछ ।

आजभन्दा एक दशकअघि बंगलादेशबाट महिला साफ च्याम्पियनसिप सुरु भएको थियो । पहिलो संस्करणमा नै नेपालले रजत पदक जित्यो । त्यसयता नेपालले लगातार तीन पटक फाइनल यात्रा तय गर्यो । यद्यपि उपाधि यात्रामा भने तीनै पटक भारत नै बाधक बन्यो । तर, सन् २०१६ मा भएको चौथो संस्करणमा नेपाल सेमिफाइनलबाटै बाहिरिनुपरेको थियो ।

तर, नेपाली फुटबलका लागि सधैंको तगारो बन्दै आएको भारतको चुनौती पन्छाउन सके मात्रै नेपाली महिला टिमले ‘डेडलक’ तोड्न सक्नेछ । हालसम्म आयोजना भएका चार संस्करणमध्ये तीन पटक उपविजेता बनेको नेपाल सधैं भारतसँगै पराजित हुनुपरेको छ ।

आजभन्दा एक दशकअघि बंगलादेशबाट महिला साफ च्याम्पियनसिप सुरु भएको थियो । पहिलो संस्करणमा नै नेपालले रजत पदक जित्यो । त्यसयता नेपालले लगातार तीन पटक फाइनल यात्रा तय गर्यो । यद्यपि उपाधि यात्रामा भने तीनै पटक भारत नै बाधक बन्यो । तर, सन् २०१६ मा भएको चौथो संस्करणमा नेपाल सेमिफाइनलबाटै बाहिरिनुपरेको थियो ।

सन् २०१० अर्थात् २०६७ मंसिर २६ देखि बंगलादेशको कक्सबजार रंगशालामा पहिलो संस्करण आयोजना भएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, भारत, भुटान, अफगानिस्तान, श्रीलंका र पाकिस्तान गरी आठ टिम सहभागी थिए ।

समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान थिए । डिसेम्बर १२ मा पहिलो खेल नेपालले माल्दिभ्सविरुद्ध खेल्यो । त्यसमा नेपालले माल्दिभ्समाथि आधा दर्जन गोल गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको थियो । उक्त खेलमा नेपालकी अनु लामाले पहिलो ह्याट्रिक गरेकी थिइन् ।

तर, डिसेम्बर २३ मा भएको प्रतियोगिताको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतले १–० ले हराउँदै नेपालको अपराजित यात्रामा पूर्णविराम लगाइदियो ।

डिसेम्बर १४ मा भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३–० को फराकिलो नतिजामा पराजित गर्यो । डिसेम्बर १८ मा समूह चरणको अन्तिम खेल खेलेको नेपाल पाकिस्तानमाथि १२–० को फराकिलो गोलमा जित पाउँदै शतप्रतिशत नतिजासहित समूह विजेताको रूपमा सेमिफाइनल पुग्यो ।

अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले समूह ‘ए’को उपविजेताका रूपमा सेमिफाइनल पुगेको आयोजक बंगलादेशलाई ३–० गोलले हराउँदै फाइनलमा भारतसँगको भेट पक्का गरको थियो ।

तर, डिसेम्बर २३ मा भएको प्रतियोगिताको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतले १–० ले हराउँदै नेपालको अपराजित यात्रामा पूर्णविराम लगाइदियो ।

त्यसबेला नेपाली टोलीका मुख्य प्रशिक्षक ध्रुव केसी थिए । सोही टिममा कप्तान जमुना गुरुङ थिइन् । उक्त प्रतियोगितामा लगातार तीन ह्याट्रिक गरेकी अनुले सर्वाधिक ११ गोलको योगदान गरेकी थिइन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी अनुको प्रदर्शन नेपालको फाइनल यात्रामा निकै महत्त्वपूर्ण रह्यो । लामो सयमसम्म नेपाली महिला फुटबलको इतिहासकै सर्वाधिक गोलकर्ता रहेकी अनुको कीर्तिमान सावित्रा भण्डारीले सन् २०१९ को नादेझ्दा कपका दौरान तोडेकी थिइन् ।

‘टिमको र मेरो व्यक्तिगत प्रदर्शन राम्रो भएको थियो । म, अनु (लामा), दीपा (अधिकारी), प्रमिला (राई), सजना (राना) हामी अग्रपंक्तिबाट खेल्थ्यौं । हाम्रो टिमवर्क राम्रो थियो,’ उनले स्मरण गरिन्, ‘सेमिफाइनलमा बंगलादेशसँगको खेलमा मैले दुई र दीपाले एक गोल गरेका थियौं । तर फाइनलमा भारतसँग १–० ले हार्नुपर्यो ।’

सन् २०१० मा नेपाली टिम करिब एक महिनाको प्रशिक्षण लिएर साफ च्याम्पियनसिप खेल्न बंगलादेश पुगेको थियो । फाइनलमा भारतकी सुस्मिता मलिकले गरेको एक मात्र गोल निर्णायक बन्दा नेपाल उपाधिबाट वञ्चित हुनुपरेको थियो ।

त्यसबेलाकी नेपाली टिमकी कप्तान जमुना टिमवर्कले त्यहाँसम्म पुगेको बताउँछिन् । त्यसै प्रतियोगितामा पहिलो पटक कप्तानी भूमिका पाएकी जमुनाले पहिलो चुनौतीमै टोलीलाई फाइनल यात्रा गराएकी थिइन् ।

‘टिमको र मेरो व्यक्तिगत प्रदर्शन राम्रो भएको थियो । म, अनु (लामा), दीपा (अधिकारी), प्रमिला (राई), सजना (राना) हामी अग्रपंक्तिबाट खेल्थ्यौं । हाम्रो टिमवर्क राम्रो थियो,’ उनले स्मरण गरिन्, ‘सेमिफाइनलमा बंगलादेशसँगको खेलमा मैले दुई र दीपाले एक गोल गरेका थियौं । तर फाइनलमा भारतसँग १–० ले हार्नुपर्यो ।’

त्यतिबेलाकी महत्त्वपूर्ण खेलाडी अनु लामा नेपालले राम्रो प्रदर्शन गर्दागर्दै पनि उपाधि जित्न नसक्नु दुर्भाग्य भएको बताउँछिन् ।

‘सबै युवा खेलाडी थियौं । औसत उमेर पनि २१–२२ वर्ष थियो । पहिलो साफ च्याम्पियनसिप भएकाले एकदमै धेरै ऊर्जा र उत्साह पनि थियो । सबै खेलाडीमा जोस भरिएको थियो । ११औं सागमा भारतसँग हारेर उपविजेता भएका थियौं । त्यही प्रतियोगिताको अनुभवलाई लिएर हामी उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेका थियौं,’ अनु भन्छिन्, ‘६० मिनेटसम्म फाइनलमा गोल भएको थिएन । तर, ६५औं मिनेटमा हाम्रो साइडको बायाँपट्टि भारतले फ्रि–किक पायो । ४०–५० यार्डबाट भारतीय खेलाडीले हानेको फ्रि–किक गोल हुन पुग्यो । त्यो गोल हाम्रा लागि दुर्भाग्य नै बन्यो । धेरै प्रयास गर्यौं तर, सफल भएनौं । उपविजेतामै चित्त बुझाउनुपर्यो ।’

फुटबलमा आफ्नो जीवनको लामो समय व्यतित गरेका ध्रुव केसीले त्यो बेलामा पहिलो पटक राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । यसअघि उनले सहायक प्रशिक्षक तथा अफिसियलको रूपमा प्रशस्तै अनुभव बटुलिसकेका थिए ।

पहिलो पटक साफ च्याम्पियनसिपमा सहभागिता जनाएको महिला टिमलाई उनले अखिल नेपाल फुटबल संघ (एन्फा) ले गराउने लिग र बाँकी प्रतियोगिताको आधारमा छानेका थिए ।

‘त्यो बेलामा साधारण क्याम्प, बन्द प्रशिक्षण गरेर खेलाडीलाई राखेका थियौं । ४०-५० जना खेलाडीलाई बोलायौं । र, १८ खेलाडी छनोट गर्यौं,’ उनले सुनाए ।

रेफ्रीको सानो गल्तीले गर्दा हामीले खेल हार्यौं । अहिले जस्तो अवस्था भएको भए भिडियो हेर्न हुन्थ्यो । त्यो बेलामा थिएन ।

पहिलो साफ च्याम्पियनसिपमा नै नेपाललाई फाइनलसम्मको यात्रा गराएका केसीले रेफ्रीको गलत निर्णयका कारण खेल हारेको औंल्याए ।

‘पहिलो हाफमा दुवैतर्फबाट गोल भएको थिएन । दोस्रो हाफमा खेल सकिन १५-२० मिनेट बाँकी हुँदा फाउल नै नभएकोमा मलेसियन महिला रेफ्रीले फाउल दिएर पेनाल्टी दिइन । त्यसपछि १०-१५ मिनेटका लागि खेल रोकियो । र, पछि सुरु भएपछि हाम्रा खेलाडी नर्भस भए,’ उनले खेलाडीसँग भने, ‘रेफ्रीको सानो गल्तीले गर्दा हामीले खेल हार्यौं । अहिले जस्तो अवस्था भएको भए भिडियो हेर्न हुन्थ्यो । त्यो बेलामा थिएन ।’