सहिद स्मारक ‘ए’ डिभिजन लिग

इतिहास लिग विजेताको

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ आज टुंगिदैछ र त्यस अगाडि नै तय भइसकेको छ, मछिन्द्रले यसको उपाधि जित्ने । मछिन्द्रले लिग उपाधि मात्र जितेको छैन्, यसक्रममा वर्ष ०७६ को डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधिको पनि रक्षा गरेको छ । त्यसैले पनि मछिन्द्रले यसपल्ट लिगमा तय गरेको यात्रा आफैमा विशेष छ । भनिन्छ, लिगमा उपाधि जित्न आफैमा गाह्रो त छँदैछ, त्यो जितेको उपाधिको रक्षा गर्न झन गाह्रो छ, मछिन्द्रले यो दुवै काम गरेको छ ।

सहिद स्मारक लिग ‘ए’ डिभिजनको इतिहासमा आफैंमा निकै लामो छ । वर्ष २०११ सालदेखि सुरु भएको प्रतियोगिता हो सहिद स्मारक लिग । अहिलेसम्म यसका ४३ संस्करण भइसकेको छ । मछिन्द्र विजयी रहेको ०७६ को प्रतियोगितासँगै ।

प्रतियोगिता आफैं भने नियमित आयोजना नहुने रोगबाट ग्रसित छ, जुन पहिले थियो र अहिले पनि कायम छ । यसबीच प्रतियोगिताले मछिन्द्र क्लबसँगै १६ विजेता पाएको छ । इतिहास आफैंमा धेरै लामो छ, त्यसैले यसको इतिहास पनि स्पष्ट छैन ।

प्रतियोगिता आफैं भने नियमित आयोजना नहुने रोगबाट ग्रसित छ, जुन पहिले थियो र अहिले पनि कायम छ । यसबीच प्रतियोगिताले मछिन्द्र क्लबसँगै १६ विजेता पाएको छ । इतिहास आफैंमा धेरै लामो छ, त्यसैले यसको इतिहास पनि स्पष्ट छैन ।

सुरुआती संस्करणमा के कस्तो भयो, त्यसबारे ठ्याक्कै यही हो भनेर भन्न सकिन्न । कम्तीमा ती सुरुआती वर्षमा यो टिम विजेता हो मात्र भनेर भन्न सकिन्छ । सहिद स्मारक लिग ‘ए’ डिभिजनलाई मूलत: दुई भागमा विभाजन गरेर विश्लेषण गर्नु ठीक हुन्छ । जतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) को अस्तित्व थिएन, त्यतिबेला नेपाली फुटबलको सर्वोच्च संस्था थियो नेपाल फुटबल संघ । यसले १५ पल्ट ‘ए’ डिभिजन लिग आयोजना गरेको थियो ।

महावीर पहिलो विजेता

त्यसमध्ये ०११ सालमा महावीर विजयी रह्यो । यो नेपालको पहिलो ‘ए’ डिभिजन लिग च्याम्पियन रह्यो । वर्ष ०१२ र ०१३ सालमा पुलिस फोर्सले यो उपाधि लगातार दुईपल्ट जित्यो । वर्ष ०१४ मा एनआरटी ‘ए’ विजयी रह्यो । यसले यस्तै सफलता वर्ष ०१७ मा पनि दोहो¥याएको थियो । २०२० सालले नयाँ विजेता पायो विद्या व्यायाम मन्दिरका रूपमा । वर्ष ०२३ मा महावीरले फेरि उपाधि चुम्यो भने ०२४ मा एक अर्को नयाँ विजेता निस्क्यो । यो थियो त फ्रेन्ड्स युनियन ।

घरेलु फुटबलको सर्वाधिक सफल टिमले लगातार तीनपल्ट ‘ए’ डिभिजन जितेर नयाँ इतिहास बनाएको थियो । आरसिटीले ०२९ र ०३० मा उपाधि जितलाई निरन्तरता दियो । यसक्रममा आरसिटीले लिगको ट्रफी पनि पचाएको थियो, सधैं आफ्नो हुने गरेर ।

त्यसपछि ०२५ सालमा द्यौराली क्लब, वर्ष ०२६ मा महावीर र ०२७ मा फेरि द्यौराली क्लब विजयी रह्यो । ०२८ सालयता नेपाली फुटबलले ‘ए’ डिभिजनमा नयाँ विजेता पायो । त्यो थियो रानीपोखरी कर्नर टिम अर्थात आरसिटी । घरेलु फुटबलको सर्वाधिक सफल टिमले लगातार तीनपल्ट ‘ए’ डिभिजन जितेर नयाँ इतिहास बनाएको थियो । आरसिटीले ०२९ र ०३० मा उपाधि जितलाई निरन्तरता दियो । यसक्रममा आरसिटीले लिगको ट्रफी पनि पचाएको थियो, सधैं आफ्नो हुने गरेर ।

त्यतिबेला कुनै टिमले लगातार तीनपल्ट उपाधि चुमेमा ट्रफी उसकै हुन्थ्यो । र, यससँगै लिगको एउटा कालखण्ड पनि टुंगिन्छ । किनभने यससँगै नेपाल फुटबल संघको इतिहास पनि समाप्त हुन्छ । आरसिटीले पचाएको त्यो ट्रफी अझै पनि क्लबको म्युजियममा सुरक्षित छ । यही ट्रफीले त भन्ने हो सुरुआती वर्षका लिग विजेताको इतिहास । यो ट्रफी नहुने थियो त कम्तीमा ‘ए’ डिभिजन लिग विजेताको इतिहास पनि सधैंका लागि हराउने थियो ।

अस्तित्वमा एन्फा आएपछि

एन्फाले ०३२ सालदेखि सहिद स्मारक लिग ‘ए’ डिभिजनको आयोजना गर्न सुरु गरेको हो । विवादबीच जहाँ एन्फाको अस्तित्व सम्भव भयो, त्यहीं नेपाल फुटबल संघको अस्तित्व सधैंका लागि समाप्त भयो । एन्फाले आयोजना गरेको पहिलो ‘ए’ डिभिजनको विजेता रह्यो ब्वाइज युनियन । त्यसपछि वर्ष ०३३ मा सुनाखरी एथलेटिक्स, ०३४ मा अन्नपूर्ण, ०३५ मा एनआरटी, ०३६ मा आरसिटी, ०३७ मा संकटा, ०३८ मा आरसिटी, ०३९ मा अन्नपूर्ण, ०४० मा संकटा, ०४१ मा आरसिटी र ०४२ सालमा संकटा क्लब विजयी रहे ।

वर्ष ०६० सालमा मनाङ फेरि एकपल्ट विजेता बन्यो भने वर्ष ०६१ उपाधि जित्ने पालो थियो थ्री स्टार क्लबको । ०६२ मा मनाङले फेरि लिग ‘ए’ डिभिजनको उपाधि चुम्यो । त्यसयता ‘ए’ डिभिजनमा पुलिसको वर्चस्व सुरु हुन्छ । पुलिसले ०६३, ०६६/०६७ र ०६८ सालमा लगातार तीनपल्ट लिग उपाधि जित्यो ।

वर्ष ०४३ देखि फेरि नेपाली लिग इतिहासमा नयाँ कालखण्ड सुरु हुन्छ । त्यसबीचमा उदय हुन्छ मनाङ मर्स्याङ्दी क्लबको । मनाङ ०४३ सालमा मात्र नभएर ०४४ र ०४६ सालमा पनि लगातार उपाधि जितेर नयाँ र अद्वितीय इतिहास बनायो । त्यसपछि लामो समय लिग भएन । जतिबेला ०५२ मा फेरि ‘ए’ डिभिजन भयो, एनआरटी विजयी रह्यो । वर्ष ०५७ मा मनाङ फेरि एकपल्ट विजेता बन्यो । त्यसपछि तीन वर्ष फेरि लिग भएन । त्यसपछिको समयलाई हामी नेपाली फुटबल इतिहासमा आधुनिक लिग सुरु भएको मान्न सक्छौं ।

वर्ष ०६० सालमा मनाङ फेरि एकपल्ट विजेता बन्यो भने वर्ष ०६१ उपाधि जित्ने पालो थियो थ्री स्टार क्लबको । ०६२ मा मनाङले फेरि लिग ‘ए’ डिभिजनको उपाधि चुम्यो । त्यसयता ‘ए’ डिभिजनमा पुलिसको वर्चस्व सुरु हुन्छ । पुलिसले ०६३, ०६६/०६७ र ०६८ सालमा लगातार तीनपल्ट लिग उपाधि जित्यो । वर्ष ०६९ मा थ्री स्टारले तेस्रोपल्ट ‘ए’ डिभिजन जित्यो भने मनाङले ०७० र ०७५ सालमा लगातार लिग जित्यो । यसक्रममा मनाङ आठौंपल्ट ‘ए’ डिभिजन विजेता हुँदै नयाँ इतिहास रच्न सफल रह्यो ।