मंसिर ६, २०८१ बिहीबार | १४:५२:४८
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन मनीष डाँगी

मनीषको पुनर्जीवन, दुई क्यामरुनीको साहस

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष टोली मछिन्द्र फुटबल क्लब र रेलिगेसन दबाबमा रहेको च्यासल युथ क्लबबीच खेल चलिरहेको थियो ।

त्यो खेल जिते साबिक विजेता मछिन्द्रले उपाधि रक्षा गर्ने सम्भावना बलियो बन्ने थियो । त्यसमाथि शनिबारको दिन भएकाले दशरथ रंगशालाको माहोल उल्लासमय थियो । दर्शकको बाक्लो उपस्थिति थियो ।

बलियो मछिन्द्रले निरीह च्यासलमाथि २–० को अग्रता लिइसकेको थियो । निर्धारित समयको खेल सकिन २५ मिनेटमात्र बाँकी थियो । मैदानको मध्यभागमा एउटा एयर बल पछ्याउने क्रममा मछिन्द्रका मनीष डाँगी र च्यासलका अफ्रिकी खेलाडी केत्चा यानिकको टाउको ठोक्कियो । मनीष टाउकाले नै टेक्दै मैदानमा गर्ल्याम्म ढले । प्यारापिटबाट देख्नेहरू पनि डराउने गरी उनी मैदानमा ढल्न पुगेका थिए ।

युरो २०२० मा डेनमार्कका खेलाडी क्रिस्टियन इरिक्सनको घटना देखेका समर्थकले रंगशालामा खेलदौरान भएका अरू थुप्रै दुर्घटनाका समाचार पढेका थिए । मनीषलाई पनि तलमाथि होला कि भन्ने भयले रंगशालाको माहोल एकाएक स्तब्ध भयो । टिम सहयात्रीहरू तुरुन्तै मनीषको वरिपरि झुम्मिए ।

युरो २०२० मा डेनमार्कका खेलाडी क्रिस्टियन इरिक्सनको घटना देखेका समर्थकले रंगशालामा खेलदौरान भएका अरू थुप्रै दुर्घटनाका समाचार पढेका थिए । मनीषलाई पनि तलमाथि होला कि भन्ने भयले रंगशालाको माहोल एकाएक स्तब्ध भयो । टिम सहयात्रीहरू तुरुन्तै मनीषको वरिपरि झुम्मिए ।

मछिन्द्रका फिजियोथेरापिस्ट सुरज भुसाल पनि प्राथमिक उपचारका लागि मैदान छिर्न रेफ्रीको अनुमति कुरेनन् । सिधै मनीष भएतिर हानिएर सिपिआर दिन (छाती थिचेर उपचार गर्ने विधि) थाले ।

मैदानको स्थिति त्यतिबेला थप तनावपूर्ण बन्यो, जब कप्तान सुजल श्रेष्ठलगायतका खेलाडीहरू आयोजकको अफिसियल बक्सतिर फर्किएर डाक्टर, डाक्टर भनेर डाँको छाडेर रुन थाले । खेलाडीहरू रोएको देखेपछि मैदान वरिपरि प्यारापिटमा घेरिएका हजारौं दर्शक कुनै अप्रिय नतिजाको भयले ग्रसित भए । सबै आ–आफ्ना भगवान सम्झँदै मनीषको स्वास्थ्यका लागि पुकार्न थाले ।

पूरा रंगशाला तनाव र भयग्रस्त थियो । दर्शकका आङ सिरिङ्ग भइरहेको थियो, शरीरभरि काँडा उम्रिएको थियो । तर फिजियोथेरापिस्ट भुसाल जोडजोडले सिपिआर दिन व्यस्त थिए । खेलाडीले रंगशाला थर्किने गरी रुँदै डाक्टर पुकारे पनि एन्फाले मेडिकल टिमको कुनै प्रबन्ध गरेको थिएन ।

त्यही कारण ९ मिनेटसम्म मनीषले नयाँ जीवनका लागि संघर्ष गरिरहँदा पनि उनले चिकित्सकीय सहायता पाएनन् । बरू क्लबका फिजियो भुसालसँगै विपक्षी टोलीका दुई विदेशी खेलाडीको गुनबाट नेपाली राष्ट्रिय टोलीका जल्दाबल्दा मिडफिल्डरले दोस्रो जीवन पाए ।  

नेपाली फुटबलले भविष्यका लागि पनि धेरै आशा गरेका युवा खेलाडी बेहोस भएर मैदानमा ढलिरहँदा चिकित्सक व्यवस्था नगरेको एन्फाको नालायकीपन च्यासलका उनै यानिक र मोसा अबागानाले छोपिदिए ।

नेपाली खेलाडी सम्भावित विछोडको पीडामा डाँको छोडेर रोइरहँदा यानिक र अबागाना भने नआत्तिइकन मनीषको मुखमा औंला कोचेर मनिष... मनिष भन्दै रंगशाला थर्किने गरी बेहोस भएर ढलेका उनलाई बोलाइरहेका थिए ।

मध्यअफ्रिकी मुलुक क्यामरुनबाट व्यावसायिक फुटबल खेल्न नेपाल आएका यी खेलाडीको मनीषलाई पूर्ण रूपमा बेहोस हुन नदिनका लागि मैदानमा गरेको कोसिस साँच्चै तारिफयोग्य र सम्झनलायक थियो ।

‘अन्ली क्राइङ...नट गुड’ त्यो क्षण सम्झँदै मोसाले खेलाडीसँग भने, ‘यू ह्याभ टु ओपन माउथ...’

मध्यअफ्रिकी मुलुक क्यामरुनबाट व्यावसायिक फुटबल खेल्न नेपाल आएका यी खेलाडीको मनीषलाई पूर्ण रूपमा बेहोस हुन नदिनका लागि मैदानमा गरेको कोसिस साँच्चै तारिफयोग्य र सम्झनलायक थियो ।

बेहोस भएर ढलेका मनीषलाई रंगशाला थर्किने गरी बोलाउनुको अर्थ के थियो त ?

‘त्यसरी ढलेका बेला... पूर्ण रूपमा बेहोस हुन दिनुहुँदैन भन्ने हामीलाई थाहा थियो र ठूलो स्वरमा बोलाउँदा कता. कता.. उसले सुनिरहेको हुन्छ भन्ने थाहा थियो..त्यसैले हामीले बोलायौं,’ खेलाडीसँग कुरा गर्दै यानिकले भने, ‘अनि मुख बन्द हुन दियो भने जिब्रो पछाडि पल्टिन सक्थ्यो, त्यसैले हामीले मुखमा औंला कोचेका थियौं ।’

मैदानमा भएका अरू खेलाडीहरू अलमलमा परेर रोइरहेका बेला यी दुई खेलाडी औंलामा मनीषले बेहोसीमै टोकेको पीडा सहेर उल्टै औंला थप भित्र कोच्दै उनलाई होसमा ल्याउन दुई क्यामरुनी खेलाडीले गरेको प्रयास असामान्य थियो । साक्षात भगवान प्रकट भएजस्तै ।

‘हामीले अफ्रिकामा यस्ता घटना दिनहुँजसो देखिरहेका हुन्थ्यौं,’ मोसा भन्छन्, ‘त्यसैले हामी आत्तिएका थिएनौं, तर मनीषको मुख खोल्न र उसलाई पूर्ण बेहोस हुनबाट बचाउन एकदमै आतुर थियौं । हामी कुनै पनि हालतमा उसलाई होसमा ल्याउने प्रयासमा थियौं...।’

बेहोस भएर ढलेका मनीषले बेहोसीमै मोसा र यानिकका औंला टोकिरहेका थिए । मुख बन्द गर्न कुनै पनि कसर बाँकी राखेका थिएनन् । तर, त्यो सहज पटक्कै थिएन ।

मनीषलाई एक हिसाबले पुनर्जीवन दिनमा महत्त्वपूर्ण भूमिका खेलेका यी दुई क्यामरुनी खेलाडीले एउटै स्वरमा भने, ‘त्यस्तो अवस्थामा के गर्ने भन्ने सबैले जान्नुपर्छ, विशेष गरी फुटबलरले त यसबारे अझै धेरै जानेको हुनुपर्छ ।’

‘एकदमै गाह्रो थियो.. त्यसमा पनि कसैले औंला टोकिरहेको बेला सहेर त्यसलाई निरन्तरता दिनु एकदमै कठिन हुन्छ,’ मोसा भन्छन्, ‘मैले अत्यन्तै पीडा भएर औंला परिवर्तन गर्न लागेको थिएँ, त्यसै बेला यानिकले मलाई भने– औंला नहल्लाउ.. मनीषलाई जीवित राख्न हामीले औंला हल्लाउनु हुँदैन ।’

मनीषलाई एक हिसाबले पुनर्जीवन दिनमा महत्त्वपूर्ण भूमिका खेलेका यी दुई क्यामरुनी खेलाडीले एउटै स्वरमा भने, ‘त्यस्तो अवस्थामा के गर्ने भन्ने सबैले जान्नुपर्छ, विशेष गरी फुटबलरले त यसबारे अझै धेरै जानेको हुनुपर्छ ।’

कुनै कुरा सिक्नु र त्यसलाई व्यवहारमा लागू गर्नुमा फरक हुन्छ । त्यसमा पनि कसैको मुखमा औंला कोच्न सहज हुँदैन । अझ बेहोस भएको मानिसले अररो भएर टोक्दा औंला नै छिन्ने सम्भावना हुन्छ । तर यानिक र अबागानाले आफ्नो आंैलाको ख्याल गरेनन्, मनीषको ज्यान जोगाउन औंला नै गुमाउनु परे पनि त्यसका लागि आफूलाई तयार गरेका थिए ।

‘यो सजिलो हुँदैन.. त्यसैले रहरमा यो गर्न गाह्रो हुन्छ, तर बाध्यतामा धेरै असम्भव मानिएका कुरा पनि सम्भव हुन्छ भने कसैको जीवन बचाउने कुरामा त अवश्य सकिन्छ,’ मोसा भन्छन्, ‘यदि औंला कोचिरहन सकेनौं भने पनि मुख खोलर मोबाइल कोचिदिने हो भने पनि मुख बन्द हुँदैन र जिब्रो पल्टिएर जाने सम्भावना एकदमै कम हुन्छ ।’

तर, मनीष ढलेका बेला मोबाइल खोज्ने समय थिएन । सबै नेपाली खेलाडीहरू रोइरहेका थिए । उनीहरू केही गर्न जानेका थिए भने त्यो पार्थना थियो र उनीहरू त्यही गरिरहेका थिए ।

‘त्यसरी बेहोस भएर ढलेका बेला रुनु राम्रो हुँदैन, कहीँकतै सुनिरहेको छ भने.. उसले झनै आत्मविश्वास गुमाउँछ,’ यानिक भन्छन्, ‘कोही मर्न लागेको छ भने रोएर त ठीक हुँदैन नि ? उसलाई जसरी पनि होसमा ल्याउन कोसिस गर्नुपर्छ ।’

करिब १० मिनेटको प्राथमिक उपचारपछि मनीषलाई त्रिपुरेश्वरकै ब्लु क्रस अस्पतालमा लगिएको थियो । र, त्यहाँ पुग्नेबित्तिकै उनी खतरामुक्त घोषित भएका थिए । नेपाली फुटबलको ‘होम’ दशरथ रंगशालामा ठूलो दुर्घटना हुनबाट बचाएका यी दुई खेलाडी मनीषलाई सम्झिँदै भन्छन्, ‘मनीष तिमी कति बलिया छौं भन्ने मुख बन्द गर्न खर्चिएको बलबाट पनि थाहा हुन्छ । आशा छ तिमी चाँडै ठीक हुनेछौं र मैदानमा फेरि भेट हुनेछ ।’

‘मनीषलाई बुधबार रंगशालामा देखेपछि एकदमै खुसी लाग्यो,’ मोसा भन्छन्, ‘मैदानमा उसलाई फेरि भेट्न आतुर छौं ।’