माघ ४, २०८१ शुक्रबार | १६:१२:४३
हालान्ड २०३४ सम्म सिटीमै रहने खुमलटारविरुद्ध एपिएफ विजयी सुदूरपश्चिमको विजयी यात्रा जारी टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने अल्कारेज चौथो चरणमा चर्च ब्वाइजको सहज जित अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा सरस्वती क्लबले थाल्यो ‘बी’ डिभिजन लिगको तयारी हालान्ड २०३४ सम्म सिटीमै रहने खुमलटारविरुद्ध एपिएफ विजयी सुदूरपश्चिमको विजयी यात्रा जारी टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने अल्कारेज चौथो चरणमा चर्च ब्वाइजको सहज जित अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा सरस्वती क्लबले थाल्यो ‘बी’ डिभिजन लिगको तयारी
शनिबारको दिन आहा रारा गोल्डकप

आहा–रारा गोल्डकप: फाइनलमा अग्रताको अर्थ ‘उपाधि’

काठमाडौं । आहा–रारा गोल्डकप फुटबलको यसपालि ०७८ को २० औं संस्करण कसले जित्ने छ त ? यसको एउटा सजिलो जवाफ हुनेछ, फाइनलमा जुन टिमले पहिला गोल गर्नेछ, त्यही टिमले जित्ने छ ।

प्रतियोगिताको इतिहास यस्तै छ । त्यसैले त्यसमै टिकेर कम्तीमा यस्तो दाबी गर्न सकिन्छ । तर, यसैलाई लिएर केही अपवाद पनि छन् । जस्तो पोहार साल संकटा क्लबले उपाधि जित्दा उसका विरुद्ध अफ्रिकन रुट्सले पहिलो अग्रता लिएको थियो । यस्तै वर्ष ०७५ मा थ्रीस्टारले जित्दा पनि त्रिभुवन आर्मीले सुरुमा अग्रता लिएको थियो ।

यस्तो अपवाद नहुँदो हो त फुटबल आफैंमा कहाँ रोमाञ्चक रहने थियो र ? खासमा वर्ष ०७५ र ०७७ मा अपवाद रहेका छन् । नत्र, फाइनलमा त्यही टिमले जितेको छ, जसले पहिलो गोल गरेको छ । आहा–रारा गोल्डकपको यो एउटा ठूलो विशेषता हो । यो प्रतियोगिताको फाइनलमा अर्को एउटा ठूलो विशेषता पनि छ । यो हो फाइनलमा तीन टिमको लगातार वर्चस्व । खासमा आहा–रारा गोल्डकप भन्नु नै तीन टिमको सफलता र वर्चस्वको कथा हो ।

नेपाल पुलिस र मनाङ मस्र्याङ्दीले पोखरामा कीर्तिमान ६–६ पटक उपाधि जितेको छ । यस्तै थ्रीस्टारले पाँच पटक । त्यस अर्थमा अधिकांश समय यिनै टिमले पालैपालो जस्तो गरेर उपाधि जितेका छन् । यी टिमले यसरी उपाधि मात्र जितेका छैनन्, फाइनल प्रवेशको उपलब्धि पनि निरन्तर हात पारेका छन् । वर्ष ०७७ को फाइनल आफंैमा ऐतिहासिक थियो । किनभने यसमा यी तीन टिममध्ये कुनै पनि त्यसमा थिएन । थिए त संकटा र अफ्रिकन रुट्स ।

यो नै एक वर्ष हो, जसको फाइनलमा पुलिस, मनाङ र थ्रीस्टार कुनै पनि थिएन । थ्रीस्टार त फाइनलमा एकैपल्ट मात्र पराजित छ । मनाङको नाममा त पाँचपल्ट फाइनलमा पराजित भएको इतिहास छ । पुलिस पनि के कम र ? यो टिम चारपल्ट फाइनलमा पराजित भएको छ । सायद यी सबैबीच अभाग्यशाली टिम भनेकै आर्मी रहेको छ । आर्मीले पोखरामा चारपल्ट फाइनल खेलेको छ । चारैपल्ट हार बेहोरेको छ । एक–एक पटक उपाधि जित्ने टिम तीन छन्, अफ्रिकन युनाइटेड, आयोजक सहारा र संकटा क्लब ।

सहाराले दुईपल्ट उपविजेतामा चित्त बुझाएको छ भने फ्रेन्ड्स, एपीएफ, जावलाखेल र अफ्रिकन युनाइटेडले एक–एक पटक यही उपलब्धिमा रमाउनुपरेको छ । पुलिस र मनाङ त्यस्ता दुई टिम हुन्, जसले उपाधि जितेको अर्को वर्ष त्यसको रक्षा पनि गरेको छ । थ्रीस्टारले भने यस्तो गर्न सकेको छैन । पुलिसले वर्ष ०५८ मा उपाधि जितेर त्यसलाई ०५९ मा पनि दोहो¥याएको थियो । मनाङले लगातार ०६० र ०६१ मा उपाधि जित्यो । पुलिसले वर्ष ०६४ देखि ०६६ सम्म लगातार तीनपल्ट उपाधि जितेर गजब नै गरेको थियो । पुलिस र मनाङले लगातार उपाधि जित्ने उपलब्धि थप एक–एक पटक दोहो¥याएको छ । फाइनल चारपल्ट टाइब्रेकरमा गएको छ । सबैभन्दा पहिले वर्ष ०६४ मा टाइब्रेकर भएको थियो, जसमा थ्रीस्टारले मनाङलाई हराएको थियो । पछिल्ला तीन वर्ष भने फाइनलमा लगातार टाइब्रेकर भएको छ । वर्ष ०७५ मा थ्रीस्टारले आर्मी र वर्ष ०७६ मा मनाङले पुलिसलाई टाइब्रेकरमा हराएको थियो । अनि वर्ष ०७७ मा त संकटा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट्समाथि हाबी रह्यो ।

अहिलेसम्मका विजेता

वर्षटिम
०५८पुलिस
०५९पुलिस
०६०मनाङ
०६१मनाङ
०६२अफ्रिकन युनाइटेड
०६३थ्रीस्टार
०६४पुलिस
०६५पुलिस
०६६पुलिस
०६७थ्रीस्टार
०६८मनाङ
०६९थ्रीस्टार
०७०सहारा
०७१थ्रीस्टार
०७२मनाङ
०७३मनाङ
०७४पुलिस
०७५थ्रीस्टार
०७६मनाङ
०७७संकटा
०७८?