मंसिर ५, २०८२ शुक्रबार | ०२:५७:३३
‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने
शनिबारको दिन बार्सिलोना

ट्रेबल उपाधिसामु पुग्दै बार्सिलोना

काठमाडौं । जाभी हर्नान्डेजपछि ह्यान्सी फ्लिकले के जिम्मेवारी लिएका थिए स्पेनिस महारथी बार्सिलोनाले स्वाभाविक लय समातेको छ । युवा र अनुभवी खेलाडीको समिश्रणले बार्सिलोना फेरि एकपटक ‘ट्रेबल उपाधि’ नजिक छ । ६० वर्षीय जर्मन प्रशिक्षकको आगमनसँगै बार्सिलोनाले आफ्नो स्वरुप नै बदलेको हो ।

बार्सिलोना सन् २०१५ पछि युरोपियन च्याम्पियन्स लिग फुटबल फाइनलको संघारमा छ । ला लिगाको उपाधि नजिक छ । त्यस्तै, कोपा डेल रेको उपाधि उचालिसकेको छ । गत साता बार्सिलोनाले अर्काे महारथी रियाल मड्रिडलाई अतिरिक्त समयमा ३-२ ले हराएर कोपा डेल रे उपाधि उचालेको हो । साउदी अरेबियामा भएको सुपर कोपा प्रतियोगितामा पनि रियाललाई नै हराएर बार्सिलोना च्याम्पियन बनेको थियो । जनवरी १२ मा भएको फाइनलमा बार्सिलोनाले ५-२ को जित निकालेको हो ।

 बार्सिलोना सन् २०१५ पछि च्याम्पियन्स लिग जित्ने योजनामा छ । पछिल्लो एक दशक टोलीले  फाइनलमा स्थान बनाउन सकेन ।

अब, ला लिगामा रियाललाई नै पछि पार्दै बार्सिलोना उपाधि जित्ने छाँटकाँटमा छ । ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले ३३ खेलबाट ७६ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियालभन्दा ४ अंकले माथि हो । यदि बाँकी पाँचमध्ये चार खेलमात्रै जिते पनि बार्सिलोना २८औं पटक ला लिगा च्याम्पियन बन्नेछ ।

कोपा डेल रे च्याम्पियन बार्सिलोना । 

यता, बार्सिलोना सन् २०१५ पछि च्याम्पियन्स लिग जित्ने योजनामा छ । पछिल्लो एक दशक टोलीले  फाइनलमा स्थान बनाउन सकेन ।

लियोनल मेसी, नेयमार, लुइस स्वारेज जस्ता खेलाडी बार्सिलोनाबाट अलग भएपछि टोली एकाएक कमजोर भयो । करिब आधा दशक टोली आर्थिक मन्दीका कारण माथि उठ्नै सकेन । अध्यक्षमा जोन लापोर्ट आएपछि बार्सिलोना स्वाभाविक लयमा देखिएको छ ।

यदि सान सिएरोमा हुने दोस्रो लेग र जर्मनीको म्युनिखमा हुने फाइनलमा विजयी भए टोलीले छैटौं पटक युरोपियन च्याम्पियन्स लिग जित्नेछ ।

लामिन यमल, पेड्री, ड्यानी ओल्मो, पाउल कुबार्सी, राफिन्हाजस्ता युवा खेलाडी र अनुभवी रोबर्ट लेवान्डोवस्कीसम्मिलित बार्सिलोना यो सिजन निकै लयमा देखिन्छ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालियन महारथी इन्टर मिलानविरुद्ध पहिलो लेगमा ३-३ को बराबरी खेल्यो । लगातार घरेलु मैदानमा पछि पर्नाको बाबजुद पनि टोलीले कमब्याक गरेको हो ।

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा प्रतिस्पर्धा गर्दै बार्सिलोना र इन्टर मिलान (सेतो जर्सी) । 

तर, सान सिएरोमा हुने दोस्रो लेगमा भने टोलीले पुनः आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ । ‘हामीले पहिलो लेगमा जुन खेल खेल्यौं त्यो निकै राम्रो हो । त्यसले दोस्रो लेगका लागि फाइदा पुर्याउँछ,’ फ्लिक भन्छन्, ‘युवा खेलाडीले जुन प्रदर्शन गरेका छन् । त्यसले फाइनल पुर्याउन मद्दत गर्नेछ ।’

यदि सान सिएरोमा हुने दोस्रो लेग र जर्मनीको म्युनिखमा हुने फाइनलमा विजयी भए टोलीले छैटौं पटक युरोपियन च्याम्पियन्स लिग जित्नेछ । बार्सिलोनाअघि रियाल मड्रिडले १५ तथा इन्टर मिलानले सात पटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन् । यदि बार्सिलोना फाइनल जित्छ भने इङ्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिखसँगै छैटौं पटक च्याम्पियन्स लिगको च्याम्पियन बन्नेछ ।

कोपा डेल रे फाइनलमा रियाल मड्रिडविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै बार्सिलोनाका खेलाडी ।