फाल्गुन १६, २०८२ शनिबार | १९:०३:४१
काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगमा फेरि त्रिकोणात्मक होड

काठमाडौं । इङ्लिस फुटबलको नयाँ सिजन पनि सुरु भइसकेको छ । इङ्लिस प्रिमियर लिगको पहिलो खेल हिजो राति थियो । त्यस अगाडि सिजन सुरु हुँदै छ भनेर जनाउ दिने खेल पनि भइसकेको छ । त्यो भनेको कम्युनिटी सिल्ड हो ।

यसमा लिगका साविक विजेता म्यानचेस्टर सिटीले एफए कप विजेता म्यानचेस्टर युनाइटेडलाई हराएको थियो । हार-जितको टुंगो टाइब्रेकरमा भएको थियो । गत सिजनको अन्तिम खेलमा युनाइटेडले सिटीलाई नै हराएको थियो । यसक्रममा युनाइटेडले एफए कप जितेको थियो ।यो त भयो, पृष्ठभूमि । भयो के भन्दा सिजनको पहिलो उपाधि सिटीकै नाममा गइसकेको छ । भलै, यसको ठूलो महत्त्व छैन । सिटीसामु यसपल्ट ऐतिहासिक अवसर छ, लगातार पाँचौंपल्ट लिग जित्ने ।

आर्सनलले सिटीलाई गाह्रै पार्ने विश्वास छ । मिखेल आर्टेटाको नेतृत्वमा आर्सनलले यसपल्ट लिगमा अपेक्षाभन्दा राम्रो गर्ने अनुमान लगाउनेहरू छन् ।

अहिले नै सिटी लगातार चारपल्टको डिफेन्डिङ च्याम्पियन हो । यस्तो प्रदर्शन यसअघि इङलिस फुटबलमा कहिल्यै भएको थिएन । सिटी सन् २०२०/२१ को सिजनयता लगातार विजेता छ । यो आफैंमा असाधारण प्रदर्शन हो ।

एउटा तथ्य निश्चित छ, यसपल्ट पनि उपाधिका लागि त्रिकोणात्मक होड नै चल्नेछ । त्यसमा सिटी त हुने भयो । टोलीलाई टक्कर दिने दुई टिम हुनेछन्, आर्सनल र लिभरपुल । यसबीच एउटा अर्को तथ्य निश्चित छ, यो त्रिकोणात्मक होडमा सिटी नै बलियो छ ।

पेप ग्वार्डिओलाको नेतृत्वमा सिटी फेरि एकपल्ट उत्तिकै बलियो देखिन्छ । लिग अगाडि बढ्ने क्रममा सिटीका केही न केही कमजोरी बाहिर आउने छन् । तर, अन्त्यमा फेरि जित्ने उसले नै हो ।

तर आर्सनलले सिटीलाई गाह्रै पार्ने विश्वास छ । मिखेल आर्टेटाको नेतृत्वमा आर्सनलले यसपल्ट लिगमा अपेक्षाभन्दा राम्रो गर्ने अनुमान लगाउनेहरू छन् ।

यसपल्ट पनि सम्भवतः सिटी, आर्सनल र लिभरपुल नै शीर्ष तीनमा रहनेछन् । खाली प्रश्न हो, को अगाडि पछाडि रहने छन् भन्ने मात्रै । 

आर्सनलको विशेषता सिटीको ठीक उल्टो छ, निर्णायक मोडमा चिप्लिने । पछिल्ला केही सिजन त्यस्तै भएको थियो, आर्सनलले लिग जित्नै लागेको देखिन्थ्यो, तर जित्यो सिटीले । आर्सनल समर्थकका लागि यी सबै हृदयविदारक रहनेछ ।

सिटीलाई टक्कर दिन सम्भवतः लिभरपुल पनि सक्षम छ । तर, लिभरपुलले यसपल्ट लामो समयपछि प्रशिक्षक योर्गन क्लोपविना खेल्दै छ । गत सिजन क्लोपले साध्यै थाकियो भनेर क्लब छाड्ने निर्णय गरेका थिए ।

उनको स्थान आर्ने स्लटले लिएका छन् । यी डच प्रशिक्षक माहिर रणनीतिकार मानिन्छ । के थाहा, उनले डेब्यु सिजनमै कमाल गर्ने हो कि ? प्रिमियर लिगको एउटा ठूलै विशेषता भनेको शीर्ष चार स्थानको होड नै हो ।

यसपल्ट पनि सम्भवतः सिटी, आर्सनल र लिभरपुल नै शीर्ष तीनमा रहनेछन् । खाली प्रश्न हो, को अगाडि पछाडि रहने छन् भन्ने मात्रै । यस्तोमा चौथो टिम को हुन त ? यसका लागि तीन टिम बलिया प्रत्याशी म्यानचेस्टर युनाइटेड, टोटनहम र न्युकासल युनाइटेड छन् ।

सायद एस्टन भिल्ला र चेल्सीको पनि कुनै न कुनै सम्भावना होला । तर, बलियो अझै पनि युनाइटेड हुनसक्छ, किनभने यो सिजनका लागि टोलीले नयाँ खेलाडीमा पर्याप्त खर्च गरिसकेको छ ।

प्रिमियर लिगको सबैभन्दा ठूलो विशेषता भनेकै सबै उत्तिकै देखिनु हो । खास दिन खास टिमले कसैलाई पनि हराउन सक्छ । त्यो अर्थमा सिटीको लगातार वर्चस्व धेरैलाई निको नलाग्न सक्छ । फुटबल पारखीले चाहने त त्यही हो, लिगमा चर्को प्रतिस्पर्धा नै होस । सिटीको वर्चस्व तोडिन्छ भने त्यो इङलिस फुटबलकै लागि फाइदा हो । चाहे आर्सनलले जितोस, चाहे लिभरपुलले ।