कार्तिक २, २०८१ शुक्रबार | १०:००:१४
पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त
शनिबारको दिन इङ्ल्यान्ड

साउथगेटको भूमिकामा को आउला ?

काठमाडौं । आठ वर्ष, १०२ अन्तर्राष्ट्रिय खेल, ४५ जित, १३ बराबरी, १२ हार, गोल खाएको ५५ र गरेको २५ । इङ्ल्यान्ड फुटबल टोलीको प्रशिक्षकका रूपमा गारेथ साउथगेटको तथ्यांक यस्तै छ ।

अब साउथगेट इङ्ल्यान्ड टोलीको जिम्मेवारीबाट बिदा भइसकेका छन् । आइतबार राति युइएफए युरोपियन च्याम्पियनसिपको फाइनलमा स्पेनसँग हार सामना गरेपछि साउथगेट जिम्मेवारीबाट टाढिने निर्णयमा पुगेका थिए ।

इङ्ल्यान्डको प्रशिक्षक बन्नु त्यति सहज काम होइन । मैदानभित्रको द्वन्द्वसँगै उसले मैदानबाहिर पनि उत्तिकै संघर्ष गर्नुपर्छ ।

त्यसो त विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई इङ्लिस एफएले दुई वर्षपछि अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ सम्म जिम्मेवारीमा राख्न चाहेको थियो । तर, युरो फाइनलको दुई दिनपछि नै साउथगेटले आफू प्रशिक्षकबाट हटेको निर्णय सुनाए ।

साउथगेटले आठ वर्षको अन्तरालमा चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डको नेतृत्व गरे । आफ्नो पहिलो विश्वकप अनुभवमा उनले इङ्ल्यान्डलाई रुस विश्वकप २०१८ को सेमिफाइनलसम्म पुर्याए । त्यसपछि युरो २०२० मा टोली फाइनलसम्म पुग्यो । कतार विश्वकप २०२२ मा भने इङ्ल्यान्डको यात्रा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन ।

इङ्ल्यान्डमा अहिले डेविड बेकहम, स्टेभेन जेरार्ड पुस्तापछिको अर्को सुनौलो पुस्ता छ । जसका कारण साउथगेट विवादमा तानिइरहे । विश्वस्तरीय खेलाडीको बाहुल्य हुनाका बावजुद टोलीलाई उपाधि जिताउन नसक्दा उनी सधैं आलोचनाको सिकार बनिरहे । आगामी दिनहरूमा पनि गाली गर्ने जमात हराउने छैन । तर, तत्कालका लागि उनले गह्रौं भारी बिसाएका छन् ।

उनको स्थान कस्ले लेला ?

इङ्ल्यान्डको प्रशिक्षक बन्नु त्यति सहज काम होइन । मैदानभित्रको द्वन्द्वसँगै उसले मैदानबाहिर पनि उत्तिकै संघर्ष गर्नुपर्छ । तर, इङ्ल्यान्ड जस्तो टोलीको प्रशिक्षक बन्नु एक हिसाबले एउटा ठूलो अवसर पनि हो । यो यस्तो अवसर हो कि स्तरीय खेलाडीको नेतृत्व गरेर एउटा मीठो परिणाम ल्याउने र उपाधि खडेरीमा पूर्णविराम लगाउने ।

साँचो अर्थमा चुनौती र अवसर दुवै उत्तिकै सामना गर्नुका साथै मज्जा लिन पाउने यो जिम्मेवारीका लागि को चुनिएला ?

आगामी विश्वकपका लागि इङ्ल्यान्ड एफएको रोजाइमा पर्न सक्ने केही नयाँ नाम यसरी सूचीकृत गर्न सकिएला :

एडी हाउइङ्लिस क्लब न्युकासल युनाइटेडका वर्तमान प्रशिक्षक एडी हाउ इङ्ल्यान्डका सम्भावित मुख्य प्रशिक्षक हुन् भनेर हल्ला चलेको यो पहिलो पटक होइन । उनी न्युकासलअघि अर्को घरेलु क्लब बर्नमाउथको प्रशिक्षक थिए । आठ वर्ष बर्नमाउथ सम्हालेका हाउले पछिल्ला सिजनहरूमा निकै प्रभाव छाडे । त्यतिबेला उनी विकल्पका रूपमा रहेका थिए ।

बर्नमाउथमा पछिल्ला केही सिजन प्रभावशाली तरिकाले बिताएपछि उनी न्युक्यासल पुगे । दोस्रो सिजनमै क्लबले २१ वर्षपछि युइएफए च्याम्पियन्स लिगमा स्थान बनायो । यद्यपि आगामी सिजन भने न्युकासलले युरोपियन प्रतियोगिता खेल्ने छैन । ४६ वर्षीय हाउ र न्युकासलबीच २०२७ सम्म सम्झौता रहेको बुझिएको छ । तर, इङ्ल्यान्डको प्रस्ताव आए उनले यसबारे एकपटक भने अवश्य सोच्नेछन् ।

पेप ग्वार्डिओलाम्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला विश्व फुटबलकै शीर्ष प्रशिक्षक हुन् । ग्वार्डिओलाको पनि विगतका दिनमा इङ्ल्यान्डको भावी प्रशिक्षक भनेर चर्चा नभएको होइन ।

साउथगेटपछि ग्वार्डिओलाले इङ्ल्यान्डको पद सम्हाले इङ्लिस समर्थक एकदमै खुसी हुनेछन् । ग्वार्डिओलाले क्लब फुटबलमा जित्न बाँकी केही पनि छैन । विश्वस्तरीय क्लब बार्सिलोना र बार्यन म्युनिखका पूर्व प्रशिक्षक ग्वार्डिओलाको सिटीसँग सम्झौता २०२५ सम्म छ ।

त्यो भनेको अब उनको सम्झौता एक सिजनपछि सकिँदै छ । त्यसपछि के त ? ग्वार्डिओलालाई पर्याप्त रकम खर्चन सक्ने हो भने इङ्ल्यान्डले एक च्याम्पियन प्रशिक्षक प्राप्त गर्नेछ ।

योर्गन क्लोपइङ्ल्यान्डको मुख्य प्रशिक्षकको जिम्मेवारीका लागि अर्को ठूलो नाम हो योर्गन क्लोप । विदेशी मूलका प्रशिक्षकलाई इङ्लिस एफएले प्राथमिकतामा राख्ने हो भने ग्वार्डिओलापछि क्लोप अर्को राम्रो विकल्प हुनसक्छ ।

तर, लिभरपुलका पूर्वप्रशिक्षक तत्कालका लागि जिम्मेवारी लिने मनसायमा हुने छैनन् । क्लोपले गएको सिजन मात्र लिभरपुल छाडेका थिए । उनले आफूभन्दा बढी माया दिएको प्यारो क्लब लिभरपुल छाड्नुको एउटै कारण थियो, ऊर्जा कम हुँदै जानु । उनले लिभरपुल छाड्दै गर्दा भनेका थिए, ‘म थाकिसकें । फुटबलप्रति मेरो ऊर्जा कम हुँदै गएको छ । म केही वर्ष आराम गर्न चाहन्छु ।’

यस्तोमा क्लोपलाई पाउने हो भने इङ्ल्यान्डले केही वर्ष प्रतीक्षा गर्नुपर्नेछ । फेरि क्लोपको मनमा के छ त्यो कुराले पनि फरक पार्छ । उनी जर्मन मूलका प्रशिक्षक हुन् । जर्मन राष्ट्रिय फुटबल टोलीले पनि उनलाई भावी प्रशिक्षकका रूपमा हेरेको हुनुपर्छ ।

माउरिसियो पोचेटिनोमाउरिसियो पोचेटिनो, विदेशी मूलका अर्को हाइप्रोफाइल नाम । टोटनहम, पिएसजी र चेल्सीका पूर्व प्रशिक्षक पोचेटिनो म्यानचेस्टर युनाइटेड जाने निकै चर्चा चलेको थियो । तर, युनाइटेडले अन्त्यमा प्रशिक्षक एरिक टेन हागको सम्झौता नवीकरण गरायो ।

पोचेटिनोलाई साउथगेटको उत्तराधिकारीका रूपमा हेर्न थालिएको छ । पोचेटिनो लन्डनमा बस्छन् । इङ्लिस फुटबलमा काम गर्ने प्यासनले उनलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गर्न सक्छ । गत मे महिनामा उनले आपसी समझदारीमा चेल्सी छाडेका थिए । विभिन्न सञ्चारमाध्यमका अनुसार उनी फुटबलबाट ब्रेक लिने मुडमा छैनन् ।

ग्राहम पोर्टरब्राइटनका पूर्व प्रशिक्षक ग्राहम पोर्टर इङ्ल्यान्ड प्रशिक्षक बन्नसक्ने अर्को प्रवल नाम हो । ब्राइटनमा तीन वर्ष बिताएका पोर्टरले आफ्नो प्रदर्शनबाट सबैलाई प्रभावित गरेका थिए । सोही कारण उनीमाथि चेल्सीले गाढा नजर लगाएको थियो । यद्यपि चेल्सीमा उनले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन्, उनी अहिले पनि इङ्लिस फुटबलका सबैभन्दा धेरै इज्जत पाउने प्रशिक्षकमा पर्छन् ।

पोर्टरमाथि एउटा प्रमुख प्रश्न भने उठ्छ । के उनी क्लब करिअरलाई छाडेर राष्ट्रिय टोली सम्हाल्ने यात्राका लागि तयार छन् त ? किनभने उनले केही समयअघि मात्र स्विडेनको प्रस्ताव अस्वीकार गरेका थिए ।

तर, इङ्ल्यान्ड यस्तो ठूलो अवसर हो कि कुनै पनि प्रशिक्षकले त्यसलाई अस्वीकार गर्न चाहँदैनन् । पोर्टरले भर्खरै मात्र लेस्टर सिटीको प्रस्ताव पनि अस्वीकार गरेका थिए । बुझिएको छ कि उनले इङ्ल्यान्डको जिम्मेवारीमा एक नजर लगाइसकेका छन् ।

थोमस टचेलजर्मन मूलका थोमस टचेलको नेतृत्वमा चेल्सीले २०२१ सिजनको च्याम्पियन्स लिग जितेको थियो । जर्मन महारथी बार्यन म्युनिखलाई गत सिजन कुनै पनि उपाधि दिलाउन नसक्दा नैतिक रूपमा राजीनामा दिएका टचेल अहिले कामविहीन छन् । उनले फ्रेन्च च्याम्पियन पिएसजी र अर्को जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि सम्हालिसकेका छन् ।

इङ्लिस फुटबललाई राम्ररी बुझेका टचेल इङ्ल्यान्ड नै फर्कन चाहेको बुझिएको छ । उनले इङ्लिस एफएसँग साउथगेटको उत्तराधिकारी बन्न चाहेको कुरा पनि राखिसकेको बताइएको छ । यसअघि उनी म्यानचेस्टर युनाइटेड जाने हल्ला चलेको थियो । तर, युनाइटेडले एफए कपको सफलतापछि टेन हागको सम्झौता नवीकरण गरेको थियो ।