लेभरकुसनको चमत्कारीमा बायर्न, डर्टमन्ड जिल्ल

काठमाडौं । युरोपियन फुटबलमा अहिल्यै एउटै कुराको गुणगान भइरहेको छ । त्यो हो बायर लेभरकुसनको । चर्चा एक्कासि भएको भने होइन । जर्मन क्लब लेभरकुसनले पछिल्लो ५/६ महिनायता सबैको ध्यान तानिरहेको थियो । अहिले शीर्ष डिभिजन बुन्डेसलिगाको पहिलो पटक ऐतिहासिक रुपमा उपाधि जितेपछि चर्चा थप चुलिएको हो । र, यो चर्चा केही समयसम्म चलिरहने छ ।

जर्मन क्लब फुटबल भन्नेबित्तिकै मुखमा आइहाल्ने नाम हो, बायर्न म्युनिख । त्यसपछि निस्किन्छ बोरुसिया डर्टमन्ड । तर, तत्कालका लागि भने अर्को एउटा नाम थपिएको छ, त्यो हो यही लेभरकुसन । यो क्लब जर्मन फुटबल पछ्याउने समर्थकका लागि नौलो नाम भने होइन ।

अलोन्सोले केही महिनाको अन्तरालमै क्लबलाई मनोवैज्ञानिक रूपमा बलियो बनाए । विस्तारै क्लबले हार के हो भनेर बिर्सिंदै गयो । हार्दै नहारेको भने होइन । अन्तिममा क्लबले छैटौं स्थानमा रहेर सिजन टुंग्याएको थियो ।

युरोपियन फुटबल र लेभरकुसनको सम्बन्ध पुरानो भइसक्यो । एउटा इतिहास, लेभरकुसनले सन् २००१/ ०२ मा युइएफए च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । जतिबेला टोलीले जिनेदिने जिदान, लुइस फिगो, राउलप्रेरित रियाल मड्रिडविरुद्ध हार सामना गरेको थियो ।

बेलायतको ग्लास्गोमा भएको उक्त फाइनल २२ वर्ष पुरानो भइसक्यो । यसबीच लेभरकुसनले कुनै पनि उपाधि जित्न सकेन । लेभरकुसन दुई पटक घरेलु कप, डिएफबी कप नजिक पुग्यो । तर, दुवैमा असफल रह्यो । क्लबले अन्तिम पटक १९८७/८८ मा युइएफए युरोपा लिगको उपाधि जितेको थियो ।

अहिले ३६ वर्षपछि लेभरकुसन उपाधिमा रमिरहेको छ । गत आइतबार घरेलु मैदानमा वेडर ब्रेमनलाई ५-० ले पराजित गरेपछि लेभरकुसनले ५ खेलअगाडि नै बुन्डेसलिगाको उपाधि जित्यो । जारी सिजन एक खेल पनि नहारेको लेभरकुसनले बायर्न म्युनिखको एकाधिकार तोडेको हो । बायर्नले पछिल्लो एघार वर्ष लगातार बुन्डेसलिगा जित्दै आएको थियो ।

धेरैका लागि लेभरकुसनको यो उपलब्धि आश्चर्यजनक रहन सक्छ । तर, स्वयं क्लबका लागि भने यो १६ महिने योजनाको प्रतिफल हो । अक्टोबर, २०२२ मा मुख्य प्रशिक्षक जाभी अलोन्सोले क्लबको जिम्मेवारी लिँदा क्लब दयनीय अवस्थाबाट गुज्रिइरहेको थियो । आठ खेल सकिँदा क्लब १७औं स्थानमा थियो, पुछारको टोलीभन्दा मात्र एक स्थान माथि ।

यसपालि लेभरकुसनमा भित्रिने खेलाडीहरू थिए, अनुभवी स्विस कप्तान ग्रानिट जाका, जर्मन अन्तर्राष्ट्रिय योनस हफम्यान, स्पेनिस रक्षक एलेहान्द्रो ग्रिमाल्डो र नाइजेरियन स्ट्राइकर भिक्टर बोनिफेस ।

अलोन्सोले केही महिनाको अन्तरालमै क्लबलाई मनोवैज्ञानिक रूपमा बलियो बनाए । विस्तारै क्लबले हार के हो भनेर बिर्सिंदै गयो । हार्दै नहारेको भने होइन । अन्तिममा क्लबले छैटौं स्थानमा रहेर सिजन टुंग्याएको थियो ।

अहिले भने क्लबले सॉच्चिकै हार के हो भनेर बिर्सेको छ । तर, यो सम्भव भयो कसरी ? २०२२ को अन्त्यमा अलोन्सोले आगामी सिजनको सफलताका लागि जग बसाले ।

त्यो त्यही समय थियो, जहाँ सबैको ध्यान कतारमा भइरहेको फिफा विश्वकपमा केन्द्रित थियो । अलोन्सो भने क्लबका अधिकारीहरूसँग बसेर क्लबको नक्सा कोर्दै थिए । आफ्नो क्षमताअनुसार खेल्न सक्ने खेलाडीहरू क्लबमा भित्र्याउन योजना बनाउँदै थिए ।

जुलाई २०२३ सम्म अलोन्सोको योजनाअनुसार लेभरकुसनले पूर्ण टोली तयार पार्‍यो । अन्य क्लबहरू अगस्टमा खेलाडी किनबेचको अन्तिम प्रक्रियामा दौडिरहँदा लेभरकुसन भने त्यतिबेला प्रि-सिजन प्रशिक्षणमा व्यस्त रह्यो ।

यसपालि लेभरकुसनमा भित्रिने खेलाडीहरू थिए, अनुभवी स्विस कप्तान ग्रानिट जाका, जर्मन अन्तर्राष्ट्रिय योनस हफम्यान, स्पेनिस रक्षक एलेहान्द्रो ग्रिमाल्डो र नाइजेरियन स्ट्राइकर भिक्टर बोनिफेस ।

फ्री ट्रान्सफरमा भित्रिएका रक्षक ग्रिमाल्डोले लिगमा मात्र ११ एसिस्ट प्रदान गर्दा ९ गोल गरिसकेका छन् । लेभरकुसनले पहिलो १२ खेलमा ११ खेल जित्दा स्ट्राइकर बोनिफेसले १० गोल गरिसके। जनवरीमा अन्तर्राष्ट्रिय ड्युटीका दौरान घाइते हुनुअघि उनले सात एसिस्ट पनि दिएका थिए ।

बोनिफेस घाइते भएसँगै विश्लेषकहरूले लेभरकुसनको भाग्यप्रति शंका उब्जाउन थालेका थिए । तर, बोनिफेसको अनुपस्थिति बावजुद क्लबले एक खेलबाहेक सबैमा जित हासिल गरेको थियो ।

क्लबको लोभलाग्दो प्रदर्शनमा २९ वर्षीय मिडफिल्डर रोबर्ट एन्ड्रिचको भूमिका पनि महत्त्वपूर्ण रह्यो । प्रभावशाली प्रदर्शनकै कारण एन्ड्रिचले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाए । फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका उनले नेदरल्यान्ड्सविरुद्ध पनि खेले । दुवैमा एन्ड्रिचले पहिलो रोजाइमै मौका पाए ।

उपाधि जित्न नसकेको पीडा लेभरकुसनभन्दा बढी कसलाई थाहा होला र ? एउटा उपाधिको मोल कति हुन्छ भन्ने लेभरकुसनलाई राम्ररी थाहा छ । त्यसैले लेभरकुसन अहिले प्राप्त सफलताको रमाइलोलाई ब्रेक लगाएर सिजनको बाँकी खेलमै केन्द्रित हुनेछ ।

अलोन्सोको टोलीको प्रमुख विशेषता भनेकै पुनरागमन क्षमता रह्यो । मार्चमा मात्र क्लबले दुई पटक दुई गोलले पछि रहेको स्थितिमा पनि जित हासिल गरेको थियो । अवसर थियो, युरोपा लिग अन्तिम १६ मा अजरबैजानको काराबागविरुद्धको दुई लेग । लेभरकुसन उक्त खेल समग्रमा ५-४ काे जित निकाल्न सफल भयो ।

मार्च ३० मा लेभरकुसनले अर्को रोमाञ्चक पुनरागमन विजय हासिल गरेको थियो । यसपालि टोलीले घरेलु लिगमा होफेनहाइममाथि २-१ को नाटकीय जित पाएको थियो ।

उपाधि जित्न नसकेको पीडा लेभरकुसनभन्दा बढी कसलाई थाहा होला र ? एउटा उपाधिको मोल कति हुन्छ भन्ने लेभरकुसनलाई राम्ररी थाहा छ । त्यसैले लेभरकुसन अहिले प्राप्त सफलताको रमाइलोलाई ब्रेक लगाएर सिजनको बाँकी खेलमै केन्द्रित हुनेछ ।

टोलीको अगाडि महत्त्वपूर्ण खेलहरू छन् । एउटा, एफसी काइजस्टर्लनविरुद्ध डिएफबी कपको फाइनल खेल अनि अर्को युरोपा लिगको सेमिफाइनल । सेमिफाइनल जिते फाइनल भिडन्त । लेभरकुसनले बिहीबार मात्रै इङ्लिस क्लब वेस्ट ह्याममाथि अन्तिम आठको को दोस्रो लेगमा १-१ को बराबरीमा रोकिए पनि सम्रगमा ३-१ को  जित निकालेको थियो ।