चैत्र ९, २०८२ सोमबार | २३:२१:५२
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट
शनिबारको दिन अफ्रिकी कप अफ नेसन्स

फुटबलीय नजर अफ्रिकी नेसन्स कपमा

काठमाडौं । विश्व फुटबलका दुई ठूला महाशक्ति युरोप र दक्षिण अमेरिका भए । त्यसपछि अफ्रिका वा एसियाकै नाम आउँछ । एसियाको सबैभन्दा ठूलो प्रतियोगिता कतारमा सुरु हुँदा त्यसकै अफ्रिकी समकक्षी प्रतियोगिता भने आइभोरी कोस्टमा सुरु हुँदै छ आज शनिबार ।

प्रतियोगिता रहेको छ प्रतिष्ठित अफ्रिकी कप अफ नेसन्स । यो प्रतियोगिता निश्चित र घोषित समयभन्दा पछि नै हुन लागेको हो । किनकि आइभोरी कोस्टको प्रतिकूल मौसम छल्नका लागि ।

युरोपका प्रमुख क्लबबाट खेल्ने प्रमुख खेलाडी पनि अफ्रिकाकै छन् । जस्तो कि लिभरपुलकै मोहमद सलाह । उनी इजिप्टका सबैभन्दा ठूला स्टार हुन् भने युरोपमा खेल्नेमध्ये अहिलेको पुस्ताका सबैभन्दा उम्दा खेलाडी ।

प्रतियोगिताको मूल कुरा भने यो होइन । प्रतियोगितामा जति टिम सहभागी छन्, त्यसमध्ये लगभग सबै टिमका प्रमुख खेलाडी खेल्ने भनेकै युरोपमा हो । त्यस अर्थमा प्रतियोगिता आफैंमा उच्च दर्जाको हुनेछ, त्यसमा कुनै शंका नगरे पनि हुन्छ ।

अझ युरोपका प्रमुख क्लबबाट खेल्ने प्रमुख खेलाडी पनि अफ्रिकाकै छन् । जस्तो कि लिभरपुलकै मोहमद सलाह । उनी इजिप्टका सबैभन्दा ठूला स्टार हुन् भने युरोपमा खेल्नेमध्ये अहिलेको पुस्ताका सबैभन्दा उम्दा खेलाडी ।

फेरि अफ्रिकी फुटबलकै पारम्परिक महाशक्ति देश हो इजिप्ट । इजिप्ट सन् २०२२ को संस्करणमा मात्रै उपविजेता रहेको थिएन । त्यसअघि सन् २०१७ मा पनि यो टिम फाइनलमा पराजित भएको थियो । त्यतिबेला इजिप्ट क्यामरुनसँग पराजित भएको हो ।

सलाहले लिभरपुलका लागि युरोपमा धेरै जिते लिग कप, एफए कपदेखि इङ्लिस प्रिमियर लिग र युरोपेली च्याम्पियन्स लिगसम्म । उनी यसपल्ट त आफ्नो देशले अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितोस् भन्ने नै चाहन्छन् ।

सेनेगल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । यसका प्रमुख खेलाडी हुन्, साडियो माने । उनी केही वर्षअघिसम्म लिभरपुलका प्रमुख खेलाडी थिए । अचेल भने साउदी अरेबियाको प्रो–लिगमा खेल्छन् । त्यस संस्करणको फाइनलमा सेनेगलले इजिप्टलाई नै हराएको हो । यिनै दुई टिम यसपल्ट पनि प्रतियोगिताको उपाधिका लागि सबैभन्दा बलिया प्रत्याशी हुन् । आयोजक देशको रूपमा आइभोरी कोस्ट स्वयं पनि कम्तीको रहने छैन ।

सेनेगलका कप्तान साडियो माने के मान्छन् भने समूह चरणमा कोही पनि टिमलाई सजिलो हुँदैन । लगभग सबै समूह उत्तिकै कडा छ अनि तीव्र प्रतिस्पर्धा चल्नेछ । सेनेगल आफैंका लागि पनि समूह ‘सी’ वास्तवमै निकै कठिन हुनेछ ।

यो प्रतियोगितामा २४ टिमकै सहभागिता रहेको छ । तिनलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आइभोरी कोस्ट, नाइजेरिया, इकोटियर गुएया र गुएना बिसाउ छन् । समूह ‘बी’ मा छन् इजिप्ट, घाना, केप भार्डे र मोजाम्बिक, समूह ‘सी’ सेनेगल, क्यामरुन, गिनी र गाम्बिया, समूह ‘डी’ मा अल्जेरिया, बुर्किना फासो, मौरटानिया र एङ्गोला, समूह ‘ई’ मा ट्युनिसिया, माली, दक्षिण अफ्रिका र नामिबिया तथा समूह ‘जी’ मोरक्को, डीआर कंगो, जाम्बिया र तान्जानिया छन् ।

लिग चरण समाप्तिमा प्रत्येक समूहका शीर्ष दुई स्थानमा रहने टिमले अन्तिम १६ को चरण खेल्नेछ । त्यस बाहेक प्रत्येक समूहको तेस्रो स्थानमा आउनेमध्ये उच्च चार टिमले पनि नटआउट चरण खेल्नेछ ।

सेनेगलका कप्तान साडियो माने के मान्छन् भने समूह चरणमा कोही पनि टिमलाई सजिलो हुँदैन । लगभग सबै समूह उत्तिकै कडा छ अनि तीव्र प्रतिस्पर्धा चल्नेछ । सेनेगल आफैंका लागि पनि समूह ‘सी’ वास्तवमै निकै कठिन हुनेछ ।