कार्तिक २, २०८१ शुक्रबार | ०८:४१:१४
पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त बार्सिलोनाको प्रशिक्षणमा फर्किए ओल्मो पावर प्लेमा अमेरिकाले गुमायो तीन विकेट ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा माल्दिभ्स र श्रीलंकालाई गोलको खडेरी तोड्ने चुनौती अमेरिकालाई १६५ रनको लक्ष्य आयोजक नेपाललाई भुटानको चुनौती पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको ‘मेन्टर’ साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानलाई हरायो भारत र पाकिस्तानबीचको पहिलो हाफमा गोल वर्षा विम फिसेट स्वायटेकको नयाँ प्रशिक्षकमा नियुक्त बार्सिलोनाको प्रशिक्षणमा फर्किए ओल्मो
शनिबारको दिन विश्व फुटबल

विश्व फुटबलका ठूला खेलाडी यसपालि को कहाँ पुगे ?

काठमाडौं । नयाँ सिजन सुरु हुनलाग्दा यसपालि फुटबल ट्रान्सफर बजारमा समर्थकको ध्यान युरोपभन्दा पनि मध्यपूर्व एसियाली मुलुक साउदी अरेबियातर्फ बढी केन्द्रित रह्यो । कारण साउदी क्लबहरुले नयाँ सिजनका लागि विश्वका चर्चित खेलाडीसहित करिब ६० नयाँ खेलाडीलाई मोटो रकम तिरेर अनुबन्ध गरेका छन्। यी ६० नयाँ खेलाडीमा नेयमार, साडियो माने, करिम बेन्जिमा, एन्गोलो कान्टे, रियाद महारेजलगायतका छन् ।

साउदीले फुटबलमा लगानी गर्नुको एउटै कारण हो, विश्व फुटबलको पावर हाउस बन्ने । साउदी हाल फिफा वरीयताको ५४ औं स्थानमा छ । साउदीको अबको लक्ष्य भनेको शीर्ष १० मा पर्ने हो । त्यसैले त मोटो रकममा विश्वका स्टार खेलाडीहरू अनुबन्ध गरिरहेको छ । 

साउदीका क्लबहरूले यसपालिको समर ट्रान्सफरमा मात्र ४८० मिलियन डलरभन्दा बढी खर्च गरिसकेका छन् । यो रकम अझ बढ्नेवाला छ । खेलाडीहरू लोभिने क्रम जारी रहनेछ । यसपालि नभए अर्को पटक उनीहरू साउदी गन्तव्य बनाउन बाध्य हुने छन् ।

सम्झौता नवीकरण नगरेका अर्जेन्टिनी स्टार लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी पुगिसकेका छन् ।

साउदीबाहेक यसपालि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पनि आफूप्रति नजर हट्न दिएन । सम्झौता नवीकरण नगरेका अर्जेन्टिनी स्टार लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामी पुगिसकेका छन् । मुख्य खेलाडी २४ वर्षीय किलियन एमबाप्पे र क्लबबीचको आन्तरिक कलहले चर्चाको शिखर पार गरेको छ । क्लबसँग २०२४ सम्मको सम्झौतामा रहेका एमबाप्पे एक वर्षपछि खुला सरुवामा स्पेनिस महारथी रियाल मड्रिड जान चाहन्छन् । तर, क्लब यसको विरुद्धमा छ । क्लब कुनै रकमबिना एमबाप्पेलाई अर्को सिजन रियालमा पठाउन चाहँदैन ।

यही कलहबीच एमबाप्पेलाई सिनियर टोलीबाट हटाउने निर्णय पनि गरिएको थियो । एमबाप्पे क्लबसँग प्रि–सिजन टुरमा पनि सहाभागी भएनन् । सिजनको पहिलो खेलअघि भने पिएसजीले एकआपसको सम्झौताबीच एमबाप्पेलाई प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो । बजारी हल्लाअनुुसार एक वर्षपछि एक्जिट क्लज रहने गरेर एमबाप्पेले पिएसजीसँग नयाँ सम्झौता गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैले एमबाप्पेलाई सिनियर टोलीमा पुनः समावेश गराइएको हो । तर, एमबाप्पेको प्रतिबद्धताका बावजुद क्लब अनिश्चित छ ।

सन् २०१७ मा कीर्तिमानी रकममा पिएसजीमा अनुबन्ध भएका नेयमार ९० मिलियन पाउन्डमा साउदी क्लब अल हिलाल पुगिसकेका छन् । नेयमारले हिलालमा वार्षिक १२९ मिलियन पाउन्ड कमाउने छन् ।

एमबाप्पेपछि नेयमार । सन् २०१७ मा कीर्तिमानी रकममा पिएसजीमा अनुबन्ध भएका नेयमार ९० मिलियन पाउन्डमा साउदी क्लब अल हिलाल पुगिसकेका छन् । नेयमारले हिलालमा वार्षिक १२९ मिलियन पाउन्ड कमाउने छन् ।

यी त भए चर्चाका विषय । अब कुरा गरौं शीर्ष खेलाडी ट्रान्सफरको । यसपालि पनि केही चर्चित तथा स्टार खेलाडी मोटो रकममा नयाँ क्लबहरूमा अनुबन्ध भएका छन् । ती खेलाडी यस्ता छन्: 

नेयमार (पिएसजीबाट अल–हिलाल)अल हिलालले पिएसजीबाट नेयमारलाई ९० मिलियन पाउन्डमा भित्र्याएको हो । अल हिलाल र नेयमारबीच दुई वर्षको सम्झौता भएको छ । ब्राजिली घरेलु क्लब सान्तोसबाट आफ्नो व्यावसायिक जीवन सुरु गरेका नेयमार सन् २०१३ मा बार्सिलोना पुगेका थिए । बार्सिलोनामा नेयमारले चार सिजन बिताए । सन् २०१६ मा करियरकै एकमात्र युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी भित्रिएका नेयमारले पिएसजीका लागि १ सय ७७ खेलमा ११८ गोल गरेका छन् ।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी भित्रिएका नेयमारले पिएसजीका लागि १ सय ७७ खेलमा ११८ गोल गरेका छन् । नेयमार यो सिजन अल हिलाल भित्रिने चौथो खेलाडी हुन् । यसअघि अल हिलालले रुवेन नाभेस, कालिडोउ कौलीबाली र माल्कोमलाई अनुबन्ध गरेको थियो ।

ह्यारी केन (टोटेनहमबाट बायर्न म्युनिख)प्रिमियर लिग इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने होडमा रहेका ह्यारी केनले यसपालि नयाँ गन्तव्य रोजे । टोटेनहममा १३ वर्ष बिताएका केनले ४३५ खेल खेलेका छन् । उनले कुल २८० गोल गरे । प्रिमियर लिगमा मात्र २१३ गोल गरेका केन सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा रहेका एलान सिएररभन्दा मात्र ४७ गोल पछि थिए । तर, अहिले केन जर्मनी पुगे ।

केन बायर्न जानुको एउटै कारण हो उपाधि जित्नु । केनले टोटेनहम करियरमा कुनै पनि उपाधि जितेका थिएनन् । 

केनलाई बायर्नले ८६ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । केन बायर्न जानुको एउटै कारण हो उपाधि जित्नु । केनले टोटेनहम करियरमा कुनै पनि उपाधि जितेका थिएनन् । केन बायर्न गएसँगै कोरियन खेलाडी सन ह्युन मिनलाई कप्तानी जिम्मेवारी दिइएको छ ।

जुड बेलिङ्घम (बोरुसिया डर्टमन्डबाट रियाल मड्रिड)जुड बेलिङ्घमलाई इङ्ल्यान्डको भविष्यका रूपमा हेरिएको छ । जुलाई २०२० मा बर्मिङ्घमबाट बेलिङ्हम जर्मन क्लब बोरुसिया डर्टमन्ड पुगेका थिए । डर्टमन्डमा तीन सिजन बिताएका बेलिङ्घमले १३२ खेल खेले । भर्खरै २० वर्ष पुगेका मिडफिल्डर बेलिङ्घम आफ्नो खेल कौशलताले फुटबल समर्थकको मन जित्न सफल भइरहेका छन् ।

कतारमा गरेको प्रदर्शनले नै बेलिङ्घम युरोपका ठूला क्लबको नजरमा परेका थिए । अन्ततः रियालले बेलिङ्घमलाई यसपालि १०३ मिलियन पाउन्ड खर्चेर अनुबन्ध गरेको हो 

डिसेम्बरमा सम्पन्न कतार विश्वकपमा इङ्ल्यान्ड क्वाटरफाइनलबाटै बाहिरिएको थियो । तर, बेलिङ्हमको प्रदर्शन असाधारण रह्यो । कतारमा गरेको प्रदर्शनले नै बेलिङ्घम युरोपका ठूला क्लबको नजरमा परेका थिए । अन्ततः रियालले बेलिङ्घमलाई यसपालि १०३ मिलियन पाउन्ड खर्चेर अनुबन्ध गरेको हो । बेलिङ्घमले आफ्नो ला लिगा डेब्यूमै गोल पनि गरिसकेका छन् ।

डेक्लन राइस (वेस्ट ह्यामबाट आर्सनल)इङ्लिस मिडफिल्डर डेक्लन राइसलाई अनुबन्ध गर्न इङ्लिस क्लबद्वय आर्सनल र म्यानचेस्टर सिटीको होडबाजी नै चलेको थियो । अन्त्यमा १०० मिलियन पाउन्डमा राइस आर्सनलमा गएका छन् ।

डिफेन्सिभ मिडफिल्डमा अब्बल २४ वर्षीय राइसले वेस्ट ह्याममा ८ वर्ष बिताए । 

आफ्नो युथ करियर चेल्सीमा बिताएका राइस २०१४ मा वेस्ट ह्याम पुगेका थिए । त्यसको एक वर्षमै करियरको पहिलो व्यावसायिक सम्झौता गरे । २०१६–१७ सिजनको अन्तिम दिन राइसले सिनियर टोलीमा डेब्यू गरे । त्यतिबेला राइस मात्र १८ वर्षका थिए । त्यसपछि राइसले फर्केर हेर्नुपरेन । डिफेन्सिभ मिडफिल्डमा अब्बल २४ वर्षीय राइसले वेस्ट ह्याममा ८ वर्ष बिताए । २४५ खेल खेले । इङ्ल्यान्डबाट पनि ४३ खेल खेलिसकेका छन् । आफ्नो अन्तिम वर्षमा राइसले वेस्ट ह्यामबाट युइएफए कन्फ्रेन्स लिगको उपाधि जिते ।

मोइसेस काइसेडो (ब्राइटनबाट चेल्सी)मोइसेस काइसेडो अनुबन्धनमा दुई ठूला इङ्लिस क्लब चेल्सी र लिभरपुलको रस्साकस्सी नै चल्यो । इक्वेडरियन तथा ब्राइटन मिडफिल्डर काइसेडोलाई भित्र्याउन दुई क्लबले जति सक्थे त्यति दिए । अन्त्यमा जित चेल्सीको पक्षमा गयो । लिभरपुलले २१ वर्षे काइसेडोलाई भित्र्याउन के मात्र गरेन, १११ मिलियन पाउन्ड रकम तिर्न तयार रह्यो । तर, काइसेडोको मनमा चेल्सी थियो । त्यसैले चेल्सी रोजे । चेल्सीले पनि काइसेडोलाई भित्र्याउन ११५ मिलियन पाउन्ड खर्च गरेको हो । 

कतार विश्वकपपछि चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउन १०७ मिलियन पाउन्ड खर्चेको थियो ।

चेल्सीसँग काइसेडोले २०२७ मार्चसम्म सम्झौता गरेका छन् । मालिक टोड बोहेलीले चेल्सी किनेयता काइसेडो क्लब भित्रिने २२ औं नयाँ खेलाडी हुन् । सात महिनाको अन्तरालमा चेल्सीले दोस्रो पटक कीर्तिमानी रकम खर्चेको हो । कतार विश्वकपपछि चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउन १०७ मिलियन पाउन्ड खर्चेको थियो ।

लियोनल मेसी (पिएसजीबाट इन्टर मियामी)अहिले सामाजिक सञ्जाल अर्जेन्टिनी कप्तान लियोनल मेसीमय छ । अमेरिकन मेजर लिग सकर(एमएलएस)मा इन्टर मियामीको प्रतिनिधित्व गरिरहेका मेसीको जादूमय खेलले निरन्तरता पाइरहेको छ । मेसीले ६ खेलिसक्दा ९ गोल गरिसकेका छन् । 

सन् २०२१ मा स्पेनिस महारथी बार्सिलोनाबाट पिएसजी पुगेका मेसीले मियामीमा वार्षिक ५० देखि ६० मिलियन कमाउनेछन् । 

सन् २०२१ मा स्पेनिस महारथी बार्सिलोनाबाट पिएसजी पुगेका मेसीले मियामीमा वार्षिक ५० देखि ६० मिलियन कमाउनेछन् । फ्रि ट्रान्सफरमा मियामी पुगेका मेसी एमएलएसमा सर्वाधिक पैसा आर्जन गर्ने खेलाडी बनेका छन् ।

पिएसजीमा आफ्नो सम्झौता सकेपछि मेसी पूर्व क्लब बार्सिलोना जाने चर्चा थियो । बार्सिलोनासँगै मेसी साउदी प्रो लिग क्लब अल–हिलाल क्लब जाने चर्चा पनि चलेको थियो । तर, सबैलाई आश्चार्यमा पार्दै मेसी मियामी पुगेका हुन् ।