मंसिर २४, २०८२ बुधबार | ०४:१७:२१
विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल
शनिबारको दिन युरोपेली क्लब फुटबल

मौसम युरोपेली क्लब फुटबलको

काठमाडाैं । महिना दिनको विश्रामपछि फेरि पालो आएको छ युरोपेली क्लब फुटबलको । सिजन ब्रेकपछि शुक्रबार रातिबाट फेरि एकपल्ट युरोपेली क्लब फुटबलको नयाँ सिजन सुरु भएको छ । पहिलो दिन केही खास खास खेल भए, इंग्ल्यान्ड, स्पेन र फ्रान्स तीनै देशमा । त्यसपछि यो क्रम इटाली र जर्मनीमा पनि सुरु हुनेछ । यिनै नै हुन् युरोपका ठूला पाँच लिग ।

पेप ग्वार्डिओलाको सिटीले लगातार तेस्रो सिजन लिग जितेर आफू कति धेरै बलियो छ भनेर देखाएको थियो ।

यी सबै लिगमध्ये बढी लोकप्रिय त इङ्लिस प्रिमियर लिग नै हो । यो लिगमा जत्तिको चर्को प्रतिस्पर्धा अरू कतै हुन्न भनिन्छ । तर, होइन, अचेल इङ्लिस फुटबलमा पनि एउटा टिमको वर्चस्व सुरु भएको छ । यो टिम हो म्यानचेस्टर सिटी । पेप ग्वार्डिओलाको सिटीले लगातार तेस्रो सिजन लिग जितेर आफू कति धेरै बलियो छ भनेर देखाएको थियो ।

यस्तोमा प्रश्न हो, के सिटीलाई अर्को कुनै टिमले रोक्न सक्छ त ? यससँगै जोडिने छ, प्रिमियर लिगको शीर्ष चारमा रहने टिम कुन कुन हुन् त ? सिटीलाई टक्कर दिने टिम भनेको त तिनै पारम्परिक शक्ति छिमेकी म्यानचेस्टर युनाइटेडदेखि आर्सनल र लिभरपुल अनि सके न्युकासल युनाइटेड र केही हदसम्म चेल्सीले पनि टक्कर दिन सक्ने छन् ।

स्पेनमा फेरि एकपल्ट लिग उपाधिका लागि दुई टिम भिड्ने छन् । ती अरू कोही होइन, बार्सिलोना र रियल मड्रिड नै हुन् ।

स्पेनमा फेरि एकपल्ट लिग उपाधिका लागि दुई टिम भिड्ने छन् । ती अरू कोही होइन, बार्सिलोना र रियल मड्रिड नै हुन् । यिनलाई छाडेर अरू कसैले स्पेनी ला लिगा जित्ने छ भनेर कल्पना गर्न सकिन्न । पोहोर बार्सिलोनाले लिग जितेको थियो । त्यसैले प्रश्न हो, के रियलले बार्सिलोनालाई छेक्न सक्छ त ? सायद एट्लेटिको मड्रिडले तेस्रो स्थानका लागि प्रयास गर्नेछ ।

इटालीमा भने यसपल्ट खुला प्रतिस्पर्धा हुने निश्चित छ । त्यसैले यसपालि सबैभन्दा हेर्नलायक लिग सिरी ए हुनसक्छ । नेपोली डिफेन्डिङ च्याम्पियनको रूपमा खेल्दै छ, तर टोलीलाई लिग उपाधिको रक्षा गर्न सजिलो हुने छैन । दुई मिलान क्लब इन्टर र एसीले बलियो चुनौती दिने नै छन् । सँगै उपाधिका लागि खेल्नेमा युभेन्ट्स र एएस रोमा पनि हुन सक्छन् ।

जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानको कथा फेरि लगभग समान छ । जर्मनीमा बायर्न म्युनिखलाई फेरि एकपल्ट लिग उपाधिबाट जित्न रोक्ने को त ?

जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानको कथा फेरि लगभग समान छ । जर्मनीमा बायर्न म्युनिखलाई फेरि एकपल्ट लिग उपाधिबाट जित्न रोक्ने को त ? सायद बोरुसिया डर्टमन्ड ? होइन, डर्टमन्डले यसपल्ट केही गर्न सक्ने छैन । सक्ने हो भने पछिल्लो लिगमै गथ्र्यो । आफ्नो हातैमा रहेको लिग उपाधि टोलीले गुमाउने थिएन ।

फ्रान्समा त अझ लिग कसले जित्छ भन्ने प्रश्न सजिलो छ । दायाँबायाँ कतै नहेरेर भने हुन्छ, फ्रान्समा अबको सिजनमा पनि लिग च्याम्पियन हुने भनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) नै हो । अरू कोही टिम हुँदै होइन । यसपल्ट लिग वानमा धेरैको ध्यान नहुन पनि सक्छ । किनभने पीएसजीमा यसपल्ट लियोनल मेसी छैनन् अनि केलियन एमबाप्पे पनि नहुन सक्छन् ।