माघ २९, २०८१ मंगलबार | ०७:५४:४०
न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न
शनिबारको दिन फिफा महिला विश्वकप

महिला फुटबल विश्वकप : कुन समूहबाट कसको बढी सम्भावना ?

काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डमा महिलाको विश्वकप फुटबल प्रतियोगिता सुरु भएको पनि तीन दिन भइसक्यो । भर्खर समूह चरणको केही खेल भए । यसपल्टको प्रतियोगितामा कुल ३२ टिमको सहभागिता छ । पुरस्कार राशि पनि अत्यधिक वृद्धि गरिएको छ । ११० मिलियन डलर कुल पुरस्कार रहेको छ । विगतको संस्करणमा ८० मिलियन बढी हो । विजेता टिमले ४२ लाख ९० हजार डलर हात पार्दा प्रत्येक खेलाडीले छुट्टै २ लाख ७० हजार डलर पाउने छन् ।  समूह चरण खेल्ने हरेक टिमले पनि १५ लाख ६० हजार डलर र खेलाडीले जनही ३० हजार डलर पाउने छन् । सहभागी ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको थियो । सुरुमा राउन्ड रोबिनका आधारमा खेल भइरहेछ । त्यसपछि समूहको शीर्ष दुई स्थानमा रहने टिम नकआउट चरण पुग्नेछन् ।

कुन समूह कस्तो छ त ?

समूह ‘ए’ :न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्यान्ड

यो समूहमा त्यस्ता केही टिम छन्, जसका लागि विश्वकप वास्तवमै नयाँ छ । त्यसैले खुबै रोमाञ्चक खेल हुनेछ यो समूहमा । न्युजिल्यान्डलाई आफ्नो घरेलु भूमिमा खेलेको फाइदा त हुनेछ नै । नर्वे सबैभन्दा बढी अनुभवी टिम हो । यो सन् १९९५ को विश्वकप विजेता हो । फिलिपिन्सले विश्वकपमा डेब्यु गर्दै छ ।नकआउट चरण पुग्ने सम्भावित टिम : नर्वे र न्युजिल्यान्ड

अस्ट्रेलियालाई पनि होम ग्राउन्डमा खेलेको पर्याप्त फाइदा हुनेछ । आयरल्यान्ड भने विश्वकपमा डेब्यु गर्दै छ । 

समूह ‘बी’ : अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा

अस्ट्रेलियालाई पनि होम ग्राउन्डमा खेलेको पर्याप्त फाइदा हुनेछ । आयरल्यान्ड भने विश्वकपमा डेब्यु गर्दै छ । क्यानडेली टिम आफैंमा बलियो छ । तर, टिमका खेलाडीको झगडा छ फुटबल संघसँग । यसले टिमको प्रदर्शनमा गाह्रो पार्न सक्नेछ । अन्यथा यो बलियो टिम हो । यसले नै त हो पेरिस ओलम्पिकमा स्वर्ण जितेको ।नकआउट चरण पुग्ने सम्भावित टिम : अस्ट्रेलिया र क्यानडा

समूह ‘सी’ : स्पेन, कोस्टारिका, जाम्बिया र जापान

समूह ‘सी’ एक अर्थमा जटिल छ । किनभने यो समूहका लगभग सबै टिम बराबरका छन् । जाम्बियालाई पनि कमजोर मान्न सकिन्न, यसले जर्मनी जस्तो टिमलाई पनि हराइसकेको छ । स्पेन प्रतियोगितामा सहभागी टिममा शीर्ष वरीयताको एक हो । एलेक्सिया पुटेलास टिममा फर्केयता स्पेन एकदम बलियो भएको छ ।नकआउट चरण पुग्ने सम्भावित टिम : स्पेन र जापान

इङ्ल्यान्डपछि डेनमार्क र चीनले नकआउट चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । डेनमार्क त्यति राम्रो लयमा भने छैन ।

समूह ‘डी’ :इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन

इङ्ल्यान्ड युरोपेली च्याम्पियन हो । त्यसैले प्रतियोगिताको सम्भावित विजेताको रूपमा यसलाई पनि हेरिएको छ । हाइटी भने डेब्यु गर्दै छ । यसको सम्भावना सम्भवतः छैन जस्तै हो । यस्तोमा इङ्ल्यान्डपछि डेनमार्क र चीनले नकआउट चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । डेनमार्क त्यति राम्रो लयमा भने छैन । तर चीनभन्दा बलियो नै होला ।नकआउट चरण पुग्ने सम्भावित टिम : इंग्ल्यान्ड र डेनमार्क

समूह ‘ई’ : अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल

दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिकाको समूह हो यो । यो समूहमा शीर्षस्थानका लागि अमेरिका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा नै चल्नेछ । नेदरल्यान्ड्स पूर्व युरोपेली च्याम्पियन मात्र होइन, विश्वकपमै पनि यसको प्रदर्शनको इतिहास राम्रो छ । भियतनाम र पोर्चुगल पहिलोपल्ट विश्वकप खेल्दै छन् ।नकआउट चरण पुग्ने सम्भावित टिम : अमेरिका र नेदरल्यान्ड्स

फ्रान्स फिफा वरीयताको चौथो स्थानमा छ । यो टिममा प्रतिशाली खेलाडीको कुनै कमी छैन । यसअघिका विश्वकपमा फ्रान्सको प्रदर्शन यति धेरै राम्रो रहेको छैन ।

समूह ‘एफ’ :फ्रान्स, जमैका, ब्राजिल र पानामाफ्रान्स फिफा वरीयताको चौथो स्थानमा छ । यो टिममा प्रतिशाली खेलाडीको कुनै कमी छैन । यसअघिका विश्वकपमा फ्रान्सको प्रदर्शन यति धेरै राम्रो रहेको छैन । सायद यसपल्ट केही हुन्छ कि ? पानामा पहिलोपल्ट विश्वकप खेल्दै छ । जमैकाका खेलाडीको पनि आफ्नो फुटबल संघसँग विवाद छ । ब्राजिल त दक्षिण अमेरिकाकै शक्ति भइहाल्यो ।नकआउट चरण पुग्ने सम्भावित टिम : फ्रान्स र ब्राजिल

समूह जी : स्विडेन, दक्षिण अफ्रिका,  इटाली र अर्जेन्टिनाइटाली महिला विश्व फुटबलमा विस्तारै बलियो भइरहेको छ । यो समूहमा दुई बलिया टिम भनेको इटाली र स्विडेन नै हो । दुवै युरोपेली हो । स्विडेन आफैंमा महिला फुटबलको पारम्परिक शक्ति हो । त्यसैले त यो टिम फिफा वरीयताको तेस्रो स्थानमा छ । सायद दक्षिण अफ्रिका र अर्जेन्टिनाले केही राम्रो गर्न संघर्ष गर्नेछन् ।नकआउट चरण पुग्ने सम्भावित टिम : स्विडेन र इटाली

दक्षिण कोरियाको सम्भावना कस्तो हुने हो, एसियाली फुटबल समर्थकको ध्यान भने यसतर्फ हुनेछ 

समूह ‘एच’ : जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया

यो समूहमा अर्को पूर्व विजेता रहेको छ । यो हो जर्मनी । विश्वास गर्न सकिन्छ, जर्मनीलाई कम्तीमा नकआउट चरण पुग्न गाह्रो हुने छैन । टिम आफैंमा बलियो छ । दक्षिण कोरियाको सम्भावना कस्तो हुने हो, एसियाली फुटबल समर्थकको ध्यान भने यसतर्फ हुनेछ । सम्भवतः दक्षिण कोरियालाई अर्को चरण पुग्न गाह्रो हुने छैन कि ?नकआउट चरण पुग्ने सम्भावित टिम : जर्मनी र दक्षिण कोरिया