फाल्गुन २, २०८२ शनिबार | ०७:३८:१८
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन फिफा महिला विश्वकप

महिला फुटबल विश्वकप : कुन समूहबाट कसको बढी सम्भावना ?

काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डमा महिलाको विश्वकप फुटबल प्रतियोगिता सुरु भएको पनि तीन दिन भइसक्यो । भर्खर समूह चरणको केही खेल भए । यसपल्टको प्रतियोगितामा कुल ३२ टिमको सहभागिता छ । पुरस्कार राशि पनि अत्यधिक वृद्धि गरिएको छ । ११० मिलियन डलर कुल पुरस्कार रहेको छ । विगतको संस्करणमा ८० मिलियन बढी हो । विजेता टिमले ४२ लाख ९० हजार डलर हात पार्दा प्रत्येक खेलाडीले छुट्टै २ लाख ७० हजार डलर पाउने छन् ।  समूह चरण खेल्ने हरेक टिमले पनि १५ लाख ६० हजार डलर र खेलाडीले जनही ३० हजार डलर पाउने छन् । सहभागी ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको थियो । सुरुमा राउन्ड रोबिनका आधारमा खेल भइरहेछ । त्यसपछि समूहको शीर्ष दुई स्थानमा रहने टिम नकआउट चरण पुग्नेछन् ।

कुन समूह कस्तो छ त ?

समूह ‘ए’ :न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्यान्ड

यो समूहमा त्यस्ता केही टिम छन्, जसका लागि विश्वकप वास्तवमै नयाँ छ । त्यसैले खुबै रोमाञ्चक खेल हुनेछ यो समूहमा । न्युजिल्यान्डलाई आफ्नो घरेलु भूमिमा खेलेको फाइदा त हुनेछ नै । नर्वे सबैभन्दा बढी अनुभवी टिम हो । यो सन् १९९५ को विश्वकप विजेता हो । फिलिपिन्सले विश्वकपमा डेब्यु गर्दै छ ।नकआउट चरण पुग्ने सम्भावित टिम : नर्वे र न्युजिल्यान्ड

अस्ट्रेलियालाई पनि होम ग्राउन्डमा खेलेको पर्याप्त फाइदा हुनेछ । आयरल्यान्ड भने विश्वकपमा डेब्यु गर्दै छ । 

समूह ‘बी’ : अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा

अस्ट्रेलियालाई पनि होम ग्राउन्डमा खेलेको पर्याप्त फाइदा हुनेछ । आयरल्यान्ड भने विश्वकपमा डेब्यु गर्दै छ । क्यानडेली टिम आफैंमा बलियो छ । तर, टिमका खेलाडीको झगडा छ फुटबल संघसँग । यसले टिमको प्रदर्शनमा गाह्रो पार्न सक्नेछ । अन्यथा यो बलियो टिम हो । यसले नै त हो पेरिस ओलम्पिकमा स्वर्ण जितेको ।नकआउट चरण पुग्ने सम्भावित टिम : अस्ट्रेलिया र क्यानडा

समूह ‘सी’ : स्पेन, कोस्टारिका, जाम्बिया र जापान

समूह ‘सी’ एक अर्थमा जटिल छ । किनभने यो समूहका लगभग सबै टिम बराबरका छन् । जाम्बियालाई पनि कमजोर मान्न सकिन्न, यसले जर्मनी जस्तो टिमलाई पनि हराइसकेको छ । स्पेन प्रतियोगितामा सहभागी टिममा शीर्ष वरीयताको एक हो । एलेक्सिया पुटेलास टिममा फर्केयता स्पेन एकदम बलियो भएको छ ।नकआउट चरण पुग्ने सम्भावित टिम : स्पेन र जापान

इङ्ल्यान्डपछि डेनमार्क र चीनले नकआउट चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । डेनमार्क त्यति राम्रो लयमा भने छैन ।

समूह ‘डी’ :इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन

इङ्ल्यान्ड युरोपेली च्याम्पियन हो । त्यसैले प्रतियोगिताको सम्भावित विजेताको रूपमा यसलाई पनि हेरिएको छ । हाइटी भने डेब्यु गर्दै छ । यसको सम्भावना सम्भवतः छैन जस्तै हो । यस्तोमा इङ्ल्यान्डपछि डेनमार्क र चीनले नकआउट चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । डेनमार्क त्यति राम्रो लयमा भने छैन । तर चीनभन्दा बलियो नै होला ।नकआउट चरण पुग्ने सम्भावित टिम : इंग्ल्यान्ड र डेनमार्क

समूह ‘ई’ : अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल

दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिकाको समूह हो यो । यो समूहमा शीर्षस्थानका लागि अमेरिका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा नै चल्नेछ । नेदरल्यान्ड्स पूर्व युरोपेली च्याम्पियन मात्र होइन, विश्वकपमै पनि यसको प्रदर्शनको इतिहास राम्रो छ । भियतनाम र पोर्चुगल पहिलोपल्ट विश्वकप खेल्दै छन् ।नकआउट चरण पुग्ने सम्भावित टिम : अमेरिका र नेदरल्यान्ड्स

फ्रान्स फिफा वरीयताको चौथो स्थानमा छ । यो टिममा प्रतिशाली खेलाडीको कुनै कमी छैन । यसअघिका विश्वकपमा फ्रान्सको प्रदर्शन यति धेरै राम्रो रहेको छैन ।

समूह ‘एफ’ :फ्रान्स, जमैका, ब्राजिल र पानामाफ्रान्स फिफा वरीयताको चौथो स्थानमा छ । यो टिममा प्रतिशाली खेलाडीको कुनै कमी छैन । यसअघिका विश्वकपमा फ्रान्सको प्रदर्शन यति धेरै राम्रो रहेको छैन । सायद यसपल्ट केही हुन्छ कि ? पानामा पहिलोपल्ट विश्वकप खेल्दै छ । जमैकाका खेलाडीको पनि आफ्नो फुटबल संघसँग विवाद छ । ब्राजिल त दक्षिण अमेरिकाकै शक्ति भइहाल्यो ।नकआउट चरण पुग्ने सम्भावित टिम : फ्रान्स र ब्राजिल

समूह जी : स्विडेन, दक्षिण अफ्रिका,  इटाली र अर्जेन्टिनाइटाली महिला विश्व फुटबलमा विस्तारै बलियो भइरहेको छ । यो समूहमा दुई बलिया टिम भनेको इटाली र स्विडेन नै हो । दुवै युरोपेली हो । स्विडेन आफैंमा महिला फुटबलको पारम्परिक शक्ति हो । त्यसैले त यो टिम फिफा वरीयताको तेस्रो स्थानमा छ । सायद दक्षिण अफ्रिका र अर्जेन्टिनाले केही राम्रो गर्न संघर्ष गर्नेछन् ।नकआउट चरण पुग्ने सम्भावित टिम : स्विडेन र इटाली

दक्षिण कोरियाको सम्भावना कस्तो हुने हो, एसियाली फुटबल समर्थकको ध्यान भने यसतर्फ हुनेछ 

समूह ‘एच’ : जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया

यो समूहमा अर्को पूर्व विजेता रहेको छ । यो हो जर्मनी । विश्वास गर्न सकिन्छ, जर्मनीलाई कम्तीमा नकआउट चरण पुग्न गाह्रो हुने छैन । टिम आफैंमा बलियो छ । दक्षिण कोरियाको सम्भावना कस्तो हुने हो, एसियाली फुटबल समर्थकको ध्यान भने यसतर्फ हुनेछ । सम्भवतः दक्षिण कोरियालाई अर्को चरण पुग्न गाह्रो हुने छैन कि ?नकआउट चरण पुग्ने सम्भावित टिम : जर्मनी र दक्षिण कोरिया