ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपः प्रत्येक संस्करणका सर्वाधिक विकेट टेकर

सिड्नी । सन् २००७ देखि सुरु भएको ट्वान्टी २० विश्वकप क्रिकेटको आठौंं संस्करण उद्घाटनको संघारमा छ । आइतबार बिहान ९ः४५ बजेदेखि समूह चरणका खेल सुरु हुनेछन् । अस्ट्रेलियामा हुने सातौं संस्करणमा घरेलु टिम उपाधि रक्षा अभियानमा हुनेछ ।

आइतबार बिहान पौने १० बजे श्रीलंका र नामिबियाले खेल्दै आइसिसी पुरुष ट्वान्टी २० विश्वकपको सुरुआत गर्नेछन् । प्रतिष्ठित प्रतियोगिताको ७ संस्करण पूरा भइसक्दा विभिन्न मुलकका ६ बलर सर्वाधिक विकेट टेकर बनेका थिए । हालसम्म एक मात्र बलर दुई पटक विश्वकमा सर्वाधिक विकेट टेकर बन्न सफल भएका छन् ।

विश्वकपका पछिल्ला संस्करणहरुमा स्पिनरहरु हाबी हुँदै आएका छन् । तर, सुरुआती संस्करण हेर्ने हो भने तीव्र गतिका बलरले गहकिलो छाप छोडेका थिए । यहाँ हालसम्मका विश्वकपमा सर्वाधिक विकेट लिने ६ बलरको चर्चा गरिएको छ ।

पहिलो संस्करण २००७ – उमार गुल

दक्षिण अफ्रिकामा भएको विश्वकपको पहिलो संस्करणमै पाकिस्तानले फाइनल यात्रा तय गर्दा गुलको प्रदर्शन उत्कृष्ट थियो । उनले स्कटल्यान्डविरुद्धको पहिलो खेलमा चार विकेट लिँदै प्रतियोगिताको सुरुआत गरेका थिए ।

भारतविरुद्धको पहिलो भेटमा विकेटविहीन रहँदा उनको टिम अलआउट भएको थियो । गुलले फाइनलमा भारतविरुद्ध नै तीन विकेट लिएका थिए । तर, त्यो खेलमा पनि पाकिस्तान पराजित भएको थियो ।

त्यो संस्करणका गुलको सबैभन्दा उत्कृष्ट स्पेल न्युजिल्यान्डविरुद्ध थियो, जहाँ उनले १५ रन खर्चेर ३ विकेट लिँदा म्यान अफ दी म्याच अवार्ड प्राप्त गरेका थिए ।

गुलले १३ विकेटसहित प्रतियोगिता टुङ्ग्याएका थिए । जुन,स्टुवार्ट क्लार्क, शाहिद अफ्रिदी र आरपी सिंह भन्दा एक विकेट धेरै हो । उनले ११.९२ को औसत र ५.६० को इकोनोमीमा बलिङ गरेका थिए ।

दोस्रो संस्करण २००९ – उमार गुल

लगातार दोस्रो पटक उमार गुल विश्वकपका सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले १२.१५ को औसत र ६.४४ को इकोनोमीमा बलिङ गर्दै १३ विकेट लिएका थिए ।

उनलाई १२ विकेट लिएका अजन्था मेन्डिज, सइद अज्माल र लासित मालिङ्गाले नजिकबाट पछ्याएका थिए । उनले न्युजिल्यान्डविरुद्ध करियरकै उत्कृष्ट स्पेल निकाल्दा पाँच विकेट लिँदा ६ रन मात्रै खर्चेका थिए । जुन, खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ९९ रनमा अलआउट गरेको थियो । यो ढाँचामा हालसम्म पनि उत्कृष्ट पाँच स्पेलको सूचीमा समावेश छ ।

लर्ड्समा भएको फाइनलमा श्रीलंकाविरुद्ध एक विकेट मात्र लिएका गुल पाकिस्तान पहिलो पटक विश्वकप च्याम्पियन बन्दा टिमका महत्त्वपूर्ण सदस्य थिए ।

तेस्रो संस्करण २०१० – डर्क नान्स

क्यारेबियन आइल्यान्डमा अस्ट्रेलियाको बलिङ आक्रमणका प्रमुख सदस्य नान्स १४ विकेटसहित विश्वकपको तेस्रो संस्करणका सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले १३.०७ को औसतर सातको इकोनोमीमा बलिङ गरेका थिए ।

उनले पाकिस्तान, बंगलादेश र भारतविरुद्धका खेलमा कम्तिमा तीन विकेट लिएका थिए । तर, उनी फाइनलमा विकेटविहीन हुँदा अस्ट्रेलिया इङ्ल्यान्डसँग पराजित हुनु परेको थियो । त्यो फाइनलपछि उनले तीन मात्र ट्वान्टी २० अन्तर्राष्ट्रिय खेले । आफ्नो करिअरको अन्तिम ट्वान्टी २० अन्तर्राष्ट्रिय पनि सोही वर्ष खेलेका थिए ।

चौथो संस्करण २०१२ – अजन्था मेन्डिज

सन् २०१२ को विश्वकपका ६ खेलमा १५ विकेट लिएर मेन्डिजले सनसनी मच्चाएका थिए । उनको अद्भुत प्रदर्शनका बाबजुद पनि उनको टिम च्याम्पिन बन्न सकेन ।

उनले फाइनलमा वेस्ट इन्डिजविरुद्ध मात्र १२ रन खर्चेर ४ विकेट लिएका थिए । त्यो चार विकेट क्रिस गेल, ड्वेन ब्राभो, केइरन पोलार्ड र एन्ड्रे रसेलको थियो । तर, वेस्ट इन्डिजले श्रीलंकालाई पराजित गरेसँगै उनको टिम उपाधि जित्नबाट वञ्चित भएको थियो ।

उद्घाटन खेलमा जिम्बाब्वेविरुद्ध आठ रन खर्चेर ६ विकेट लिएर विश्वकपको कीर्तिमान बनाएका मेन्डिजले उत्कृष्ट लयमा थिए । जुन, कीर्तिमान सात वर्षपछि मात्रै तोडिएको थियो ।

पाँचौं संस्करण २०१४ – इम्रान ताहिर र असान मलिक

१२÷१२ विकेट लिएका दक्षिण अफ्रिकी स्पिनर ताहिर र अहसान मलिकले सर्वाधिक लिने खेलाडीको अवार्ड बाँडेका थिए ।

शानदार प्रदर्शन गरेका मलिकले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाँच विकेट लिएका थिए । उनकै उत्कृष्ट प्रदर्शनप्रेरणामा नेदरल्यान्ड्स पहिलो चरणमा पुगेको थियो ।

ताहिरले नेदरल्यान्ड्सविरुद्धको खेलमा २१ रन खर्चेर ४ विकेट लिएका थिए । उनी सोही खेलमा म्यान अफ दी म्याच पनि घोषित भए । उनले प्रतियोगितामा खेलेका सबै पाँच खेलमा कम्तिमा एक विकेट लिए । यद्यपि, सेमिफाइनलमा भारतसँग पराजित हुँदै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको थियो ।

छैठौं संस्करण २०१६ – मोहम्मद नाबी

अफागानिस्ताका स्पिनर मोहमद नाबीले भारतमा भएको ट्वान्टी २० विश्वकपमा उम्दा प्रदर्शन गरे । त्यो संस्करणमा अफगानी स्पिनरहरुले तहल्का नै मच्चाएका थिए । रशिद खान पनि उत्कृष्ट लयमा थिए । यद्यपि, सर्वाधिक विकेट लिने खेलाडी नाबी भने । प्रतियोगितामा १२ विकेट लिएका नाबीले १३.६६ को औसतमा बलिङ गरेका थिए । यस्तै, रशिदले १६.६३ को औसतमा ११ विकेट लिएका थिए ।

नाबीले नागपुरुमा भएको हङकङविरुद्धको खेलमा २० रन खर्चेर ४ विकेट लिएका थिए । यस्तै, सुपर १० अन्तर्गत इङ्ल्यान्डलाई १४२÷७ मा रोक्दा नाबीले १७ रन खर्चेर दुई विकेट लिएका थिए ।

नागपुरमै वेस्ट इन्डिजविरुद्ध फेरि एक पटक चम्किएका नाबीले २६ रन खर्चेर दुई विकेट लिएका थिए । उनले त्यो समय वेस्ट इन्डिजका सर्वाधिक रन स्कोरर ड्वेन ब्राभोको विकेट लिएका थिए । त्यो विकेटसँगै खेल अफगानिस्तानको पक्षमा ढल्केको थियो ।

वेस्ट इन्डिजलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो । त्यो समयमा नाबीले तीन रन मात्रै खर्चेर कार्लोस ब्रेथवेटको विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शन प्रेरणमै अफगानिस्तानले पछि च्याम्पिनय बनेको वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

सातौं संस्करण २०२१ वानिन्दु हसारंगा

आठ खेलमा १६ विकेट लिएका हसारंगाले युएईमा तहल्का मच्चाए । स्पिनर हसारंथाले आयरल्यान्डविरुद्ध अल राउन्ड उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ७१ रन योगदान गर्दै १२ रन खर्चेर १ विकेटसमेत लिएका थिए ।

त्यसपछि उनले एसियाभन्दा बाहिरका टिमविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अस्ट्रेलियाविरुद्ध २÷२२, दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिकसहित ३÷२० र इङ्ल्यान्डविरुद्ध ३÷२१ को आँकडामा बलिङ गरेका थिए । यद्यपि, तीनै खेलमा श्रीलंका पराजित भएको थियो ।

वेस्ट इन्डिजविरुद्ध १९ रन खर्चेर दुई विकेट लिएका हसारंगाले अर्को एउटा राम्रो स्पेलसहित प्रतियोगिता टुङ्ग्याएका थिए । प्रतियोगितामा उनको ९.७५ को औसतर ५.२० को इकोनोमी कायम थियो ।

ट्वान्टी २० विश्वकपको एउटै संस्करणमा १६ विकेट लिने उनी एक मात्र खेलाडी हुन् ।