कार्तिक ६, २०८१ मंगलबार | १७:२७:२०
लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सुकुटे, सिंहमती, साँगाचोक र वारियर्स विजयी लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सुकुटे, सिंहमती, साँगाचोक र वारियर्स विजयी
शनिबारको दिन नेपाली महिला क्रिकेट टोली

वर्षाले रोकेको महिला क्रिकेटको एसिया कप सपना

असार १ मा एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिपमा फाइनलसम्म यात्रा तय गर्दै एसिया कपमा छनोट हुने लक्ष्यसहित नेपाली महिला टिम मलेसिया उडेको थियो । तर, शुक्रबार सेमिफाइनलमा वर्षा बाधक बनेसँगै नेपाली टिमको एसिया कप खेल्ने सपना अधुरै रहेको छ ।

मलेसिया जानु एक दिनअघि नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको बिदाइ कार्यक्रममा आफूहरू बिना दबाब खेल्ने र नतिजाका लागि प्रयास गर्ने कप्तान रुबिना क्षेत्रीले बताएकी थिइन् । नेपाली समर्थकको एसिया कपमा छनोट हुने आशालाई ‘यथार्थ’मा परिणत गरेर स्वदेश फर्किने विश्वास उनले दिलाएकी थिइन् ।

हङकङसँगको हारका कारण नेपाल समूह ‘बी’मा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । प्रतियोगिताका दुई फाइनललिस्ट टिमले आगामी डिसेम्बरमा बंगलादेशमा हुने महिला एसिया कपमा स्थान बनाउने थियो । समूह ‘बी’ उपविजेता बन्दै सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेश वा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउन नेपालले समूह ‘ए’को विजेता युएईलाई सेमिफाइनलमा पराजित गर्नुपर्ने थियो ।

प्रतियोगिता अघि बढ्दै जाँदा नेपालको लक्ष्य नजिक–नजिक भइरहेको थियो । पहिलो खेलमा भुटानलाई ५० रनको फराकिलो नतिजामा पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध २५ रनको जित रच्यो । तेस्रो खेलमा बहराइनमाथि ८ विकेटको रवाफिलो जित पाएको नेपाल चौथो खेलमा भने दाबेदार हङकङसँग ७ विकेटले हारेको थियो । हङकङसँगको त्यो हार नेपालका लागि निकै महँगो साबित भयो । यो नै नेपालको एसिया कपबाट बाहिरिने प्रमुख कारण बन्यो ।

हङकङसँगको हारका कारण नेपाल समूह ‘बी’मा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । प्रतियोगिताका दुई फाइनललिस्ट टिमले आगामी डिसेम्बरमा बंगलादेशमा हुने महिला एसिया कपमा स्थान बनाउने थियो । समूह ‘बी’ उपविजेता बन्दै सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेश वा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउन नेपालले समूह ‘ए’को विजेता युएईलाई सेमिफाइनलमा पराजित गर्नुपर्ने थियो ।

वर्षा बाधक

शुक्रबार बिहान मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा सुरु हुने तय भएको खेल वर्षाका कारण प्रभावित बन्यो । निर्धारित समयभन्दा ३० मिनेट ढिलो गरी भएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोज्यो ।

युवा खेलाडी अस्मिना कर्माचार्यको उत्कृष्ट बलिङप्रेरित नेपालले १९.५ ओभरमा युएईलाई ८१ रनमा सीमित गर्दै नेपालले एसिया कप पुग्ने लक्ष्य अझ नजिक ल्याएको थियो । जारी प्रतियोगितामा अपराजित टिम युएईलाई सानो योगफलमै सीमित गर्न अस्मिनाले ३.५ ओभरमा मात्रै १० रन खर्चेर सर्वाधिक ५ विकेट लिएकी थिइन् ।

तर, वर्षाका कारण दोस्रो इनिङ्स सुरु हुन नपाउँदा नेपाल दुर्भाग्यशाली साबित भयो । खेलको ‘कट अफ टाइम’सम्म नतिजा ननिस्कँदा प्रतियोगिताको नियमअनुसार समूह विजेताको हैसियतमा सेमिफाइनल पुग्ने टिमले फाइनल प्रवेशको मौका पायो ।

अस्मिनाको ५ विकेट

उमेर समूह हुँदै नेपाली महिला क्रिकेटको सिनियर राष्ट्रिय टिममा पुगेकी अस्मिनाको सेमिफाइनलमा युएईविरुद्धको स्पेल सम्झनलायक रह्यो । भलै, सेमिफाइनलमा वर्षा बाधक बन्दा नेपाल प्रतियोगिताबाट बाहिरिन पुग्यो । प्रतियोगिताभर ११.५ ओभरमा १ मेडनसहित ८ विकेट लिएकी अस्मिना हालसम्म सर्वाधिक विकेट टेकर हुन् । २.६१ को औसत इकोनोमी बलिङ गरेकी अस्मिनाले ३१ रनमात्रै खर्चिएकी छन् ।

युएईविरुद्ध सेमिफाइनल खेल पूरा हुन नपाए पनि म्याच बल भने अस्मिानालाई प्रदान गरिएको थियो ।

ब्याटिङमा समस्या

नेपाली क्रिकेटमा सदाबहार देखिने गरेको ब्याटिङ समस्याबाट महिला टिम यसपालि पनि अछुतो रहन सकेन । शीर्ष चार बलरमा तीन नेपाली खेलाडी पर्दा नेपालको ब्याटिङ प्रदर्शन भने निराशाजनक रह्यो । प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी सूचीको शीर्ष १० मा एक खेलाडीमात्रै परेको छ । उनी थिइन् कप्तान रुबिना ।

पाँच खेलमा ८७ रन बनाएकी रुबिनाबाहेक अन्य नेपाली ब्याटरले प्रतियोगिताभर ५० रन पनि कटाउन सकेनन् । उपकप्तान इन्दु बर्माले ४८ र विन्दु रावलले ३५ रन बनाएका थिए ।

एसिया कपमा तेस्रो सहभागिता कहिले ?

सन् २००४ बाट सुरु महिला एसिया कपले आठ संस्करण पूरा गरिसकेको छ । हालसम्म नेपालले सन् २०१२ मा चीनमा भएको पाँचौं र २०१६ मा थाइल्यान्डमा भएको छैटौं संस्करण खेलेको थियो । चीनमा भएको प्रतियोगितामा डेब्यु गरेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

दोस्रो र हालसम्मको अन्तिम पटक नेपालले खेलेको एसिया कपको छैटौं संस्करणमा अन्तिम स्थानमै सीमित भएको थियो । त्यसयता सन् २०१८ मा मलेसियामा भएको सातौं संस्करणमा नेपालले स्थान बनाउन सकेको थिएन ।

यसपालि पनि नेपाल एसिया कपको नजिक पुगेर पनि वर्षा बाधक बन्दा अभाग्यशाली बन्यो ।