कार्तिक ८, २०८२ शनिबार | १८:५५:५९
काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित
शनिबारको दिन आइपिएल

किन हारिरहेछन् मुम्बई र चेन्नई ?

इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक सफल दुई टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स यस सिजन निकै खराब लयबाट गुज्रिइरहेका छन् ।

मार्च २६ देखि सुरु विश्वकै चर्चित फ्रेन्चाइच क्रिकेट लिग २४ खेलको नजिता निस्किसक्दा सर्वाधिक पाँचपल्टको विजेता मुम्बई जितविहीन छ । यस्तै, चारपल्टको विजेता चेन्नईले यो सिजन ५ मध्ये एक खेलमात्र जित निकालेको छ ।

आइपिएल २०२२ मा आयोजक भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले दुई टोली बढाएर १० पुर्याएको थियो । आयोजकले यसपालि होम एन्ड अवे नभई चार फरक क्रिकेट रंगशालामा मात्र खेल गराइरहेको छ । त्यसमध्ये तीन रंगशाला (वाङ्खडे, ब्राबोर, डिभी पाटिल रंगशाला) मुम्बईमै छन् । र, कुल ७० खेलमध्ये ५५ खेल मुम्बईमै खेलाइने छ । यसैकारण प्रतियोगिताअघि मुम्बईलाई यस सिजन केही सहज हुने अनुमान लगाइए पनि प्रतियोगिताको एकतिहाइ खेल नतिजा आइसक्दा मुम्बईले त्यसलाई पुष्टि गर्न सकेको छैन ।

हालसम्मका नतिजा

मुम्बई इन्डियन्स

मुम्बईले मार्च २७ मा यो सिजन आइपिएलको पहिलो खेल खेलेको थियो । त्यसमा टोलीले दिल्ली क्यापिटल्सलाई ४ विकेटले नतिजा सुम्पियो । अप्रिल २ मा राजस्थान रोयल्ससँग २२ रनले पराजित मुम्बई तेस्रो खेलमा अप्रिल ६ मा कोलकाता नाइट राइडर्ससँग ५ विकेटको हार भोग्न बाध्य भयो । चौथो खेल (अप्रिल ९) मा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले नतिजा सुम्पिएको मुम्बई (अप्रिल १३) पाँचौं खेलमा पन्जाब किंग्ससँग १२ रनले पराजित भयो ।

मुम्बईले पाँचमध्ये तीन खेलमा पहिले ब्याटिङ गर्दा र बाँकी दुई खेलमा लक्ष्य पछ्याउँदा पराजित भएको हो । मुम्बई तालिकाको पुछारमा छ ।

चेन्नई सुपर किंग्स

पछिल्लो खेलमा बैंग्लोरमाथि २३ रनको जित निकालेको चेन्नईले त्यसअघि मार्च २६ को पहिलो खेलमा कोलकातालाई ६ विकेटले नतिजा सुम्पिएको थियो । दोस्रो खेलमा मार्च ३१ मा चेन्नई लखनउ सुपर जायन्ट्ससँग ६ विकेट, तेस्रो खेलमा अप्रिल ३ मा पन्जाबसँग २३ रन र चौथो खेलमा अप्रिल ९ मा सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको थियो ।

मुम्बई इन्डियन्समात्र नभई यस सिजन साबिक विजेता चेन्नईले पनि स्वाभाविक लय भेट्टाउन सकेको छैन । आइपिएलको पाँचमध्ये चार खेलमा पराजित चेन्नई तालिकाको नवौं स्थानमा छ ।

पछिल्लो खेलमा बैंग्लोरमाथि २३ रनको जित निकालेको चेन्नईले त्यसअघि मार्च २६ को पहिलो खेलमा कोलकातालाई ६ विकेटले नतिजा सुम्पिएको थियो । दोस्रो खेलमा मार्च ३१ मा चेन्नई लखनउ सुपर जायन्ट्ससँग ६ विकेट, तेस्रो खेलमा अप्रिल ३ मा पन्जाबसँग २३ रन र चौथो खेलमा अप्रिल ९ मा सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको थियो ।

किन हारिरहेछन् मुम्बई र चेन्नई ?

‘हामीले राम्रो क्रिकेट खेल्न सकिरहेका छैनौं जसले गर्दा हामी हार्ने टोलीमा परिरहेका छौं,’ पाँचौं खेलमा पन्जाब किंग्ससँग पराजित भएपछि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले भनेका थिए ।

मुख्य खेलाडीको बहिर्गमन

ओपनर ब्याटर क्विन्टन डी कक, अलराउन्डर हार्दिक पाण्डे्य र तीव्र गतिका बलर ट्रेन्ट बोल्टको अनुपस्थितिले मुम्बईको टोलीमा खाडल परेको स्पष्ट देखिन्छ । र, उनीहरूको अभाव पूर्ति गर्ने खेलाडी मुम्बईले अझैसम्म भेट्टाउन सकेको छैन । हार्दिकले अहिले गुजरात टाइटन्सको नेतृत्व गरिरहेका छन् भने ट्रेन्ट बोल्ट राजस्थान रोयल्स र डी कक लखनउमा अनुबन्धित भएका थिए ।

यता, चेन्नईमा महेन्द्रसिंह धोनीको कप्तानी विरासत रवीन्द्र जडेजाले परिपूर्ति गर्न नसकेको देखिनछ । लिगमा यस सिजन पहिलो जित दर्ता गराएपछि अस्ट्रेलियाका पूर्व बलर ब्राड हगले जडेजालाई बलरहरूको प्रोत्साहन गर्नुपर्ने सुझाएका थिए ।

जडेजाले बलरलाई ‘बेस्ट डेलिभरी’ का लागि प्रोत्साहन गर्दै आफ्नो नेतृत्वमा खेलाडीमा आत्मविश्वास जगाउनुपर्ने हगको राय थियो ।

‘जडेजाले खेलाडीलाई कुन बेला के गर्न आवश्यक छ भन्ने कुरा बताउनुपर्दैन । मात्र सबैलाई हरेक परिस्थितीमा प्रोत्साहन गरे पुग्छ,’ हगले भनेका थिए, ‘मैले रिकी पोन्टिङसँग खेलेको छु । पोन्टिङसँग खेल्दा हामीलाई कहिल्यै पनि उनले हाम्रो नेतृत्व सम्हालिरहेका छन् भन्ने आभाष हुँदैनथ्यो ।’

यद्यपि चेन्नईले सन् २०१० को सिजन पनि सुरुका लगातार चार खेलमा हार बेहोरे पनि आइपिएल उपाधि जितेको थियो । जुन टोलीको पहिलो उपाधि थियो । त्यसअघि २००८ को पहिलो संस्करणको फाइनलमा राजस्थान रोयल्ससँग ३ विकेटले पराजित भएको थियो ।

आइपिएल १५औं संस्करणमा चलिरहँदा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० तथा चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेका थिए ।