चैत्र १५, २०८२ आइतबार | १६:२४:५०
नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा
शनिबारको दिन नेपाली क्रिकेट

जनकपुरलाई फाइनलमा आसिफबाट आशा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिनको १२ः१५ बजे फाइनल प्रतिस्पर्धा सुरु हुनेछ ।  जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

 नियमित कप्तान अनिलकुमार साह चोटका कारण अनुपस्थित हुँदा आसिफमाथि पछिल्लो दुई खेलयता कप्तानी जिम्मेवारी पनि थपिएको छ ।

यता सुदूरपश्चिमले भने पहिलो क्वालिफायरमा जनकपुरविरुद्ध नै ८ विकेटको सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । जनकपुर बोल्ट्सका मार्की खेलाडी राष्ट्रिय टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । तर, उनले केही खेलमा बाहेक विकेटकिपरको भूमिका निर्वाह गरेका छैनन् ।

विकेटकिपरको भूमिकामा लाहिरु मिलन्था छन् । नियमित कप्तान अनिलकुमार साह चोटका कारण अनुपस्थित हुँदा आसिफमाथि पछिल्लो दुई खेलयता कप्तानी जिम्मेवारी पनि थपिएको छ ।

प्रतियोगितामा आसिफको प्रदर्शन अपेक्षाअनुसार हुन सकिरहेको छैन । हालसम्म खेलेका ९ वटै खेलमा ब्याटिङ गरेका उनले १३२ बल सामना गर्दै १२९ रन बनाएका छन् ।

सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै आसिफ। 

उनले हालसम्म एउटै अर्धशतक प्रहार गर्न सकेका छैनन् । १५.३३ औसत रहेको आसिफले ९७.७२ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् ।

आसिफले १३ चौका र तीन छक्का मात्र प्रहार गरेका छन् । ३६ रन बनाउनु नै उनको एनपिएलको उत्कृष्ट प्रदर्शन हो ।

आसिफ प्रतियोगितामा आफ्नो प्रदर्शन सोचे अनुरुपको हुन नसकेको स्विकार्छन् । ‘प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन । आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहे पनि ब्याटबाट रन निस्कएको छैन । खेलमा कहिले काँही हुन्छ । फाइनलमा शतप्रतिश दिएर उत्कृष्ट खेल प्रदर्शन गर्नेछु, आसिफले फाइलनअघि आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

पोखरविरुद्ध फिल्डिङ गर्दै आसिफ  । 

उमेर समूहमा कप्तानी गरिसकेका आसिफले सन् २०२१ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । आसिफले कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सविरुद्ध पहिलो ट्वान्टी-२०  अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले डेब्यू खेलमै अर्धशतकीय इनिङ खेलेका थिए ।

आसिफले नेपालका लागि ट्वान्टी-२० क्रिकेटको ५४ र एकदिवसीय अन्तर्राष्ट्रियको ५६ खेल खेलका छन् । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ६ अर्धशतकसहित १ हजार २ सय ४५ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक र १३ अर्धशतसहित १ हजार ५ सय २२ रन बनाएका छन् ।

ट्वान्टी-२० मा अविजित ६४ र एकदिवसीयमा ११० रन बनाउनु आसिफको उत्कृष्ट प्रदर्शन हो ।