फाल्गुन २७, २०८२ बुधबार | ०१:०३:५८
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी
शनिबारको दिन

सुदूरपश्चिमका हेर्न लायक खेलाडीः आलोचनाको जवाफ प्रदर्शनले दिँदै विनोद

काठमाडौं । विनोद भण्डारी नेपाली क्रिकेटमा प्रचूर क्षमता हुनाका बावजुद एक हिसावमा अगाभी खेलाडी हुन् ।

अभागी यसअर्थमा की निरन्तर रुपमा औसतभन्दा माथिको प्रदर्शन गरे पनि क्रिकेटका पण्डितहरु उनको आलोचना गर्ने बहाना खोजिरहन्छन् ।

कीर्तिपुरको मैदान पहिलो एनपिएलको रौनकमा मज्जाले तातेको छ । पूरा देश एनपिएलका कारण क्रिकेटमय भएको छ । आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीचको खेलले उपाधिको छिनोफानो गरेसँगै नेपाली क्रिकेटको सबभन्दा ठूलो घरेलु मेलाले पनि अर्को संस्करणसम्मका लागि विश्राम लिनेछ ।

जारी प्रतियोगितामा खेल्ने नेपाली खेलाडीमध्ये ३४ वर्षे विनोद सबभन्दा अनुभवीमध्येका हुन् । उनीभन्दा अनुभवी खेलाडी भनेको चितवन राइनोजका सरद भेषावकरमात्र हुन् ।

लुम्बिनी लायन्सविरुद्ध विकेटकिपङ गर्दै विनोद । 

यस्तोमा आफ्नै प्रदेश सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका विकेटकिपर ब्याटर विनोद आलोचकहरुको तिखा बचनभन्दा टाढा हुने कुरै थिएन । प्रतियोगिताअघि यसपाली पनि उनको खुलेर आलोचना भयो । तर विनोद यस्ता खेलाडी हुन्, जसले प्रत्येक आलोचनालाई मुखले होइन, मैदानमा ब्याट र ग्लोबको माध्यमले जवाफ दिएका छन् ।

जारी एनपिएलमा पनि विनोदको प्रदर्शन त्यस्तै भयो । ब्याटबाट उनले आठ खेलमा कुल १८२ बल सामना गर्दा एक अर्धसतकसहित १९४ रन बनाएका छन्  । ठूल्ठुला विदेशी स्टार नामको भिड लागेको प्रतियोगितामा फाइनलअघि ब्याटिङतर्फ विनोद सर्वाधिक रन बनाउनेको सुचिमा शीर्ष १० भित्र छन् । उनीसँगै १९४ रन बनाएका अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टो नवौं स्थानमा छन् ।

सुदूरपश्चिमलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विनोदले पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदा अविजित ५८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । समग्रमा प्रतियोगितामा उनले १८ चौका र ७ छक्का प्रहार गरेका छन् ।

जनकपुरविरुद्धको क्वालिफायरमा बनाएका ५८ रन प्रतियोगितामा उनको उच्च स्कोर हो भने कर्णालीसँगको खेलमा उनी सबभन्दा कम ४ रन बनाउँदा पवेलियन फर्किएका थिए ।

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै विनोद । 

पोखराविरुद्ध १४ रन बनाएका उनले जनकपुरविरुद्ध समूह चरणमा ३३ रन बनाएका थिए । चितवनसँग हारेको खेलमा विनोद १० रनमा पवेलियन फर्किएका थिए भने लुम्बिनीविरुद्ध उनको नाममा १७ रन थियो । काठमाडौंसँगको खेलमा ३५ रन बनाएका विनोदले विराटनगरविरुद्ध भने २३ रनको इनिङ खेलेका थिए ।

विकेटकिपिङतर्फ पनि विनोदको तथ्यांक राम्रो छ । आठ खेलमा उनले तीन स्टम्पिङ र एक क्याच गरि चार खेलाडीलाई आउट गरेका छन् ।

महत्वपूर्ण खेलमा उच्च प्रदर्शन गर्ने क्रममा क्वालिफायरमा अर्धसतक प्रहार गरेका विनोदबाट शनिबारको फाइनलमा सुदूरपश्चिमले ठूलो आशा राखेको छ । ओपनिङमा विनोदले राम्ररी इनिङ सम्हाल्दिए जनकपुरमाथि लगातार तेस्रो जित हासिल गर्दै उपाधिमा कब्जा गर्ने सुदूरको लक्ष्य पूरा हुनेछ ।