मंसिर ६, २०८१ बिहीबार | १४:३५:००
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन ट्वान्टी-२० विश्वकप

विश्वकप क्रिकेटमा नेपालः क्षणिक खुसी होइन, योजनाबद्ध विकास खोजौं

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको आइसिसी ट्वान्टी-२० विश्वकपमा खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किसकेको छ ।

एक दशकपछि ट्वान्टी-२० विश्वकपमा स्थान बनाएको नेपाल जितविहीन बन्यो । समूह ‘डी’ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिका र अन्तिम खेलमा बंगलादेशसँग आफूले जित्ने खेल सुम्पिएको थियो । दक्षिण अफ्रिकासँग ११६ रनको लक्ष्य पछ्याएको नेपालले एक रनको नमीठो हार बेहोरेको थियो भने बंगलादेशसँग १०६ रनको लक्ष्य पनि भेट्टाउन सकेन । यसबीच नेपालले दोस्रो खेलमा वर्षा बाधक बन्दा श्रीलंकासँग १ अंकमा चित्त बुझाउनुपरेको थियो ।

विश्वकपमा टेस्ट राष्ट्रविरुद्ध गरेको प्रदर्शनलाई लिएर विश्वभर नै नेपाली टोलीको प्रशंसा भइरहेको छ । क्रिकेटका विज्ञहरू भन्छन्, नेपाल अबका दिनमा बेवास्ता गर्ने टोली हुने छैन ।

एक दशकअघि बंगलादेशमा नेपालले पहिलो पटक ट्वान्टी-२० विश्वकप खेलेको थियो । जतिबेला नेपालले समूह चरणमा हङकङ र अफगानिस्तानलाई हराएको थियो । त्यतिबेला पनि विश्व क्रिकेटमा अहिले जस्तै हल्ला चलेको थियो । नेपाल त्यस्तो देश हो, जसले आउने दिनमा ठूला टिमलाई निराश पार्नेछ । हल्ला अहिले पनि उस्तै छ । अझ त्यो भन्दा पनि बढी । किनभने यसपालि टोलीले दुई टेस्ट राष्ट्रलाई कडा चुनौती प्रस्तुत गरेको थियो, नेपाली खेलाडीले दक्षिण अफ्रिका र बंगलादेशी खेलाडीको पसिना निकाले । दक्षिण अफ्रिका जस्तो क्रिकेटको पावर हाउसलाई ११५ रनमा रोक्नु ठूलो उपलब्धि हो ।

जतिबेला नेपालले अफगानिस्तानलाई हराएको थियो । त्यतिबेला अफगानिस्तान नेपाल जस्तै एसोसिएट राष्ट्रमध्ये एक थियो । अहिले अफगानले टेस्ट राष्ट्रको मान्यता पाइसकेको छ । जारी विश्वकपमा तहल्का मच्चाइरहेको छ । समूहका चारमध्ये तीन खेल लगातार जितेको अफगानिस्तानले न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ८४ रनले हराएको थियो । अहिले अफगानिस्तान, सेमिफाइनल पुग्न सुपर एटमा प्रतिस्पर्धा गरिरहेको छ । 

विगत र वर्तमान परिस्थितिको माहोललाई एकै ठाउँ ल्याउने हो भने नेपाली क्रिकेटप्रति एउटा गम्भीर प्रश्न उठ्छ । त्यो हो, यसपालि पनि नेपालको सहभागिता एउटा क्षणिक खुसी त होइन ? यो एउटा योजनाअनुसारको प्रतिफल हो ? नेपाली समर्थकका लागि यो केबल एकैछिनको रमाइलो मात्र हो त ?

प्रश्नको उत्तर हो नेपाली समर्थकले गर्नुपरेको प्रतीक्षा । आफ्नो राष्ट्रलाई विश्वकप जस्तो ठूलो मञ्चमा देख्न पाउनु सबैको सपना हुन्छ । झन् नेपाल जस्तो देश जहाँ क्रिकेट भन्नेबित्तिकै मरिहत्ते गर्ने जमात बाक्लो छ । यस्तोमा नेपाली टोली बंगलादेशमा पहिलो सहभागितापछि चट्टै हरायो । यसबीच १० वर्षको अन्तरालमा तीन विश्वकपहरू भए । ती सबैमा नेपाल छनोट हुन सकेन । विश्व क्रिकेटले नेपाली क्रिकेटप्रति देखाएको आशा सबै भनाइमा मात्रै सीमित भए । भावनामा नबग्ने हो भने भन्दा फरक पर्दैन, यदि योजनाअनुसार क्रिकेट विकास हुँदो हो त नेपालले यसबीच कम्तीमा एउटा विश्वकप खेल्थ्यो ।

जतिबेला नेपालले अफगानिस्तानलाई हराएको थियो । त्यतिबेला अफगानिस्तान नेपाल जस्तै एसोसिएट राष्ट्रमध्ये एक थियो । अहिले अफगानले टेस्ट राष्ट्रको मान्यता पाइसकेको छ । जारी विश्वकपमा तहल्का मच्चाइरहेको छ । समूहका चारमध्ये तीन खेल लगातार जितेको अफगानिस्तानले न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ८४ रनले हराएको थियो । अहिले अफगानिस्तान, सेमिफाइनल पुग्न सुपर एटमा प्रतिस्पर्धा गरिरहेको छ । 

अफगानिस्तानले सन् २०१७, २२ जुनमा टेस्ट राष्ट्रको मान्यता पाएको थियो । जहाँ नेपालले तीन विश्वकप गुमायो, अफगानिस्तानले तीनवटै विश्वकपमा सहभागिता जनाएको थियो । यसले पनि नेपाली क्रिकेटको वास्तविकता देखाउँछ ।

सन् २०२४ मा नेपालसँग एउटामात्र टर्फ विकेट छ त्रिवि मैदानमा । पुल्चोक र सेन्ट जेभियर्स अस्तित्वमा नआएको धेरै भइसक्यो । यसबाहेक यो २६ वर्षमा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएको छैन । देश विश्वकप खेल्ने भइसक्यो, पूर्वाधार भने जस्ताको त्यस्तै ।

नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष विनयराज पाण्डे भन्छन्, ‘हामी यस्तो एसोसिएट राष्ट्र हौं जसले यु-१९ विश्वकपमा प्रायः सबै टेस्ट टोलीलाई हराएको छ । जतिबेला हामीले उमेर समूहमा वेस्ट इन्डिज, दक्षिण अफ्रिका जस्ता बलिया राष्ट्रलाई पराजित गरेका थियौं, त्यतिबेला अफगानिस्तानको टोली नै थिएन ।’

अर्को कुरा जारी विश्वकपमा नेपाल मात्रै त्यस्तो देश होला, जहाँ एउटा ढंगको क्रिकेट रंगशाला छैन । भौतिक पूर्वाधारका हिसाबमा हेर्ने हो भने सहभागी २० राष्ट्रमध्ये नेपाल सबैभन्दा कमजोर राष्ट्र हो । एक दशकअघिको तथ्यांक पनि यही नै थियो । नेपालले यस अवधिमा पूर्वाधारमा छलाङ मार्न सकेन । दुई दशकभन्दा लामो समयदेखि निर्माणाधीन मूलपानी क्रिकेट मैदान बल्लतल्ल खेल खेल्न लायकको बन्दै छ । छोटो फरम्याटको यो क्रिकेटमा बढ्दो लोकप्रियता र प्रतिस्पर्धाले नेपालको कमजोर पूर्वाधारमा प्रहार गरिरहेको छ । यस्तो अवस्थामा अब विकासले गति नलिने हो भने नेपाली समर्थक फेरि अर्को प्रतीक्षा गर्न बाध्य हुनुपर्नेछ ।

जतिबेला उमेर समूहमा नेपालले ठूला टोलीलाई निराश पारेको थियो, त्यही बेला क्यान क्रिकेट विकासको प्रक्रियामा लाग्नुपर्ने थियो । यो सन् २००० को सुरुआती वर्षको कुरा हो । तर, क्यानले क्रिकेट विकासलाई सहज प्रक्रियामा लान सकेन । स्पष्ट भन्दा क्यान यो विषयमा गम्भीर नै देखिएन । नेपालले पहिलो पटक सन् १९९६ मा मलेसिया गएर टर्फ विकेटमा खेलेको थियो । दुई वर्षपछि नेपालमा पनि टर्फ विकेटहरू बने । सन् १९९८ मा एक वर्षभित्रै नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान, पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस र जावलाखेलस्थित सेन्ट जेभियर्स कलेजमा टर्फ विकेट बनाएको थियो ।

सन् २०२४ मा नेपालसँग एउटामात्र टर्फ विकेट छ त्रिवि मैदानमा । पुल्चोक र सेन्ट जेभियर्स अस्तित्वमा नआएको धेरै भइसक्यो । यसबाहेक यो २६ वर्षमा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएको छैन । देश विश्वकप खेल्ने भइसक्यो, पूर्वाधार भने जस्ताको त्यस्तै ।

‘क्यानले न पूर्वाधारमा विकास गर्न सक्यो न त एकेडेमी नै संञ्चालनमा ल्याउन,’ पूर्वअध्यक्ष पाण्डे भन्छन्, ‘नेपालमा हामीले विभिन्न कन्डिसनको विकेट बनाउन सक्छौं । यहाँको वातावरण ठाउँअनुसार नै भिन्न छ । पोखरामा एउटा, भैरहवा, विराटनगर सबैमा भिन्न विकेट बनाउन सकिन्छ । अहिलेको स्थितिमा यहाँ कम्तीमा पनि आठवटा टर्फ विकेट हुनुपर्ने थियो ।’

नेपाली कप्तान रोहित पौडेलले बिहीबार मात्र पत्रकार सम्मेलनमा भनेका थिए, ‘नेपालमा हामी सबै दिउँसो क्रिकेट खेल्छौं । अवश्य पनि हामीलाई वेस्ट इन्डिजमा राति खेल्न गाह्रो भयो । तर, हामीसँग कुनै पनि विकल्प थिएन । अब भने हामीलाई आशा छ, चाँडै नै हाम्रो रंगशालामा फ्लडलाइट हुनेछ । जसले गर्दा हामी युज-टु हुन सक्छौं ।’

जे जस्तो भए पनि नेपाली टोली भर्खरै विश्व क्रिकेटको ध्यान तानेर घर फर्केको छ । योजनाबद्ध ढंगबाट अहिलेदेखि तयारी थाल्ने हो भने नेपालसँग विश्वकपमा राम्रो प्रतिनिधित्व गर्न सक्ने क्षमता छ । अहिले नेपाली टोलीमा रोहित पुस्ता चलिरहेको छ । यो पुस्तालाई पारस, ज्ञानेन्द्र पुस्तापछिको सुनौलो पुस्ताका रूपमा पनि हेरिएको छ । टोलीमा युवा जोस छ । अब उनीहरूलाई चाहिने भनेको क्यानको नैतिक र भौतिक सहयोग हो । आशा गरौं, रोहितको चाहना र नेपाली समर्थकले भोगेको एक दशकको प्रतीक्षा क्यानले राम्ररी बुझोस् ।