फाल्गुन ११, २०८२ सोमबार | २०:३४:५७
घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी
शनिबारको दिन आइसिसी विश्वकप क्रिकेट

इतिहासको पानाबाट: अस्ट्रेलियाको विश्वकप उपाधि ह्याट्रिक

काठमाडौं । सन् २००७ को आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी वेस्ट इन्डिजले प्राप्त गरेको थियो । मार्च १३ देखि अप्रिल १८ सम्म भएको एकदिवसीय विश्वकप क्रिकेटको नवौं संस्करण आठ मैदानमा खेलाइएको थियो ।

पहिलो पटक वेस्ट इन्डिजमा भएको विश्वकपमा १६ राष्ट्रको सहभागिता थियो । यो विश्वकप इतिहासमै सर्वाधिक धेरै राष्ट्रले भाग लिएको संस्करण हो । यसअघि सन् २००३ मा सर्वाधिक १४ राष्ट्रले सहभागिता जनाएका थिए ।

यो विश्वकपमा १० टेस्ट र ६ एसोसिएट राष्ट्रले सहभागिता जनाएका थिए । टेस्ट राष्ट्रका रूपमा अस्ट्रेलिया, भारत, पाकिस्तान, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे र बंगलादेश प्रतिस्पर्धी थिए ।

स्कटल्यान्डले एक संस्करणको अनुपस्थितिपछि विश्वकपमा पुनरागमन गर्दा आयरल्यान्ड र बर्मुडाको यो डेब्यू एकदिवसीय विश्वकप थियो ।

एसोसिएट राष्ट्रका रूपमा केन्या, नेदरल्यान्ड्स, क्यानडा, स्कटल्यान्ड, बर्मुडा र आयरल्यान्डले यो विश्वकप खेलेका थिए । यस विश्वकपमा गत संस्करण खेलेको नामिबिया अनुपस्थित हुँदा स्कटल्यान्ड र बर्मुडा थपिएको थियो ।  

स्कटल्यान्डले एक संस्करणको अनुपस्थितिपछि विश्वकपमा पुनरागमन गर्दा आयरल्यान्ड र बर्मुडाको यो डेब्यू एकदिवसीय विश्वकप थियो । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर एट स्थान बनाएका थिए ।

विश्वकप क्रिकेट इतिहासमा पहिलो पटक सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको यो पहिलो पटक हो । यसअघि दुई समूहमा विभाजन वा सिंगल राउन्ड पद्धतिमा एकदिवसीय विश्वकप खेलाइएको थियो ।

समूह ‘ए’ मा अस्ट्रेलिया, स्कटल्यान्ड, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स तथा समूह ‘बी’ मा श्रीलंका, भारत, बंगलादेश र बर्मुडा थिए ।  समूह ‘सी’ मा न्युजिल्यान्ड, केन्या, क्यानडा र इङ्ल्यान्ड तथा समूह ‘डी’ मा पाकिस्तान, आयरल्यान्ड, जिम्बावे र वेस्ट इन्डिज थिए ।

समूह ‘ए’ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका, समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश, समूह ‘सी’ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा समूह ‘डी’ बाट वेस्ट इन्डिज र आयरल्यान्डले सुपर एट यात्रा तय गरे ।

आयरल्यान्डले डेब्यूमै सुपर एटमा स्थान बनाउँदा गत संस्करण फाइनल खेलेको  भारत र उपाधि दाबेदार मानिएको पाकिस्तानले भने समूह चरण पनि पार गर्न सकेनन् ।

आयरल्यान्डले डेब्यूमै सुपर एटमा स्थान बनाउँदा गत संस्करण फाइनल खेलेको  भारत र उपाधि दाबेदार मानिएको पाकिस्तानले भने समूह चरण पनि पार गर्न सकेनन् ।

समूह चरणमा अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड र वेस्ट इन्डिजले शतप्रतिशत जित निकाल्दा स्कटल्यान्ड, बर्मुडा, क्यानडा र जिम्बावे जितविहीन बने । स्कटल्यान्ड, बर्मुडा र क्यानडाले तीनै खेलमा पराजय बेहोर्दा जिम्बावेले दुई हार र एक बराबरीको नतिजा निकालेको थियो ।

आयरल्यान्डले समूह चरणमा पाकिस्तानमाथि डकवर्थ लुइस पद्धतिमा तीन विकेटको जित निकाल्दै सनसनी मच्चाएको थियो । गत संस्करणमा सेमिफाइनलसम्म यात्रा तय गररे विश्व क्रिकेटलाई आश्र्चयमा पारेको केन्याले सम्झनलायक प्रदर्शन गर्न सकेन । केन्याले दुई हार र एक जितको नतिजा आत्मसात गरेको थियो ।

अन्य समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गरेपछि सुपर एटबाट अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरेका थिए । सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ७ विकेट तथा श्रीलंकाले न्युजिल्यान्डलाई ८१ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

अस्ट्रेलियाले छैटौं र श्रीलंकाले दोस्रो पटक फाइनलमा स्थान बनाएका थिए । यसअघि सन् १९८७, १९९९ र २००३ को च्याम्पियन अस्ट्रेलिया १९७५ र १९९६ मा उपविजेता बनेको थियो । श्रीलंका भने १९९६ मा अस्ट्रेलियालाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो ।

अस्ट्रेलियाले छैटौं र श्रीलंकाले दोस्रो पटक फाइनलमा स्थान बनाएका थिए । यसअघि सन् १९८७, १९९९ र २००३ को च्याम्पियन अस्ट्रेलिया १९७५ र १९९६ मा उपविजेता बनेको थियो । श्रीलंका भने १९९६ मा अस्ट्रेलियालाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो ।

बार्बाडोसको केन्सिङ्टन ओभल रंगशालामा भएको फाइनलमा श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा ५३ रनले हराउँदै अस्टे«लिया एकदिवसीय विश्वकप उपाधिमा ह्याट्रिक गर्ने पहिलो राष्ट्र बन्यो । समग्रमा अस्ट्रेलिया एकदिवसीय विश्वकप उपाधि थियो ।

वर्षाका कारण ३८ ओभरमा झारिएको खेलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै  २ सय ८१ रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका एडम गिलक्रिस्टले १ सय ४९, म्याथ्यु हेडेनले ३८ र कप्तान रिकी पोन्टिङले ३७ रन बनाए । श्रीलंकाका लासिथ मालिङ्गाले २ र दिलहरा फर्नान्डोले १ विकेट लिए । 

फेरि वर्षा बाधक बन्दा श्रीलंकाले ३६ ओभरमा २ सय ५९ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । श्रीलंकाले ३६ ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै २ सय १५ रनमात्र बनाउन सक्यो । 

सनथ जयासूर्याले ६३ र कुमार सांगकाराले ५४ रन बनाए पनि श्रीलंकालाई जित दिलाउन भने सकेनन् । अस्ट्रेलियाका माइकल क्लार्कले २, शेन वाट्सन, ग्लेन म्याकग्रा, ब्राड हग, एन्ड्रियु साइमन्ड्स र नाथन ब्रेकनले समान एक विकेट लिएका थिए ।

कुल ५१ खेल भएको प्रतियोगिता हेर्न ११ लाख ७२ हजार दर्शक रंगशाला पुगेका थिए ।  

अस्ट्रेलियाका ग्लेन म्याकग्रा सर्वोकृष्ट र सर्वाधिक विकेट लिने खेलाडी बने ।  उनले प्रतियोगिताका ११ खेलमा २६ विकेट लिएका थिए । ११ खेलमा ६ सय ५९ रन बनाएका अस्ट्रेलियन ब्याटर म्याथ्यु हेडेन विश्वकपमा सर्वाधिक रनकर्ता बने ।

कुल ५१ खेल भएको प्रतियोगिता हेर्न ११ लाख ७२ हजार दर्शक रंगशाला पुगेका थिए ।