आइसिसी विश्वकप क्रिकेट

इतिहासको पानाबाट: अस्ट्रेलियाको विश्वकप उपाधि ह्याट्रिक

काठमाडौं । सन् २००७ को आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी वेस्ट इन्डिजले प्राप्त गरेको थियो । मार्च १३ देखि अप्रिल १८ सम्म भएको एकदिवसीय विश्वकप क्रिकेटको नवौं संस्करण आठ मैदानमा खेलाइएको थियो ।

पहिलो पटक वेस्ट इन्डिजमा भएको विश्वकपमा १६ राष्ट्रको सहभागिता थियो । यो विश्वकप इतिहासमै सर्वाधिक धेरै राष्ट्रले भाग लिएको संस्करण हो । यसअघि सन् २००३ मा सर्वाधिक १४ राष्ट्रले सहभागिता जनाएका थिए ।

यो विश्वकपमा १० टेस्ट र ६ एसोसिएट राष्ट्रले सहभागिता जनाएका थिए । टेस्ट राष्ट्रका रूपमा अस्ट्रेलिया, भारत, पाकिस्तान, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे र बंगलादेश प्रतिस्पर्धी थिए ।

स्कटल्यान्डले एक संस्करणको अनुपस्थितिपछि विश्वकपमा पुनरागमन गर्दा आयरल्यान्ड र बर्मुडाको यो डेब्यू एकदिवसीय विश्वकप थियो ।

एसोसिएट राष्ट्रका रूपमा केन्या, नेदरल्यान्ड्स, क्यानडा, स्कटल्यान्ड, बर्मुडा र आयरल्यान्डले यो विश्वकप खेलेका थिए । यस विश्वकपमा गत संस्करण खेलेको नामिबिया अनुपस्थित हुँदा स्कटल्यान्ड र बर्मुडा थपिएको थियो ।  

स्कटल्यान्डले एक संस्करणको अनुपस्थितिपछि विश्वकपमा पुनरागमन गर्दा आयरल्यान्ड र बर्मुडाको यो डेब्यू एकदिवसीय विश्वकप थियो । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर एट स्थान बनाएका थिए ।

विश्वकप क्रिकेट इतिहासमा पहिलो पटक सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको यो पहिलो पटक हो । यसअघि दुई समूहमा विभाजन वा सिंगल राउन्ड पद्धतिमा एकदिवसीय विश्वकप खेलाइएको थियो ।

समूह ‘ए’ मा अस्ट्रेलिया, स्कटल्यान्ड, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स तथा समूह ‘बी’ मा श्रीलंका, भारत, बंगलादेश र बर्मुडा थिए ।  समूह ‘सी’ मा न्युजिल्यान्ड, केन्या, क्यानडा र इङ्ल्यान्ड तथा समूह ‘डी’ मा पाकिस्तान, आयरल्यान्ड, जिम्बावे र वेस्ट इन्डिज थिए ।

समूह ‘ए’ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका, समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश, समूह ‘सी’ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड तथा समूह ‘डी’ बाट वेस्ट इन्डिज र आयरल्यान्डले सुपर एट यात्रा तय गरे ।

आयरल्यान्डले डेब्यूमै सुपर एटमा स्थान बनाउँदा गत संस्करण फाइनल खेलेको  भारत र उपाधि दाबेदार मानिएको पाकिस्तानले भने समूह चरण पनि पार गर्न सकेनन् ।

आयरल्यान्डले डेब्यूमै सुपर एटमा स्थान बनाउँदा गत संस्करण फाइनल खेलेको  भारत र उपाधि दाबेदार मानिएको पाकिस्तानले भने समूह चरण पनि पार गर्न सकेनन् ।

समूह चरणमा अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड र वेस्ट इन्डिजले शतप्रतिशत जित निकाल्दा स्कटल्यान्ड, बर्मुडा, क्यानडा र जिम्बावे जितविहीन बने । स्कटल्यान्ड, बर्मुडा र क्यानडाले तीनै खेलमा पराजय बेहोर्दा जिम्बावेले दुई हार र एक बराबरीको नतिजा निकालेको थियो ।

आयरल्यान्डले समूह चरणमा पाकिस्तानमाथि डकवर्थ लुइस पद्धतिमा तीन विकेटको जित निकाल्दै सनसनी मच्चाएको थियो । गत संस्करणमा सेमिफाइनलसम्म यात्रा तय गररे विश्व क्रिकेटलाई आश्र्चयमा पारेको केन्याले सम्झनलायक प्रदर्शन गर्न सकेन । केन्याले दुई हार र एक जितको नतिजा आत्मसात गरेको थियो ।

अन्य समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गरेपछि सुपर एटबाट अस्ट्रेलिया, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरेका थिए । सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ७ विकेट तथा श्रीलंकाले न्युजिल्यान्डलाई ८१ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

अस्ट्रेलियाले छैटौं र श्रीलंकाले दोस्रो पटक फाइनलमा स्थान बनाएका थिए । यसअघि सन् १९८७, १९९९ र २००३ को च्याम्पियन अस्ट्रेलिया १९७५ र १९९६ मा उपविजेता बनेको थियो । श्रीलंका भने १९९६ मा अस्ट्रेलियालाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो ।

अस्ट्रेलियाले छैटौं र श्रीलंकाले दोस्रो पटक फाइनलमा स्थान बनाएका थिए । यसअघि सन् १९८७, १९९९ र २००३ को च्याम्पियन अस्ट्रेलिया १९७५ र १९९६ मा उपविजेता बनेको थियो । श्रीलंका भने १९९६ मा अस्ट्रेलियालाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो ।

बार्बाडोसको केन्सिङ्टन ओभल रंगशालामा भएको फाइनलमा श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा ५३ रनले हराउँदै अस्टे«लिया एकदिवसीय विश्वकप उपाधिमा ह्याट्रिक गर्ने पहिलो राष्ट्र बन्यो । समग्रमा अस्ट्रेलिया एकदिवसीय विश्वकप उपाधि थियो ।

वर्षाका कारण ३८ ओभरमा झारिएको खेलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै  २ सय ८१ रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका एडम गिलक्रिस्टले १ सय ४९, म्याथ्यु हेडेनले ३८ र कप्तान रिकी पोन्टिङले ३७ रन बनाए । श्रीलंकाका लासिथ मालिङ्गाले २ र दिलहरा फर्नान्डोले १ विकेट लिए । 


फेरि वर्षा बाधक बन्दा श्रीलंकाले ३६ ओभरमा २ सय ५९ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । श्रीलंकाले ३६ ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै २ सय १५ रनमात्र बनाउन सक्यो । 

सनथ जयासूर्याले ६३ र कुमार सांगकाराले ५४ रन बनाए पनि श्रीलंकालाई जित दिलाउन भने सकेनन् । अस्ट्रेलियाका माइकल क्लार्कले २, शेन वाट्सन, ग्लेन म्याकग्रा, ब्राड हग, एन्ड्रियु साइमन्ड्स र नाथन ब्रेकनले समान एक विकेट लिएका थिए ।

कुल ५१ खेल भएको प्रतियोगिता हेर्न ११ लाख ७२ हजार दर्शक रंगशाला पुगेका थिए ।  

अस्ट्रेलियाका ग्लेन म्याकग्रा सर्वोकृष्ट र सर्वाधिक विकेट लिने खेलाडी बने ।  उनले प्रतियोगिताका ११ खेलमा २६ विकेट लिएका थिए । ११ खेलमा ६ सय ५९ रन बनाएका अस्ट्रेलियन ब्याटर म्याथ्यु हेडेन विश्वकपमा सर्वाधिक रनकर्ता बने ।

कुल ५१ खेल भएको प्रतियोगिता हेर्न ११ लाख ७२ हजार दर्शक रंगशाला पुगेका थिए ।