पुस १६, २०८२ बिहीबार | १०:५१:२३
अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा
शनिबारको दिन ज्ञानेन्द्र मल्ल

अब मैदानमा देखिने छैनन् ज्ञानेन्द्र

काठमाडौं । कुनै समय नेपाली क्रिकेटमा अहिलेको जस्तो चमक थिएन । अहिले पनि सबथोक नै कहाँ राम्रो हो र, तर जतिबेला ज्ञानेन्द्र मल्लले क्रिकेट खेल्न थालेका थिए, नेपाली क्रिकेट पक्कै पनि अहिलेको जस्तो थिएन। उनले निर्णय गरेका थिए, ‘क्रिकेट नै खेल्ने छु।’

आखिरमा उनले नेपाली क्रिकेटमा १८ वर्ष बिताए । जतिबेला उनले क्रिकेट खेलाडीका रूपबाट संन्यास लिने घोषणा गरे, कम्तीमा नेपाली क्रिकेटले केही प्रगति त गरेकै छ । यस्तोमा एउटा अध्याय नै सकिएको छ, ज्ञानेन्द्रको संन्यास घोषणासँगै ।

जतिबेला नेपालले एसियाको महाशक्ति भारत र पाकिस्तानको सामना गर्न लागेको छ, त्यही बेला नेपाली टोलीमा ज्ञानेन्द्र हुने छैनन् ।

यतिबेला नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय त्रिकेटमा सबैभन्दा ठूलो चुनौती सामना गर्न लागेको छ, त्यही बेला उनको संन्यास घोषणा अगाडि आएको छ । त्यसो भनेको नेपालले एसिया कप खेल्न लागेको छ । जतिबेला नेपालले एसियाको महाशक्ति भारत र पाकिस्तानको सामना गर्न लागेको छ, त्यही बेला नेपाली टोलीमा ज्ञानेन्द्र हुने छैनन् ।

उनले बहादुरीपूर्ण निर्णय गरे, ‘यही त हो, संन्यास लिने उपयुक्त समय’ भनेर । ज्ञानेन्द्रले नेपाली क्रिकेटका लागि आफू बोझ हुन चाहेनन् । उनले वास्तवमै संन्यास लिनका लागि उपयुक्त समय छाने । अबदेखि आफूले नखेल्ने घोषणा गर्न पाए ।

सन् २००५ मा एसिसी यू(१५ टिमबाट उनले नेपालका लागि खेल्न सुरु गरेका थिए । त्यही वर्ष उनले यू.१७ पनि खेले । अनि यू(१९ पनि । सन् २००६ मा इन्टरकन्टिनेन्टल कपमा पहिलो पटक नेपालका लागि खेल्ने अवसर पाए उनले ।

संन्याससँगै उनको पुस्ताका क्रिकेट खेलाडीको एउटा कालखण्डमा पनि पूर्णविराम लागेको छ ।

ज्ञानेन्द्रले सन् २०१४ मा ट्वान्टी-ट्वान्टी विश्वकप पनि खेले, अनि डिभिजन फाइभबाट आधिकारिक रूपमा वान डे अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता प्राप्तसम्मको साक्षी पनि बने । राष्ट्रिय टोलीको कप्तान र उपकप्तानको भूमिकामा रहे । संन्याससँगै उनको पुस्ताका क्रिकेट खेलाडीको एउटा कालखण्डमा पनि पूर्णविराम लागेको छ ।

जति समय क्रिकेटमा बिताए, उनी यो खेलकै एक महत्त्वपूर्ण पात्र रहे । अहिलेको राष्ट्रिय टिममा उनी नै सर्वाधिक अनुभवी खेलाडी थिए । यसक्रममा कहिले विवादको पात्र पनि बने, कहिले उनको उत्तिकै आलोचना पनि भयो । तर, जति समय क्रिकेट खेले, राम्रै खेले ।

नेपाली क्रिकेटले उनलाई कहिले पनि बिर्सन सक्ने छैन । कुनै न कुनै रूपमा अनि मोडमा नेपाली क्रिकेटलाई उनको आवश्यकता परिरहने छ नै ।

ज्ञानेन्द्रलाई लिएर सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, उनको आकर्षक ब्याटिङ गर्ने शैली । उनलाई स्टाइलिस्ट ब्याटर भन्दा हुन्छ । उनले जसरी बलको सामना गर्छन् र त्यसलाई खेल्ने प्रयास गर्छन्, त्यो खुबै मीठो हुने गर्छ । हेर्दा पनि हेरिरहुँ जस्तो ।

अब यिनै खेलाडीलाई आम क्रिकेटप्रेमीले क्रिकेट मैदानमा देख्न पाउने छैन । नेपाली क्रिकेटमा पुर्‍याएको अभुतपूर्व योगदानका लागि ज्ञानेन्द्रलाई हार्दिक आभार । र, धन्यवाद पनि । नेपाली क्रिकेटले उनलाई कहिले पनि बिर्सन सक्ने छैन । कुनै न कुनै रूपमा अनि मोडमा नेपाली क्रिकेटलाई उनको आवश्यकता परिरहने छ नै ।