माघ ३, २०८२ शनिबार | १३:३५:११
कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो
शनिबारको दिन एसेस शृंखला

हारेर जित्नेलाई इङ्ल्यान्ड भनिन्छ किन ?

काठमाडौं । त्यसैले त टेस्ट क्रिकेटलाई धेरैले माया गर्छन् । केहीले भन्ने गर्छन्, अचेलको क्रिकेट ट्वान्टी(ट्वान्टी हो । एकदिवसीय पनि होइन । तर, जुन मिठास टेस्ट क्रिकेटमा छ, त्यो अरू कतै छैन । भर्खरै इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको पाँच खेलको एसेज क्रिकेट सिरिज सकियो ।

यसले फेरि एकपल्ट टेस्ट नै वास्तविक क्रिकेट हो भनेर देखाएको छ । सिरिज २(२ को बराबरीमा रह्यो । तर एसेज भने अस्ट्रेलियाको पक्षमा गयो । अझ भनौं, अस्ट्रेलियाले यसको रक्षा र्गयो । यस्तो किनभन्दा पछिल्लो सिरिज अस्ट्रेलियाले नै जितेको थियो ।

भावनात्मक रूपमा भन्दा इङ्ल्यान्ड विजयी जस्तै रह्यो । त्यसैले मज्जाले भन्न सकिन्छ, हारेर पनि जित्नेलाई इङ्ल्यान्ड भनिन्छ । 

इङ्ल्यान्डले पनि यो सिरिज गुमाएन । अझ भावनात्मक रूपमा भन्दा इङ्ल्यान्ड विजयी जस्तै रह्यो । त्यसैले मज्जाले भन्न सकिन्छ, हारेर पनि जित्नेलाई इङ्ल्यान्ड भनिन्छ । अस्ट्रेलियाले सुरुआती दुवै टेस्ट जितेको थियो ।

दुवैमा इङ्ल्यान्डको जितको सम्भावना उत्तिकै थियो, तर खेल अस्ट्रेलियाको पक्षमा गयो । बर्मिङ्घममा भएको पहिलो टेस्ट अस्ट्रेलियाले २ विकेटले जितेको थियो भने लर्डसमा भएको दोस्रो टेस्टमा ४३ रनले सफलता पायो ।

लर्डसमा जितका लागि ३ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३ सय २७ रनमा अलआउट भयो । त्यसमा कप्तान बेन स्टोक्सले १ सय ५५ रनको सानदार इनिङ्स खेले । सिरिजमा अस्ट्रेलिया २-० ले अगाडि रहेपछि सबैले भन्न थालेका थिए, अब इङ्ल्यान्डले गर्न सक्ने केही होइन ।

तर होइन, खासमा अस्ट्रेलियाले त्यसपछि केही गर्न सकेन । लिड्समा भएको तेस्रो टेस्ट इङ्ल्यान्डले तीन विकेटले जित्यो । दोस्रो इनिङ्समा इङ्ल्यान्डले सफलतापूर्वक २ सय ५१ रनको लक्ष्य पछ्याएको थियो ।

म्यानचेस्टरमा भएको चौथो टेस्ट भने बराबरीमा टुंगियो । इङ्ल्यान्ड पूर्णतः जितको संघारमा थियो, तर वर्षाले उसलाई सफलता चुम्न दिएन । ओभलमा भएको पाँचौं टेस्ट पनि वर्षाले प्रभावित रह्यो । यसपल्ट वर्षाले पनि इङ्ल्यान्डलाई रोक्न सकेन ।

त्यसमा इङ्ल्यान्ड ४९ रनले विजयी रह्यो । जितका लािग ३ सय ८४ रन पछ्याएको अस्ट्रेलिया ३ सय ३४ रनमा अलआउट भएको थियो । भनेपछि प्रश्न हो, यो सिरिजको वास्तविक विजेता को रह्यो त ? इङ्ल्यान्ड नै हो नि, होइन र ? 

सिरिजसँगै इङ्ल्यान्डका एक उत्कृष्ट बलर स्टुवार्ट ब्रोडले संन्यास लिए । उनले नै हो अन्तिम टेस्टमा अन्तिम विकेट लिएको ।

यस सिरिजसँगै इङ्ल्यान्डका एक उत्कृष्ट बलर स्टुवार्ट ब्रोडले संन्यास लिए । उनले नै हो अन्तिम टेस्टमा अन्तिम विकेट लिएको । उनले कुल ६ सय ४ विकेट लिएका छन् । यही एउटा आँकडाले देखाउँछ, उनी कत्तिको माथिल्लो स्तरका बलर हुन् ।