चैत्र १६, २०८२ सोमबार | १३:१२:४४
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित
शनिबारको दिन

एसेजको रोमाञ्च जीवितै

काठमाडौं । हेडिङ्लेमा भएको तेस्रो एसेज टेस्ट क्रिकेट वास्तवमै रोमाञ्चक रह्यो । एक समय लागिरहेको थियो, यो खेल जित्ने अस्ट्रेलिया नै हो । अस्ट्रेलियाले यो खेल जितेको भए शृंखलाको रोमाञ्चकता नै समाप्त हुन्थ्यो । टेस्ट क्रिकेटको मज्जा किरकिर हुन्थ्यो ।

सुरुआती दुई टेस्ट जितेको अस्ट्रेलियाले शृंखलामा ३-० को निर्णायक अग्रता लिन्थ्यो । धन्न, त्यस्तो भएन । खेल इङ्ल्यान्डले रोमाञ्चक ढंगले जित्यो । इङ्ल्यान्डको जित अन्तर थियो ३ विकेटमात्रै । यस्तोमा शृंखला २-१ को स्थितिमा रह्यो रोमाञ्चक कायमै हुने गरी ।

जितका लागि २ सय ५१ रनको लक्ष्य पाएको इङ्ल्यान्डले ७ विकेट गुमाएर त्यसलाई हात पार्यो । खेल वास्तवमै कति रोमाञ्चक मात्र होइन, तनावपूर्ण थियो भने इङलिस कप्तान बेन स्टोक्सले पनि ढुक्क भएर त्यसलाई हेर्न सकेनन् । दबाबमै रहे उनी ।

यो जितपछि शृंखला जित्ने संघारमा रहेको अस्ट्रेलिया उल्टै दबाबमा आएको छ । अब बाँकी दुई टेस्टमा के हुनेछ, त्यो खुबै रमाइलो हुनेछ । इङ्ल्यान्डले यी दुवै टेस्ट जितेर शृंखला कब्जा गर्नका लागि भरपूर प्रयास गर्नेछ, यसमा कुनै शंका छैन ।

इङ्ल्यान्डको यो जितले एउटा कुरा अर्को पनि भएको छ । यो हो, टोलीको आक्रामक भएर खेल्ने शैली कायम नै रहनेछ । नत्र सुरुआती दुई टेस्ट गुमाउँदा इङ्ल्यान्डको यो रणनीति आफैंमा दबाबमा आइसकेको थियो ।

अचेल इङ्ल्यान्डले खेल्ने शैलीलाई ‘बज बल’ भनिन्छ । यो शैलीमा खेल्दा इङ्ल्यान्ड खुबै आक्रामक देखिन्छ । ब्याटिङमात्र होइन, बलिङ गर्दा अनि अन्य निर्णयमा पनि । जस्तो इङ्ल्यान्डले पहिलो टेस्टमा पहिलो दिन समाप्त नहुँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

यो निर्णयको खुबै आलोचना भयो । यो त टेस्ट खेल्ने पारा नै भएन भन्ने कुरा पनि आए । खासमा इङ्ल्यान्डले ‘बज बल’ कै पाराले खेलेर यसअघिका टेस्टमा लगातार जित निकालेको थियो । अस्ट्रेलियाविरुद्ध यो केही हदसम्म कमजोर देखियो ।

तर, तेस्रो टेस्टमा प्राप्त जितले यो शंका पनि समाप्त भएको छ । जतिबेलासम्म इङ्ल्यान्डका कप्तान स्टोक्स रहनेछन्, त्यतिबेलासम्म प्रशिक्षकमा ब्रेन्डन म्याककलम रहनेछन् । उनीहरूको खेल्ने शैली फेरिने छैन । र, टेस्ट क्रिकेटलाई चाहिने भनेको यही त हो ।