चैत्र १३, २०८२ शुक्रबार | १०:५२:३४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
शनिबारको दिन

इङ्ल्यान्डको नीति उस्तै आक्रामक

काठमाडौं । विश्व त्रिकेटमा पछिल्लो समय आएको एक ठूलो परिवर्तन हो, अत्यधिक आक्रामक भएर खेल्ने । त्यो पनि टेस्ट क्रिकेटमा । यो शैलीका लागि हामीले इङ्ल्यान्डलाई धन्यवाद दिनुपर्छ । अहिले इङ्लिस टेस्ट टिमको कप्तान रहेका छन्, बेन स्टोक्स । प्रशिक्षक भने ब्रेन्डन म्याककलम । यी दुईको जोडी टिममा के जुर्यो, इङ्ल्यान्डकोे आक्रामक शैली वास्तवमै हेरिनसक्नु छ ।

यो शैलीमा डर र चिन्ता भन्ने नै हुन्न । न त हारको चिन्ता । बरू एउटै डर हुन्छ, कतै टेस्ट निरस बराबरीमा टुंगिने त होइन ? यही नीति लिएर इङ्ल्यान्डले आफूले खेलेका पछिल्ला १२ टेस्टमध्ये १० मा जित निकालेको छ । यो नीति अब पनि जारी रहन्छ त ? यो प्रश्न हो, अबको एसेज शृंखलालाई लिएर ।

विश्व खेलकुदकै सबैभन्दा पुरानो प्रतिस्पर्धामा पर्छ एसेज । त्यसमा भिड्ने गर्छन्, इङ्ल्यान्ड र अस्ट्रेलिया । खुबै लोकप्रिय छ यो सिरिज । दुवै देशका लागि यो प्रतिष्ठाको सिरिज पनि हो । यसैबीच केही वर्ष भयो टेस्ट क्रिकेटको लोकप्रियता कम हुन थालेको । ट्वान्टी ट्वान्टी क्रिकेटको जन्मपछि एकदिवसीय क्रिकेट त सुकेकै छ, यसको असर टेस्ट त्रिकेटमा पनि पर्न थालेको छ ।

अब क्रिकेटको सर्वोच्च शैली त मर्न भएन नि । यसलाई बचाउने सञ्जीवनीका रूपमा अगाडि आएको हो, यही इङ्ल्यान्डको आक्रामक नीति । कतै एसेज सिरिज भनेर इङ्ल्यान्डले जोगिएर खेल्ने त होइन ? होइन, यस्तै भन्छन् कप्तान बेन स्टोक्स । ‘एसेज हो भनेर हामीले आफ्नो नीतिमा परिवर्तन गर्ने छैनौं, उस्तै खेल्नेछौं,’ उनी भन्छन् ।

स्टोक्स थप्छन्, ‘एसेजमा जति पनि खेल हुनेछन्, त्यसको पक्कै नतिजा आउने छ, यसमा शंका नलिए हुन्छ । स्कोर के कस्तो हुनेछ, त्यसमा पनि चिन्ता लिनुपर्दैन । जस्तै परिस्थितिमा पनि हामीले खेल्ने भनेकै आक्रामक हो । पक्कै एसेजमा केही थप दबाब हुनेछ, सबै खेलाडी यस्तै भन्छन् । तर हामी फेरिने छैनौं ।’रमाइलो के भने इङ्ल्यान्डको यो नीति अब त्यहाँको घरेलु काउन्टी क्रिकेटमा पनि देखा पर्न थालेको छ । त्यहाँ पनि काउन्टी टिमले स्पष्ट नतिजाका लागि खेल्न थालेका छन् । सबैको एउटा तथ्यमा सहमति छ, निराशाजक बराबरीको फाइदा नै के र ? नतिजा अनिवार्य छ । यसका लागि केही न केही हदसम्म आक्रामक भएर खेल्नु नै छ ।