माघ १, २०८२ बिहीबार | २३:१३:३०
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित
शनिबारको दिन

इङ्ल्यान्डको नीति उस्तै आक्रामक

काठमाडौं । विश्व त्रिकेटमा पछिल्लो समय आएको एक ठूलो परिवर्तन हो, अत्यधिक आक्रामक भएर खेल्ने । त्यो पनि टेस्ट क्रिकेटमा । यो शैलीका लागि हामीले इङ्ल्यान्डलाई धन्यवाद दिनुपर्छ । अहिले इङ्लिस टेस्ट टिमको कप्तान रहेका छन्, बेन स्टोक्स । प्रशिक्षक भने ब्रेन्डन म्याककलम । यी दुईको जोडी टिममा के जुर्यो, इङ्ल्यान्डकोे आक्रामक शैली वास्तवमै हेरिनसक्नु छ ।

यो शैलीमा डर र चिन्ता भन्ने नै हुन्न । न त हारको चिन्ता । बरू एउटै डर हुन्छ, कतै टेस्ट निरस बराबरीमा टुंगिने त होइन ? यही नीति लिएर इङ्ल्यान्डले आफूले खेलेका पछिल्ला १२ टेस्टमध्ये १० मा जित निकालेको छ । यो नीति अब पनि जारी रहन्छ त ? यो प्रश्न हो, अबको एसेज शृंखलालाई लिएर ।

विश्व खेलकुदकै सबैभन्दा पुरानो प्रतिस्पर्धामा पर्छ एसेज । त्यसमा भिड्ने गर्छन्, इङ्ल्यान्ड र अस्ट्रेलिया । खुबै लोकप्रिय छ यो सिरिज । दुवै देशका लागि यो प्रतिष्ठाको सिरिज पनि हो । यसैबीच केही वर्ष भयो टेस्ट क्रिकेटको लोकप्रियता कम हुन थालेको । ट्वान्टी ट्वान्टी क्रिकेटको जन्मपछि एकदिवसीय क्रिकेट त सुकेकै छ, यसको असर टेस्ट त्रिकेटमा पनि पर्न थालेको छ ।

अब क्रिकेटको सर्वोच्च शैली त मर्न भएन नि । यसलाई बचाउने सञ्जीवनीका रूपमा अगाडि आएको हो, यही इङ्ल्यान्डको आक्रामक नीति । कतै एसेज सिरिज भनेर इङ्ल्यान्डले जोगिएर खेल्ने त होइन ? होइन, यस्तै भन्छन् कप्तान बेन स्टोक्स । ‘एसेज हो भनेर हामीले आफ्नो नीतिमा परिवर्तन गर्ने छैनौं, उस्तै खेल्नेछौं,’ उनी भन्छन् ।

स्टोक्स थप्छन्, ‘एसेजमा जति पनि खेल हुनेछन्, त्यसको पक्कै नतिजा आउने छ, यसमा शंका नलिए हुन्छ । स्कोर के कस्तो हुनेछ, त्यसमा पनि चिन्ता लिनुपर्दैन । जस्तै परिस्थितिमा पनि हामीले खेल्ने भनेकै आक्रामक हो । पक्कै एसेजमा केही थप दबाब हुनेछ, सबै खेलाडी यस्तै भन्छन् । तर हामी फेरिने छैनौं ।’रमाइलो के भने इङ्ल्यान्डको यो नीति अब त्यहाँको घरेलु काउन्टी क्रिकेटमा पनि देखा पर्न थालेको छ । त्यहाँ पनि काउन्टी टिमले स्पष्ट नतिजाका लागि खेल्न थालेका छन् । सबैको एउटा तथ्यमा सहमति छ, निराशाजक बराबरीको फाइदा नै के र ? नतिजा अनिवार्य छ । यसका लागि केही न केही हदसम्म आक्रामक भएर खेल्नु नै छ ।