चैत्र १५, २०८२ आइतबार | १५:४९:३१
नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा
शनिबारको दिन

एनबिएको ७५ वर्ष : सामान्य, समृद्धि र संवाहक

सन् १९४६ मा सुरु भएको थियो, ११ टिम र १ सय ६० खेलाडीसहित । त्यतिबेला स्टक क्लब भन्ने नै थिएन । न त थ्री प्वाइन्टको नियम सुरु भइसकेको थियो ।

कोर्टलाई छोपेका घर पनि साना–साना थिए । अनि खेलाडी पनि । प्रतियोगिताको नाम आफैं पनि नेसनल बास्केटबल एसोसिएसन थिएन । अहिले यही एनबिए ७५ वर्षको भएको छ । प्रत्येक दृष्टिकोणबाट अहिलेको एनबिए फरक छ । सबैभन्दा ठूलो यसले सामान्य सुरुआत लिएको थियो । अहिले यो अपार समृद्धिबाट गुज्रिइरहेको छ । अबको २५ वर्षमा एनबिए आफैमा सय वर्षको हुनेछ । एक शताब्दी, यो त धेरै समय भयो । त्यतिबेला एनबिए आफै कस्तो हुने होला, खालि कल्पना गर्न सकिन्छ ।

अहिले भने वर्तमानमै झरौैं । ओसिस स्केचमन त्यस्तो पहिलो खेलाडी थिए, जसले प्रतियोगिताको इतिहासमा पहिलो अंक बटुले । उनको पारिश्रमिक थियो, प्रत्येक खेलको ६० डलर । यही एउटा मानकले पनि देखाउँछ, बास्केटबल र यो प्रतियोगिता आफै कति परिवर्तन भएको छ भनेर ।

सुरुआती दिन टिमहरू आफै गरिब थिए, त्यसमाथि घाटामा जान्थे । कतिपय टिम एकै वर्षमात्र टिके र हराए पनि । अमेरिकी समाजमा प्रतियोगिताको कुनै मूल्य थिएन । किनभने जति पनि खेलाडी थिए, ती सबै गोरा थिए, काला थिएनन् ।

सन् २०२० मा दिएको एक अन्तर्वार्तामा तिनै स्केचमनले भनेका थिए, ‘त्यो पहिलो सिजनका खेलाडीले पक्कै पनि सोचेका थिएनन्, यो प्रतियोगिता पछि गएर यति ठूलो हुनेछ भनेर ।’

 तीन वर्षअगाडि यी स्केचमनको निधन पनि भइसकेको छ । उनी प्रतियोगिताले पूरा विश्वमा पाएको लोकप्रियताका कारण आफै अचम्म पनि मान्थे । प्रतियोगिता सुरु भएको तीन वर्षपछि मात्र यसले एनबिए नाम पाएको थियो ।

अहिले तत्काल एनबिएमा ३० फ्रेन्चाइज टिम छन् । यी सबैको मूल्य जोड्दा सय बिलियन डलर पुग्दछ । सायद योभन्दा पनि बढी । अचेल यसका समर्थक विश्वका चारै कुनामा छन् । त्योभन्दा यसले दिने सन्देश ठूलो छ ।

एनबिएले अमेरिकामा श्वेत र अश्वेतबीचको खाडल पुर्न मद्दत गरेको छ । अझभन्दा अश्वेत खेलाडीले कुनै एक खेलमा यति धेरै ख्याति कमाएको छ भने त्यो एनबिए नै हो । यहाँनिर यी अश्वेत खेलाडीले कति कमाए, त्यो नजोडौं । एनबिए त्यस्तो प्रतियोगिता साबित भएको छ, जहाँबाट अश्वेत खेलाडीले खेलेर नै समानताका मुद्दा उठाएका छन् । समान सामाजिक व्यवहारका लागि मुद्दा स्थापित गरेका छन् र यसलाई बहसको कोर्टमा उतारेका छन् ।

प्रतियोगिता सुरु हुने बेला अमेरिकामा अश्वेतप्रति गरिने व्यवहार नै फरक थियो । अझभन्दा चर्को भेदभाव हुने गथ्र्यो । जुन पटक्कै स्वीकार्न सकिन्नथ्यो । तर यसमा परिवर्तनका लागि समय त चाहिने नै भयो । समयसँगै एनबिएले अमेरिकी समाजमा निकै सकारात्मक परिवर्तन ल्याउन मद्दत गरेको थियो । यस्तोमा भन्न कर लाग्छ, एनबिए खालि बास्केटबलको कुनै एक प्रतियोगितामात्र रहेन । यो त परिवर्तनको संवाहक पनि हो ।

(एपीले प्रेसित गरेको समाचारको सहयोगमा)