काठमाडौं । सायना नेहवाल । भारतीय ब्याडमिन्टनले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम । उनी कति राम्रा खेलाडी हुन् भने एक समय उनी विश्वकी नम्बर वान खेलाडी बनिन् ।
भारतीय ब्याडमिन्टनले अहिलेसम्म दुई जना मात्रै नम्बर वान खेलाडी पाएको छ । त्यसमा एक प्रकाश पादुकोण रहे त अर्को सायना । त्यसको अर्थ महिला खेलाडीमध्ये विश्व वरीयताको शीर्षमा पुग्ने उनी भारतकी एक्लो खेलाडी हुन् । यत्तिको परिचयले सबथोक भन्छ ।
त्यसो त उनीबारे खेलका तथ्यांक बुझ्न केही गाह्रो छैन । ती सजिलै उपलब्ध छन् । तर, त्यसभित्र लुकेको कथा भने भिन्न छ । यी ३४ वर्षीया खेलाडीले ब्याडमिन्टन खेलाडी बन्न के कस्तो मिहिनेत, संघर्ष, त्याग र बलिदान दिनुप¥यो त ? यो बुझ्न भने उनको आत्मकथा जत्तिको राम्रो अरू के हुन सक्छ ?
पेंगुइनले सन् २०१२ मै उनको आत्मकथा बजारमा ल्याएको थियो । त्यो अंग्रेजीमा थियो । नाम थियो, ‘सायना नेहवाल प्लेइङ टु विन’ ।
यी दक्षिण एसियाबाहिरका खेलाडीको हुर्काइ र सोच्ने शैली नै हाम्रोभन्दा फरक छ । यसको राम्रो छनक सायनाले यसै किताबबाट दिन खोजेकी छन् । हाम्रा क्षेत्रका खेलाडी हाम्रै परिवेश, हाम्रो सोच्ने शैलीबाट बनेका हुन्छन्, प्रदर्शन पनि त्यसै अनुसार हुन्छ ।
यो किताब प्रकाशित भएको एक वर्षपछि त्यसको हिन्दी संस्करण पनि बजारमा आएको थियो । त्यसको नाम छ, ‘सायना नेहवाल, मेरा र्याकेट मेरी दुनिया’ । यस किताबको आवरणको तलतिर यस्तो पनि लेखिएको छ, ‘मैदान के अन्दर और बाहर’ ।
हामी अहिले यही हिन्दी संस्करणको कुरा गरिरहेका छौं । र, यो उत्तिकै पढ्नलायक छ । हिन्दी भाषाको आफ्नै फरक मोहकता छ र यसले पस्कने रोमाञ्चकता मीठो हुने गर्छ ।
यसका लागि कम्तीमा एकपटक यो आत्मकथा पढ्न आवश्यक हुन्छ । हामीसँग खेलाडीका आत्मकथाले किताबको आकार लिएको धेरै उदाहरण छन् । त्यसमा अधिकांश हाम्रो दक्षिण एसियाबाहिरका छन् ।
सायनाले भारतीय खेलकुदले पाउने दुई ठूला सम्मान पद्मश्री र खेलरत्न पाएकी छन् । भर्खर २२ वर्षको हुँदा नै उनले ओलम्पिक पदक जितिसकेकी थिइन् । त्यसो त भारतले विश्व ब्याडमिन्टनमा राम्रो पकड राखेको छ ।
यी दक्षिण एसियाबाहिरका खेलाडीको हुर्काइ र सोच्ने शैली नै हाम्रोभन्दा फरक छ । यसको राम्रो छनक सायनाले यसै किताबबाट दिन खोजेकी छन् । हाम्रा क्षेत्रका खेलाडी हाम्रै परिवेश, हाम्रो सोच्ने शैलीबाट बनेका हुन्छन्, प्रदर्शन पनि त्यसै अनुसार हुन्छ ।
उनले ठीकै भनेकी छन्, ‘म भारतीय खेलाडी हुँ, यसैले मेरो परिभाषा दिन्छ । जतिबेला म खेल्छु, त्यो म मात्र हुन्न । मेरो परिवार, मेरो प्रशिक्षक र पूरा देश हुने गर्छ ।’
सायनाले भारतीय खेलकुदले पाउने दुई ठूला सम्मान पद्मश्री र खेलरत्न पाएकी छन् । भर्खर २२ वर्षको हुँदा नै उनले ओलम्पिक पदक जितिसकेकी थिइन् । त्यसो त भारतले विश्व ब्याडमिन्टनमा राम्रो पकड राखेको छ । सायनाले यो वृत्तलाई अझ फराकिलो बनाएकी छन् ।
पुस्तकमा सायनाको पूरापूर परिचय त छँदै छ । केही खास खास तस्बिर छन् । सुरुमै उनले आफ्नो परिवार र आफू कसरी हुर्किएँ भन्ने चर्चा गरेकी छन् । उनको जीवनमा महत्त्वपूर्ण पात्र धेरै छन् । त्यसमा सबैभन्दा पहिलो त परिवार नै रह्यो ।
सायनाको परिचय खेलाडीको मात्र होइन, छोरी, बहिनी, विद्यार्थी र एक आम महिलाको रूपमा पनि छ ।
त्यसपछि प्रशिक्षक र उनको खेलजीवनमा कुनै न कुनै रूपमा सहयोग गर्नेहरू । सायनाले ती सबैको चर्चा गरेकी छन् । उनले जिल्लास्तरीय प्रतियोगितादेखि ओलम्पिकसम्म पदक जितिन्, त्यो कस्तो रह्यो त ?
यसबारे पनि खुलेर लेखेकी छन् । अनि उनको सफलता, यसका लागि उनले गरेको मिहिनेत, खेलजीवनमा बेहोरेको उतारचढाव यसमा वर्णन गरिएको छ । सायनाको परिचय खेलाडीको मात्र होइन, छोरी, बहिनी, विद्यार्थी र एक आम महिलाको रूपमा पनि छ । यी फरक फरक भूमिकाबारे उनी के सोच्छिन् त ? बुझ्ने इच्छा छ भने यो पुस्तक एकपल्ट पढ्न अत्यावश्यक नै छ । पत्रकार शिशुराज यादवले यसको हिन्दीमा अनुवाद गरेका हुन् ।