Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

तेस्रो टेस्टको हारले सबथोक सकिएको छैन : कोहली

लन्डन, (खेलाडी)- भारतका कप्तान विराट कोहलीले तेस्रो टेस्टमा इङ्ल्यान्डसँगको लज्जास्पद हारले टोलीलाई धक्का पुगे पनि त्यसलाई नकारात्मक रुमपा नलिने प्रतिक्रिया दिएका छन् ।

शनिबार सकिएको टेस्टमा भारत इङ्ल्यान्डसँग एक इनिङ र ७६ रनले पराजित भएको थियो । जेम्स एन्डरसनको धारिलो बलिङसामु भारतीय ब्याट्सम्यानहरु निरिह हुँदा पहिलो इनिङमा कोहलीको टोली ७८ रनमा सिमित भएको थियो । 

भारत चौथो दिन इङ्ल्यान्डका ओली रोबिन्सनको उत्कृष्ट बलिङमा दोस्रो इनिङमा २ सय ७८ रनमा अलआउट भएको थियो । 

इङ्ल्यान्डले पहिलो इनिङमा ४ सय ३८ रन जोड्दै ३ सय ५४ रनको अग्रता बनाएको थियो । 

पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्ट भारतले १ सय ५१ रनले जितेको थियो । तेस्रो टेस्टमा सानदार जितका साथ इङ्ल्यान्डले पाँच टेस्टको शृखला १-१ को बराबरीमा ल्याएको हो ।

‘हामी पहिलो दिनबाटै निहिर देखियौं,’ कोहलीले भने, ‘कसैले पनि सम्हालिएको प्रदर्शन गर्न सकेन् । हामीले पहिलो इनिङमा इङ्ल्यान्डलाई निरन्त्रणमा राख्न सकेनौं । अन्तत हामी खेलमा फर्कर्न नसक्दा लज्जास्पद हार बेहोर्न बाध्य भयौं ।’

२१५-२ बाट चौथो दिनको खेल सुरु गरेको भारतले थप ६८ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । 

‘हामीले घरेलु टोलीसँग स्वभाविक खेल खेल्न नसकेकै हो । तर डराएर खेलेको होइन,’ कोहलीले भने, ‘हामीले सक्दो प्रयास गरे पनि खेल जोगाउन सकेनौं । हामीले लडर्समा भएको खेल जित्दै शृंखलमा अग्रता लियौं । त्यहाँ जित्दैमा अन्य सबै खेल जितिन्छ भन्ने होइन । त्यस्तै आजको हारले सबै सम्भावना सकियो भन्ने पनि छैन । टोलीले धैर्य देखाउन आवश्यक छ । हामीसँग अझै २ खेल बाँकी नै छन् ।’

चौथो टेस्ट बिहीबारबाट ओभलमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

\