Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

औबामेयाङको ह्याट्रिकप्रेरित आर्सनलको फराकिलो जित

लन्डन, (खेलाडी)- पिरे इमेरिक औबामेयाङको ह्याट्रिकप्रेरित आर्सनलले बुधबार वेस्ट ब्रोममाथि ६-० को रवाफिलो जितका साथ इङलिस लिग कपको तेस्रो चरणमा स्थान पक्का गरेको छ ।

जारी सिजन आर्सनलले जितको स्वाद चाखेको यो नै पहिलो खेल हो । यसअघि आर्सनल इङलिस प्रिमियर लिगका सुरुआति दुवै खेलमा पराजित भएपछि दबाबमा परेको थियो ।

आर्सनलको सानदार जितमा औबामेयाङले ह्याट्रिक पूरा गर्दा निकोलास पेपे, बुकायो साका र एलेक्जेन्डर लाकाजेटले एकएक गोल गरेका थिए ।

दोस्रो मिनेटमा औबामेयाङले आर्सनलका लागि गोलको खाता खोलेका थिए । ३९औैं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । 

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पेपेले आर्सनलको अग्रता ३-० मा पुर्‍याएका थिए । ५०औै मिनेटमा गोल गर्दै साकाले आर्सनलाई सानदार जिततर्फ डोहोर्‍याउने संकेत गरेका थिए । 

६३औं मिनेटमा औबामेयाङले ह्याट्रिक पूरा गर्दै आर्सनलको अग्रता थप फराकिलो पारे । त्यसको चार मिनेटपछि नै लाकाजेटको गोलमा मिकेल अर्टेटाको टोलीले रवाफिलो जितका साथ लिग कपको तेस्रो चरणको टिकट काटेको थियो ।

प्रतिक्रिया दिनुहोस

\