नर्विच लिग कपको तेस्रो चरणमा

लन्डन (खेलाडी)- जोसुवा सर्जेन्ट र क्रिस्टोस जोलिसको दुई/दुई गोलमा नर्विच सिटीले मंगलबार राति बर्नमाउथमाथि ६-० को रवाफिलो जितका साथ इङ्लिग लिग कपको तेस्रो चरणमा स्थान पक्का गरेको छ ।

१२औं मिनेटमा क्रिस्टोस जोलिसले नर्विचलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा केन म्याकलेनले नर्विचको अग्रता दोब्बर पारेका थिए । त्यसको ८ मिनेटपछि नै लुकास राउपले नर्विचको अग्रता ३-० मा पुर्‍याएका थिए ।

दोस्रो हाफमा थप ३ गोल गर्दै नर्विचले सानदार जित पक्का गरेको थियो । ४९औं मिनेटमा जोस्वा सार्जेन्टले नर्विचको अग्रता थप बढाएका पथए भने ६६औं मिनेटमा जोलिसले टोलीको अग्रता ५-० मा पुर्‍याएका थिए । खेल सकिन १३ मिनेट बाकी रहदा सर्जेन्टले व्यत्तिगत दोस्रो गोल पूरा गर्दै नर्विचलाई रवाफिलो जितका साथ तेस्रो चरणा प्रवेश पक्का गरेका थिए ।

यसैगरी गएराति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेसमाथि १-० को जित हासिल गर्दै वाट्फोर्डले तेस्रो चरणको यात्रा तय गर्दा स्टोकले डन्कास्टर रोभर्सलाई २-०, शेफिल्ड युनाइटेडले डर्बी काउन्टीलाई २-१ को नतिजामा हराउँदै तेस्रो चरणमा स्थान पक्का गरे ।

त्यस्तै लिड्स युनाइटेड, क्विन्स पार्क रेन्जर्स (क्युपिआर) एस्टन भिल्ला, फुलह्याम र सन्डरल्यान्डले पनि तेस्रो चरणको यात्रा गरे ।