उत्कृष्ट पुनरागमनमा बेटिस विजयी

लन्डन, (खेलाडी)- दुई गोलको अग्रता जोगाउन नसक्दा सेल्टिक युरापा लिगमा रियाल बेटिससँग स्तब्ध भएको छ ।

बिहीबार भएको समूह ‘जी’को खेलमा बेटिसले उत्कृष्ट पुनरागमननमा सेल्टिकलाई ४-३ को नतिजामा पराजित गर्यो ।

१५औं मिनेटमा अल्बियान अजितेले गरेको गोलमा सेल्टिकले अग्रता लिएको थियो । जोसेफ जुरानोभिचले २७औं मिनेटमा गोल गर्र्दै सेल्टिकको अग्रता दोब्बर पारेका थिए । 

तर ३२ र ३५औं मिनेटमा क्रमश हुँवा मारिन्डा र योनाम्मीले गोल गर्दै बेटिसलाई खेलमा फर्काए । ५१औं मिनेटमा बोर्जा इग्लिसियासले बललाई जाली चुमाउदा बेटिसले ३-२ को अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै युआन्मीले व्यक्तिगत दोस्रो गोल गर्दा बेटिस युरोपा लिगमा सुखद सुरुआत गर्न सफल भयो ।

समय सकिन तीन मिनेट बाँकी रहँदा एन्थोनी राइस्टनले सेल्टिकका लागि तेस्रो गोल गरे पनि त्यो अंक बाडनका लागि पर्याप्त भएन ।

समूह ‘जी’ अन्तर्गत बिहिबार भएको अर्को खेलमा बायर लेभरकुसनले फेरेन्कभारोसलाई २-१ ले हरायो ।

समूह ‘एच’मा वेस्ट ह्यामले डिनामो जागरेबलाई २-० ले पराजित गर्दा जिंकले र्यापिड वेइनलाई १-० ले हरायो । 

त्यस्तै समूह ‘इ’ मा लाजियो गलाटासरेसँग १-० ले निराश हुँदा मार्से र लोकोमोटिभ मस्कोले १-१ को बराबरी खेले ।