Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

उत्कृष्‍ट पुनरागमनमा एभर्टन विजयी

एभर्टन, (खेलाडी)- पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा साउथह्‍याम्पटनले शनिबार इङ्लिस प्रिमियर लिगमा एभरर्टनविरुद्ध ३-१ को हार बेहोरेको छ । 

घरेलु गुडिसन पार्कको मैदानमा मध्यान्तरपछि उत्कृष्‍ट पुनरागमन जनाउने क्रममा एभर्टनले तीन गोल गर्‍यो । टोलीका लागि एन्ड्रोस टाउनसेन्डको पासमा रिचार्लिसनले ४७औं मिनेटमा बराबरी गोल गरे । 

७६औं मिनेटमा अब्दुलाय डोकोरेले गरेको गोलबाट एभर्टनले अग्रता लिएको थियो । जहाँ टोलीका साथ समय सकिन नौं मिनेट बाँकी रहँदा डोमिनिक काल्भर्ट लेविनले तेस्रो गोल गर्दै तीन अंक पक्का गरे । काल्भर्ट लेविनले रिचर्लिसनको पासमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

\