रोडरिगोको गोलमा रियालको विजयी सुरुआत

मिलान, (खेलाडी)- रोडरिगोले सान सिएरोको भिडलाई शान्त पार्दै अन्तिम समयमा गोल गरेपछि रियाल मड्रिडले च्याम्पियन्स लिग समूह ‘डी’को पहिलो खेलमा बुधबार राति इन्टर मिलानमाथि १-० को जित हासिल गरेको छ । 

दुई वैकल्पिक खेलाडीबीचको तालमेलबाट रियालले मिलान भ्रमणमा रियाललाई स्पष्ट तीन अंक दिलाएको थियो । इडुवार्डो कामाभिंगाको पासमा रोड्रिगोले दर्शनीय भलीमार्फत समय सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि रियाल पुनरागमनपछिको पहिलो युरोपियन खेलमा मिलानका पूर्व प्रशिक्षक कार्लो एन्सेलोट्टी जित हासिल गर्न सफल भए । 

पहिलो हाफमा इन्टरले खेल पूरा नियन्त्रणमा राख्नाका बावजुद इडेन जेको र लाउटारो मार्टिनेजका प्रयास विपक्षी गोलकिपरलाई पार गर्न सफल भएनन् । 

समूहको अर्को खेलमा एफसी शेरिफले शाख्तर डोनेश्कलाई २-० को नतिजामा हरायो । शेरिफको जितमा एडामा ट्राउरे र मोमो यान्सानेले गोल गरे । दुवै गोलका लागि क्रिस्टियानोले अवसर मिलाएका थिए ।