Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

आगामी ओलम्पिकमा क्रिकेट समावेश गर्न आइसिसीले प्रयास थाल्यो 

पेरिस, (खेलाडी)- विश्‍व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्‍ट्रिय क्रिकेट परिषद (आइसिसी) ले २०२८ मा अमेरिकाको लस एञ्‍जल्समा हुने ओलम्पिकमार्फत क्रिकेटलाई विश्‍व खेलकुदको सबभन्दा ठूलो मेलाको प्रतिस्पर्धामा फर्काउने प्रयास सुरु गरेको छ ।

यसअघि १९९० मा फ्रान्समा भएको पेरिस ओलम्पिकमा एक पटकमात्र क्रिकेट समावेश गरिएको थियो । आयोजक फ्रान्सलाई हराउँदै बेलायतले उपाधि जितेको त्यो संस्करणपछि ओलम्पिकमा क्रिकेट समावेश गरिएको छैन । 

तर आइसिसीका अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विश्‍वव्यापी रुपमै अत्यन्तै लोकप्रिय खेल भएकाले ओलम्पिकमा सहभागिताको हकदार भएको बताएका छन् । अन्तर्राष्‍ट्रिय ओलम्पिक कमिटी (आइओसी) र अन्य सरोकारवालाले ओलम्पिकमा क्रिकेटलाई स्वागत गर्न सकारात्मक भूमिका निर्वाह गर्ने पनि उनले विश्‍वास व्यक्त गरेका छन् । 

‘आइओसी र टोकियो २०२० लाई हार्दिक बधाई दिन चाहन्छौं । खराब समयमा पनि जापानले खेल आयोजना गर्न सफल भयो,’ आइसिसीका अध्यक्ष ग्रेगले भने, ‘यो विश्‍वस्तरीय खेल हेर्न पाउनु निकै खुसीको कुरा हो । ओलम्पिकमा क्रिकेट पनि समावेश होस् भन्‍ने हाम्रो चाहना छ ।’ 

‘क्रिकेटसँग करोडौं समर्थक छन् । तीमध्ये ९० प्रतिशत क्रिकेट ओलम्पिकमा सहभागी होस् भन्‍ने चाहना राख्छन्,’ उनले भने, ‘क्रिकेट धेरै राम्रो समर्थक भएको खेल हो । दक्षिण एसियामा मात्र हाम्रो ९२ प्रतिशत समर्थक छन् । अमेरिका पनि ३ करोड क्रिकेटका समर्थक छन् ।’ 

प्रतिक्रिया दिनुहोस

\