Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

जोकोभिच ओलम्पिकको अन्तिम चारमा

टोकियो, (खेलाडी)- केई निसिकोरीलाई सोझो सेटमा पराजित गर्दै नोभाक जोकोभिच बिहीबार टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष टेनिसको सेमिफाइनलमा पुगेका छन् । 

जोकोभिचले निसिकोरीलाई ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा गरेका हुन् । विदेशी खेलाडीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएका निसिकोरीले खेलमा फर्कन निकै प्रयास गरेका थिए । तर उनको प्रयास विश्‍व नम्बर एकका अगाडि सफल हुन सकेन । निसिकोरीले आफू राम्रो खेल्दाखेल्दै पनि अनुभवी खेलाडीसँग पराजित हुन पुगेको प्रतिक्रिया दिए । 

विश्‍व नम्बर एक जोकोभिचले अहिलेसम्म कुनै पनि ओलम्पिकमा स्वर्ण पदक जितेका छैनन् । यसअघि २००८ मा रजत पदक जितेका थिए । अब जोकोभिजले फाइनल प्रवेशका लागि एलेक्जेन्डर जेभरेभसँग प्रतिस्पर्धा गर्नेछन् । 

बिहीबारको खेलमा जेभेरेभले जोरेमी चार्डीलाई ६-४, ६-१ को सोझो सेटमा पराजित गर्दै जोकोभिचसँगको भेट पक्का गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

\