Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

सालाहको सयौं गोलमा लिभरपुल विजयी

लन्डन, (खेलाडी)- मोहम्मद सालाहले प्रिमियर लिगका एक सयौं गोल गरेको खेलमा गए राति लिभरपुलले लिड्स युनाइटेडमाथि ३-० को सहज जित हासिल गरे पनि टोलीका प्रतिभावान खेलाडी हार्भे इलियट गम्भीर रुपमा घाइते हुँदा त्यसको खुसी मनाउन पाएन ।

लिड्स दुई गोलले पछि परिसकेको अवस्थामा ६०औं मिनेटमा दूर्घटनावस भएको एक भूमिकाका कारण पास्कल स्ट्रुजिक रातो कार्ड सामना गर्दै बाहिरिए । स्ट्रुजिकको त्यही भूमिकाका कारण इलियट घाइते भएका थिए । जहाँ लामो समयसम्म उनको मैदानमै उपचार गरेपछि उनलाई स्ट्रचारमा राखेर बाहिर निकाल्नु परेको थियो । 

ब्ल्याकबर्न रोभर्सबाट लोनमा भित्र्याएका १८ वर्षे इलियटको स्ट्रुजिकसँग जुध्दा वायाँ तिघ्रामा गम्भीर चोट लागेको थियो । त्यही कारण स्ट्रुजिकले रातो कार्ड सामना गरेका थिए ।

इलियटको चोटका कारण लिभरपुलले मैदानमा हासिल गरेको प्रभावशाली जितमा पनि खुसी मनाउन सकेन । 

ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको पासमा सालाहले गोल गर्दै लिभरपुललाई २०औं मिनेटमा अग्रता दिलाएका थिए । भ्रमणकारी टोलीका लागि ५०औं मिनेटमा गोल गर्दै फाबिन्होले अग्रता दोब्बर पारे । इन्जुरी समयको दोस्रो मिनेटमा थियागो अल्कान्टाराको पासमा गोल गर्दै साडियो मानेले लिभरपुलको जितअन्तर थप फराकिलो पारे । 

जितपछि चार खेलको समाप्तीमा १० अंक जोड्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेड र चेल्सीसँग अंक बराबरी गर्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस

\