Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

नाटकीय पुनरागमनमा एट्लेटिकोको जित

मड्रिड, (खेलाडी)- थोमस लेमारले ९९औं मिनेटमा गोल गरेपछि एट्लेटिको मड्रिडले अन्तिम समयमा नाटकीय पुनरागमन जनाउँदै इस्पान्योलमाथि २-१ को जित हासिल गरेको छ ।

आरसिडिसी रंगशालामा एन्टोनियो ग्रिजम्यानले दोस्रो पटक एट्लेटिकोका लागि ‘डेब्यु’ गरेको खेलमा एट्लेटिकोलाई जित दिलाउन यानिक कारास्कोले नायकको भूमिका निर्वाह गरे । एक गोल आफै गरेका कारास्कोले लेमारको गोलका लागि अवसर सिर्जना गरेका थिए । 

राउल डे टोमसको गोलमा इस्पान्योलले मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । ५३औं मिनेटमा लेमारको गोलबाट एट्लेटिकोले खेलमा पुनरागमन जनाउने संकेत गरेको थियो । तर उनको गोलले भिडियो सहायक रेफ्री (भिएआर) बाट मान्यता पाएन । 

कारास्कोले समय सकिन ११ मिनेट बाँकी रहँदा एट्लेटिकोका लागि बराबरी गोल गरे ।

जितपछि चार खेलमा १० अंक हासिल गरेको एट्लेटिको स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस

\