Breaking News
गृहपृष्ठ/ अन्य
Image
सम्मानित व्यक्तित्वहरुसँग सामूहिक फोटोमा आयोजक मञ्चका पदाधिकारी र अतिथिहरु । तस्बिर सौजन्य : एनएसजेएफ
Image
Image
Image
- खेलाडी

मञ्चको स्थापना दिवसमा संस्थापक सम्मानित

काठमाडौं, (खेलाडी)- नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का संस्थापक मुकुन्द दाहाल आइतबार एनएसजेएफ पत्रकारिता सम्मानबाट विभुषित भएका छन् । 

मञ्चले आफ्नो २६औं स्थापना दिवस मनाउने क्रममा दाहाललाई अग्रज पत्रकारका रुपमा सम्मानित गरेको हो । नेपालको खेलकुद पत्रकारितामा मार्गदर्शकको भूमिका निर्वाह गर्ने अग्रजहरुलाई प्रत्येक वर्ष सम्मान गर्ने परम्पराअनुसार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा दाहाललाई सम्मानित गरेको हो । 

यसैगरी मञ्चले सो अवसरमा गोविन्दराज नेपाललाई सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । 

२०७२ सालको महाभुकम्पमा परी युवा पत्रकार भोम्जनले ज्यान गुमाएका थिए । भोम्जनको स्मृतिमा मञ्चले प्रत्येक वर्ष खेल पत्रकारितामा करियर खोज्दै गरेका एक युवा पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ । 

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र), मञ्चका पूर्व अध्यक्ष एवं एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी, मञ्चका पूर्व अध्यक्ष मुकुन्द बोगटी र महेश आचार्य, कार्यक्रमका प्रमूख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीलगायतले दाहाल र नेपाललाई सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस

\