इङल्यान्डको सानदार जित

लन्डन, (खेलाडी)- एन्डोरामाथि रबाफिलो जितक साथ इङल्यान्डले विश्वकप छनोटको सम्भावना बलियो पारेको छ ।

विश्वकप छनोट अन्तर्गत शनिबार भएको खेलमा इङल्यान्डले एन्डोरामाथि ५-० को जित हात पारेको हो ।

१७औं मिनेटमा बेन चिलवेलले गरेको गोलमा गारेथ साउथगेटको टोलीले अग्रता लिएको थियो । ४०औं मिनेटमा बुकायो साकाले इङल्यान्डको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा ट्यामी अब्राहम र ७९औं मिनेटमा जेम्स वार्डको गोलमा इङल्यान्डले ४–० को अग्रता लियो । खेल सकिन चार मिनेट बाँकी रहँदा ज्याक ग्रेलिसले गरेको गोलमा इङल्यान्डले फराकिलो जितका साथ विश्वकप छनोटको सम्भावना बलियो पारेको छ ।

समूह 'आई 'मा सात खेलमा १९ अंक जोडेको इङल्यान्ड शीर्ष स्थानमा छ भने अर्मेनेयिा १५ अंक बटुल्दै दोस्रो स्थानमा छ । त्यस्तै १४ अंक जोड्दै पोल्यान्ड तेस्रो स्थानमा छ ।

चौथो स्थानको हंगेरीको १० अंक छ भने पाँचौ स्थानको एन्डोराको तीन अंक छ । सान मारियोले अंक खाता खोल्न सकेको छैन ।