Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

जर्मनी विश्वकप नजिक

बर्लिन, (खेलाडी)-  थोमस मुलरले सन् २०१७ पछि पहिलो अन्तर्राष्ट्रिय गोल गरेको दिन जर्मनीले रोमानियमाथि २-१ को रोमाञ्चक जित हात पारेको छ ।

विश्वकप छनोट अन्तर्गत शुक्रबार भएको समूह 'जे 'को खेलमा रोमानियामाथि हात पारेको जितले जर्मनीको विश्वकप छनोट सम्भावना बलियो बनेको छ ।

नवौं मिनेटमा इनाइस हाजीको गोलमा रोमानियाले अग्रता लिएको थियो । ५२औं मिनेटमा र्सेगी जिनाब्रीले गरेको गोलमा जर्मनी खेलमा फर्किएको थियो । खेल सकिन नौं मिनेट बाँकी रहँदा मुलरले गोल गर्दै जर्मनीको जित पक्का गरेको थिए ।

मुलरले पछिल्लो पटक सन् २०१७ मा अजरबैजान विरुद्ध गोल गरेका थिए ।

सोमबार हुने खेलमा नर्थ मेसेडोनियालाई हराए जर्मनीको विश्वकप टिकट पक्का हुनेछ । नर्थ मेसेडोनियामाथि जित हात पार्न असफल भए पनि अर्मेनियाले  रोमानियालाई हराउँन नसकेमा पनि जर्मनीको विश्वकप छनोट पक्का हुनेछ ।

सात खेलमा १८ अंकका साथ जर्मनी शीर्ष स्थानमा छ । जुन समान खेल्दै दोस्रो स्थानमा बसेको नर्थ मेसेडाेनिया भन्दा ६ अंक बडी हो । अर्मेनिया पनि १२ अंकका साथ तेस्रो स्थानमा छ भने १० अंक जोडेको रोमानिया चौथौ स्थानमा छ ।


 

प्रतिक्रिया दिनुहोस

\