Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

सक्कारी युएस ओपनकाे सेमिफाइनलमा 

न्युयोर्क, (खेलाडी)- मारिया सक्कारी र इमा राडुकानु युएस ओपनको सेमिफाइनलमा भिड्ने भएका छन् । 

बिहिबार भएको क्वाटरफाइनमा सक्कारीले कारोलिना  प्लिस्कोभालाई सोझो सेटमा हराउँदै राडुकानुसँगको सेमिफाइनलमा भेट पक्का गरेकी हुन् ।

सक्कारीले प्लिस्कोभामाथि ६-४ ६-४ को सहज जित हात पारेकी हुन् । यससँगै युएस ओपनको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघि क्यानडाकी लेला फर्नान्डेज, आर्यना साबलेन्का र राडुकानु सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

पहिलो सेमिफाइनल फर्नान्डेज र साबलेन्काबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा सक्कारी र राडुकानु भिड्ने छन् ।
 

प्रतिक्रिया दिनुहोस

\