Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

अस्ट्रेलियाले हरायो भियतनामलाई

हो ची मिन, (खेलाडी)- अस्ट्रेलियाले अर्को वर्ष कतारमा हुने विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणमा दुई खेलसम्म सतप्रतिसत नतिजायात्रालाई निरन्तरता दिएको छ । 

पहिलो खेलमा चीनमाथि ३-० को जित हासिल गरेको अस्ट्रेलियाले मंगलबार समूह ‘बी’ को दोस्रो खेलमा भियतनाममाथि १-० को जित निकाल्यो । 

अस्ट्रेलियाको जितमा मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा रायन ग्रान्टले गरेको एउटै गोल पर्याप्त भयो । 

दुई खेलमा ६ अंक जोडेको अस्ट्रेलिया समूहको शीर्ष स्थानमा रहँदा पराजित भियतनामले अंकको खाता खोल्न सकेको छैन । 

समूहका अन्य खेलमा आजै राति चीनले जापान तथा ओमानले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

\