Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

ओलम्पिक च्याम्पियन जेभरेभ अन्तिम आठमा

न्युयोर्क, (खेलाडी)- चौथो वरियताका एलेक्जेन्डर जेभरेभ यानिक सिन्नरलाई सोझो सेटमा हराउँदै युएस ओपनको अन्तिम आठमा प्रवेश गरेका छन् । 

गत वर्ष फाइनलमा डोमिनिक थिइमसँग निराश भएका जर्मनीका जेभरेभले अन्तिम १६ मा इटालीका सिन्नरलाई ६-४, ६-४, ७-६(९-७) ले हराएका हुन् । सेमिफाइनल प्रवेशका लागि जेभरेभले लर्ड ह्यारिससँग प्रतिस्पर्धा गर्नेछन् । टोकियो ओलम्पिक २०२० का स्वर्ण पदक विजेता जेभरेभलाई यस पटक युएस ओपनमा पनि उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको छ ।
 
दक्षिण अफ्रिकाका ह्यारिसले रेइली ओपेल्कालाई निराश बनाउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यस्तै माटियो बेरेन्टिनीले पनि अन्तिम ८ मा स्थान सुरक्षित गरे । उनले जर्मनी ओस्कार ओट्टीलाई ६-४, ३-६, ६-३, ६-२ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस

\