Breaking News
गृहपृष्ठ/ टेनिस
Image
अन्तिम आठमा स्थान पक्का गरेपछि समर्थकसँग सेल्फी खिच्दै इम्मा राडुकानु । तस्बिर : एजेन्सी
Image
Image
Image
- खेलाडी

बेलायती किशोरी राडुकानु क्वार्टरफाइनलमा

न्युयोर्क, (खेलाडी)- बेलायतकी इम्मा राडुकानुले युएस ओपनमा आफ्नो सनसनीपूर्ण यात्रा कायम राख्ने क्रममा सेल्वे रोजर्सलाई हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी छिन् ।

मंगलबार बिहान भएको अन्तिम १६ को भिडन्तमा १८ वर्षिया राडुकानुले रोजर्समाथि ६-२, ६-१ को जित हात पारिन् । उनको यो लगातार ११औं जित हो ।

‘म रमाइहेको छु,’ राडुकानेले भनिन्, ‘सेल्वे कठिन प्रतिद्धन्द्धी हुन् र उनीविरुद्ध खेल्न सहज छैन भन्नेमा म ढुक्क थिएँ । तर पनि म उनको चुनौती पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनाउन सुरक्षित भएँ ।’

सेमिफाइनल प्रवेशका लागि राडुकानुले ओलम्पिक च्याम्पियन बेलिन्डा बेनसिचको सामना गर्नेछिन् ।

बेनसिचले अन्तिम राडुकानुसँगको भेट पक्का गर्ने क्रममा इघा स्वाटेकलाई ७-६ (१४-१२), ६-३ को सोझो सेटमा पराजित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

\