Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

पोर्चुगललाई उछिन्दै सर्बिया शीर्ष स्थानमा

पेरिस, (खेलाडी)- १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको लक्जेम्बर्गमाथि ४-१ को प्रभावशाली जित हासिल गर्दै सर्बिया विश्वकप छनोटको युरोपेली प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । 

एलेक्जेन्डर मित्रोभिचले दुई गोल गरेपछि सर्बियाले पहिलो हाफमै २-० को अग्रता लिएको थियो । २२औं मिनेटमा गोल गर्दै सर्बियालाई अघि बडाएका मित्रोभिचले मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा टोलीको अग्रता दोब्बर पारेका थिए । 

ओलिभर थिलले ७७औं मिनेटमा गोल गर्दै लक्जेम्बर्गलाई खेलमा फर्काउने प्रयास गरे । तर म्याक्सिम चानटले आत्मघाति गोल गरेपछि सर्बियाले ८२औं मिनेटमा दुई गोलको अग्रता पुनस्थापित गर्‍यो ।

इन्जुरी समयसम्म पनि खेलको रोमाञ्च कायम थियो । एउटा रातो कार्ड र एउटा गोल भएको इन्जुरी समयको पाँचौं मिनेटमा लक्जेम्बर्गका जेर्सन रोड्रिग्वेजले दोस्रो पहेलो कार्ड सामना गरे । त्यसको एक मिनेटपछि निकोला मिलेनकोभिचले सर्बियाका लागि चौथो गोल गरे ।

जितपछि चार खेलको समाप्तीमा १० अंक जोडेको सर्बिया गोलअन्तरमा पोर्चुगललाई पछि पार्दै समूहको शीर्ष स्थानमा उक्लियो । पराजित लक्जेम्बर्ग भने ६ अंकका साथ तेस्रो स्थानमा कायम छ । 

गए राति नै सम्पन्न समूहको अर्को खेलमा आयरल्यान्ड र अजरबैजानले १-१ को बराबरी नतिजा निकाल्दै अंकको खाता खोले । चौथो खेलमा पहिलो अंक जोडेका दुवै टोली पुछारमा छन् । 

प्रतिक्रिया दिनुहोस

\