अजारेन्कालाई निराश पार्दै मुगुरुजा चौथो चरणमा

न्युयोर्क, (खेलाडी)- विश्व वरियताक्रमको शीर्ष स्थानमा रहिसकेका ग्याब्रिना मुजुरुजा र भिक्टोरिया अजारेन्काबीचको खेलमा शनिबार बाजी मार्दै मुगुरुजाले युएस ओपनको चौथो चरणमा स्थान सुरक्षित गरेकी छिन् ।

तेस्रो चरणमा स्पेनकी मुजुरुजाले बेलारुसकी अजारेन्कामाथि ६-४, ३-६, ६-२ को जित हात पारिन् । मुजुरुजाले चौथो चरणमा फ्रेन्च ओपन विजेता बारबरा क्रेचिकोभाको सामना गर्नेछिन् ।

एन्जेलिक केर्बेरले सलोन स्टेफिन्सलाई हराइन । स्टेफिन्समाथि एन्जेलिक्युले ५-७, ६-२, ६-३ को जित हात पार्दै चौथो चरणमा स्थान सुरक्षित गरिन् । 

युएस ओपनको महिलातर्फ शनिबारै सम्पन्न अन्य खेलमा जित हासिल गर्दै सिमोना हालेप र एलिना स्येटोलिनाले पनि युएस ओपनको चौथो चरणमा स्थान सुरक्षित गरे ।

हालेपले काजकिस्तानकी एलिना रेभाकिनामाथि ७-६ (१३/११), ४-६, ६-३ को संघर्षमय जित हासिल गरेकी थिइन । हालेपले चौथौ चरणमा पाँचौ वरियताकी स्येटोलिनाको समना गर्नेछिन् । स्येटोलिनाले तेस्रो चरणमा रुसकी दारिया कासात्किनालाई हराएकी थिइन ।