Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

इङ्ल्यान्डका खेलाडीमाथि रंगभेदी व्यवहार

बूदापेस्ट, (खेलाडी)- विश्वकप छनोटअन्तर्गत बिहीबार बूदापेस्टमा सम्पन्न हंगेरीविरुद्धको खेलमा घरेलु टोलीका समर्थकहरुले इङ्ल्यान्डका खेलाडीमाथि रंगभेदी व्यवहार गरेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । 

इङ्ल्यान्डका दुई खेलाडी रहिम स्टर्लिङ र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुडे बेलिङघमलाई लक्षित गरेर हंगेरीका समर्थकले ‘बाँदर’ भन्दै गिज्याएको आफूहरुले सुनेको मैदानमा रहेका बेलायती सञ्चार माध्यम आइटिभी र स्काई स्पोटर्सका पत्रकारहरुले बताए । 

स्टर्लिङले खेलको दोस्रो हाफमा इङ्ल्यान्डबाट पहिलो गोल गर्दा हंगेरीका समर्थकहरुले उनीमाथि प्लास्टिकको कप फ्याकेका थिए । 

बेलायती सञ्चार माध्यमले खेलाडीमाथि रंगभेदी व्यवहार भएको बताइरहँदा टोलीका प्रशिक्षक गारेथ साउथगेटले भने खेल चलिरहदा भएका घटनाबारे आफूलाई जानकारी नभएको तर रंगभेदी व्यवहारमा आफूहरुको मान्यता परिर्वतन नभएको बताए ।
 
उनले भने ‘मैले तपाइहरुबाट नै यसको बारेमा सुन्दैछु । तर यदि यस्तो भएको हो भने यो अस्विकार्य छ ।’

त्यस्तै इङ्लिस टोलीका रक्षक जोन स्टोन्सले पनि मैदानमा हुँदा आफूले त्यस्तो केही नसुनेको बताए । खेलपछि यसबारे जानकारी पाएको बताउँदै खेलमा यस्तो हुनु निकै दुःखद भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

\